पुषमा गोधुली कप

धरान । वडास्तरीय १७ आंै रेडबुल गोधुली फुटबल रनिङ कप २०७३ आगामी पुष चौथो साता हुने भएको छ । पुष २३ देखि माघ ८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको आयोजक गोधुली क्लबले जानकारी दिएको छ ।
पन्ध्र दिनसम्म सञ्चालन हुने प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ । प्रतियोगितामा सहभागीताको लागि धरानका सबै वडा समितिहरुलाई पत्राचार गरिने क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए । उनका अनुसार गत बर्ष २२ वटा वडाले प्रतियोगितामा सहभागीता जनाएको थियो । ‘सबै वडा समितिलाई पत्रचार गछौं, सकेसम्म धेरै नै वडाहरु सहभागी गराउने हाम्रो लक्ष्य हुनेछ’–उनले भने । धरानमा हाल २७ वटा वडा रहेको छ । ती वडाका वडा समितिहरुले नै गोधुली कपको लागि टिम तयार गरेर सहभागीता जनाउने गरेको छ । प्रतियोगितामा भाग लिने खेलाडी सोही वडाको वासिन्दा हुनुपर्ने नियम छ ।
यो सँस्करणमा पुरस्कार राशीमा पनि वृद्धि गर्ने निर्णय गरेको क्लबले जनाएको छ । क्लबका अनुसार प्रथम पुरस्कार राशी वृद्धि गरेर ७५ हजार पु¥याइएको छ भने उपविजेता(दोस्रो)लाई ४० हजार पु¥याइएको छ । गत बर्ष प्रथम पुरस्कार ५० र दोस्रो पुरस्कार ३५ हजार मात्र थियो । गत सँस्करणको उपाधि वडा नम्बर १९ ले जितेको थियो भने उपविजेता वडा नम्बर ११ भएको थियो । साविक विजेता १९ गोधुली कपको सर्वाधिक उपाधि विजेता वडा पनि हो ।
यो प्रतियोगिता धरान हुने मोफसलको चर्चित प्रतियोगिता बुढासुब्बा गोल्डकप(०५४देखि शुरु) भन्दा पनि जेठो हो । ०५० सालबाट शुरु भएको यो प्रतियोगिताको ११ सँस्करणसम्म नियमितरुपमा सञ्चालन भएपछि ६ वटा सँस्करण रोकिएको थियो । पछिल्लो समय ५ बर्षदेखि क्लबले प्रतियोगितालाई पुनः निरन्तरता दिएको हो । धरानमा प्रतिभावान खेलाडी उत्पादनमा गोधुली कपको महत्वपुर्ण योगदान छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे