होराइजन कप: डिपोटियन र डक्टर्स टिम विजयी

धरान । डिपोटिय स्पोटर््स क्लब र बीपीकेआइएचएस डक्टर्स टिमले धरानमा जारी तेस्रो होराइजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप)मा विजयी शुरुवात गरेको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा आइतबार सम्पन्न दुई खेलमा विजयी हुदै डिपोटियन र डक्टर्स टिम उपाधि होडमा अघि बढेको हो ।
बिहान भएको पहिलो खेलमा डिपोटियनले स्ट्याग्स क्लब बिलाई ३२–२९ को झिनो स्कोरले हरायो । डिपोटियनले पहिलो र दोस्रो क्वार्टरमा क्रमशः७–५ र ८–४ स्कोरले अग्रता कायम राखे पनि तेस्रो क्वार्टरमा स्ट्याग्सले लय समाउदै डिपोटिनविरुद्ध १४–९ स्कोर गरेको थियो । तर, चौथो क्वार्टरमा डिपोटियनसँग ८–६ को स्कोर खेलेपछि स्ट्याग्स बि प्रतियोगिताबाट बाहिरियो । सो खेलमा टिमको लागि व्यक्तिगत १५ स्कोर गरेको स्ट्याग्सका अशोक तामाङ म्यान अफ दि म्याच घोषित भए । डिपोटिनका कविन मगरले व्यक्तिगत १२ स्कोर गरेका थिए ।
यस्तै, दोस्रो खेलमा डक्टर्स टिमले यलम्बर क्लबलाई ४६–४० स्कोरको अन्तरले हरायो । डक्टर्स टिमले पहिलो, दोस्रो र तेस्रो क्वार्टरमा क्रमशः १३–९३, १५–१२ र १३–७ स्कोरले यलम्बरलाई पछि पारेको थियो । अन्तिम तथा चौथो क्वार्टरमा यलम्बरले डक्टर्सविरुद्ध १२–५ स्कोर गर्दै खेलमा फर्कने प्रयास गरेपनि हार जोगाउन भने सकेन । सो खेलको म्यान अफ दि म्याच डक्टर्स टिमका विकेन चौधरी घोषित भए । डक्टर्स टिमको लागि व्यक्तिगतरुपमा कुञ्चन शेर्पाले ११ स्कोर गरेका थिए भने यलम्बरबाट दिवस राईले व्यक्तिगत १६ स्कोर गरेका थिए । मंसिर ११ गतेसम्म हुने प्रतियोगितामा सोमबार बिहान पहिलो खेल कार्मेल हाइ स्कुल र स्ट्याग्स ए टिमबीच हुनेछ भने दोस्रो खेल दिउँसो बीपीकेआइएचएस स्टुडेन्ट् र स्वर्णिम क्लबबीच हुने आयोजकले जनाएको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे