आगलागीमा धरानको एक घर नष्ट, ५० लाख क्षतिको अनुमान


धरान । विद्युत सर्ट भएर आगलागी हुदा एक घर जलेर पुर्णरुपमा नष्ट भएको छ भने ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । धरान १७,सम्झना मार्गस्थित सहदेव बराइलीको एकतले काठको घर जलेर नष्ट भएको हो । आगलागी हुदा घरमा कोही पनि नभएको प्रहरीले जनाएको छ ।
बराइलीकी १२ बर्षीय छोरीले राइस कुकरमा खाना बसाएर दाल किन्न गएको बेला विजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेश श्रेष्ठले बताए । ‘विजुली सर्ट भएर आगलागी भएको अनुमान गरेका छौं, क्षतिको यथार्थ विवरण नआए पनि ५० लाख बराबार भएको भन्ने छ’–उनले भने । आगलागी पीडित बराइली धरान १७, रेल्वे चोकमा विगत ५ बर्षदेखि सुनचादी व्यावसाय गरिरहेका छन् । आगलागीले आफ्नै १० तोला सुन र अढाई लाख रुपैया पनि नष्ट भएको उनले बताए । ‘यही साल नयाँ घर बनाउला भनेर सुन, पैसा जोहो गरेर राखेको थिए, सबै खरानी भयो’–दुःखी हुदै उनले भने–‘सबै मेरो मेहनतको कमाई थियो ।’ आगलागी हुदा उनी आफ्नै पसलमा थिए भने श्रीमति सावित्रि पनि बजार गएकी थिइन् । लत्ताकपडा, भाडाकुडा,पलङ, सुन, पैसालगायत कुनै पनि सामान घरबाट निकाल्न नपाई जलेको उनले बताए ।
आगोले बराइलीका सधियार(छिमेकी) पदमबहादुर लिम्बुको पक्की घरलाई पनि क्षति पु¥याएको छ । छिमेकी पक्की घरको तीन वटा काठको झ्यालमा आगो सल्किए पछि टिभि, फ्रिज, पलङसमेत जलेर नष्ट भएको छ । लिम्बुका अनुसार ४ लाख बराबर क्षति पुगेको छ । धरान उपमहानगरपालिकाको २ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो । करिब सवा ५ बजेतिर शुरु भएको आगो ६ बजेभित्र नियन्त्रणमा आइसकेको थियो । सहदेवकी पत्नी सावित्रिका अनुसार अरु बेला पनि घरको विजुली सर्ट हुने गथ्र्यो । त्यसबेला हतार हतार आफुहरु मेन स्वीच अफ गर्ने गरेको उनले बताइन् । ‘आज त छोरी पनि दाल किन्न पसल गएको रहेछ, घर आउदा त आगो लागिसकेको थियो रे । केही जोगाउनै सकेनौं’–उनले भनिन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे