लोक कलाकारको अडिशनमा २० छानिए

धरान । लोप हुदै गएको लोक भाका एवं लोक गीतको संरक्षण तथा लोक कलाकारहरुलाई अवसर दिने उद्देश्यले आयोजित रियालिटी शो इमेज लोक कलाकारमा पुर्व क्षेत्रबाट २० जना कलाकार छनौट भएका छन् । इमेज च्यानलले शुरु गरेको रियालिटी शोको शनिबार धरानमा भएको अडिशनबाट पुर्वका विभिन्न जिल्लाबाट २० प्रतियोगीहरुले ग्रिन कार्ड पाउदै दोस्रो चरणको लागि छनौट भएका हुन् ।
धरान ९ स्थित होटल रत्न इननमा भएको अडिशनमा विभिन्न जिल्लाबाट ६० भन्दा बढी प्रतियोगिहरुले सहभागी भएको कार्यक्रम निर्माता अनुपा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार छनौट भएका प्रतियोगीहरु दोस्रो चरणको अडिशन लागि अब काठमाण्डौं जानुपर्नेछ । आयोजकले जनाएअनुसार अडिशनमा मोरङ जिल्लाबाट सबैभन्दा धेरै ९ जना प्रतियोगी छनौट भएका छन् । जसमा मोरङका कर्णकुमारी लिंदेन, अमनकुमार शर्मा, मनकुमार शर्मा,बुद्धिलाल सोरेन, लोकमाया लिम्बु, सविन गुरुङ, साजन बराइली, भद्रसिंह लिम्बु र विशाल निरौला छन् ।
यस्तै, खोटाङकी सविता तिम्सिना, वसन्त राई, इलामका श्यामसुन्दर वराल, गुडिया आले, सुनसरीबाट शुक्रबहादुर राई, अनिता राई, भोजपुरबाट विरेन्द्र गुरुङ, मनिता तामाङ, धिरण राई, धनकुटाबाट दिपक लिम्बु र संखुवासभाका रिदम सिलवाल छनौट भएका छन् । अडिशनममा निर्णायककोरुपमा गायक तुलसी पराजुली, मनु नेम्बाङ र गणेश न्यौपाने थिए । पहिलो पटक टेलिभिजनबाट प्रसारण हुने गरि आयोजित लोक कलाकारको यसअघि पोखरामा अडिशन भइसकेको आयोजकले जनाएको छ । उक्त अडिशनबाट २६ प्रतियोगी छनौट गरोके र अब मंसिर १० र ११ गते काठमाडौंमा पनि छनौट चरणको अडिशन गर्ने श्रेष्ठले बताइन् । विजेताले नगद एक लाख रुपैयासँगै एक गीतको रेकर्ड र म्युजिक भिडियोको मौका पाउनेछ । दोस्रो चरणको अडिशनबाट छनौट भएकाहरुलाई आयोजकले नै खाने, बस्ने र प्रशिक्षणको व्यवस्था गर्ने जनाएको छ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे