शनिबारदेखि होराइजन कप बास्टेवल प्रतियोगिता

धरान । तेस्रो होराइजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता मंसिर ४ गतेदेखि धरानमा शुरु हुने भएको छ । आयोजक होराइजन क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै मंसिर ११ गतेसम्म हुने प्रतियोगितामा १३ वटा क्लबले भाग लिने जानकारी दिएको छ । प्रतियोगिता धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा हुनेछ ।
प्रतियोगितामा सुनसरी, झापा र मोरङका टिम सहभागी रहेको आयोजक क्लबका अध्यक्ष बालकृष्ट सुनुवारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक टिमसँगै झापा बास्केटवल क्लब झापा, मोरङ बास्केटवल संघ विराटनगर, तरहरा बास्केटवल क्लब, स्ट्याग्स क्लब ए र बी, बीपीकेआइएचएस डक्सर्ट र स्टुडेन्ट टिम सहभागी हुनेछ । यस्तै, धरानको इर्मोटल क्लब, कार्मेल हाइ स्कुल, डिपोटियन स्पोर्टस क्लब, यलम्बर क्लब र स्वर्णिम क्लब पनि प्रतियोगितामा सहभागी भएको अध्यक्ष सुनुवारले जानकारी दिए ।
प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्रसँगै क्रमशः नगद ३० हजार र उपविजेताले नगद १५ हजार हात पार्नेछ । यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरलाई नगद १० हजार दिइनेछ भने हाइ स्कोर र रुकि प्लेयर(उदयीमान खेलाडी)लाई जनही ५ हजार दिइने आयोजक क्लबका सचिव वसन्त राईले बताए । साथै, प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषित गरिने उनले बताए । पुरस्कार राशीको हिसाबले यो प्रतियोगिता पुर्वको सबैभन्दा ठुलो धनराशीको बास्केटवल प्रतियोगिता भएको आयोजकको दाबी छ ।
कुल २ लाख ६४ हजार ५ सय खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई इजि राइडर्स गोल्ड सपले प्रायोजक भएर सघाएको छ भने बराह ज्वेलर्स इष्ड्रष्ट्रिज प्रालि र गोर्खा ब्रुअरी प्रालिको सह प्रायोजन छ । प्रतियोगितामा जिल्ला बास्केटवल संघ सुनसरीको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ । गत सँस्करणमा आयोजक क्लबले फाइनलमा डिपोटियन स्पोटर्स क्लबलाई हराउदै उपाधि जितेको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे