होराइजन कपमा इर्मोटल फाइनलमा (फोटोफिचर)


सो खेलको म्यान अफ दि म्याच इर्मोटलका दोर्जे शेर्पा घोषित भए । उनले टिमको लागि सर्वाधिक व्यक्तिगत १९ स्कोर गरेका थिए । यस्तै, इर्मोटलकै निमेष शाक्यले पनि टिमलाई जित दिलाउन महत्वपुर्ण भुमिका खेल्दै व्यक्तिगत १६ स्कोर गरेका थिए । स्ट्याग्सको लागि विवेक श्रेष्ठले व्यक्तिगत सर्वाधिक १६ स्कोरको योगदान गरे । फाइनल पुगेको इर्मोटलले शुक्रबार बीपीकेआइएचएस डक्टर्स र डिपोटिन स्पोर्टस क्बलबीच हुने खेलको विजेतासँग फाइनल खेल्नेछ ।
बिहिबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्वर्णिम क्लबलाई ४५–३२ स्कोरले हराउदै बीपीकेआइएचएस, डक्टर्स टिम सेमीफाइनल पुगेको थियो । सो खेलमा डक्टर्स टिमले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा स्वर्णिमसँग क्रमशः१०–५, ९–३, १४–६ र १२–१८ स्कोर खेल्दै जित हात पारेको थियो । सो खेलको म्यान अफ दि म्याच डक्टर्सका विकेन चौधरी घोषित भए । उनले टिमको लागि सर्वाधिक व्यक्तिगत १४ स्कोर गरेका थिए । पराजित स्वर्णिम क्लबको लागि राजेश गुरुङले सर्वाधिक व्यक्तिगत २२ स्कोर गरेका थिए । प्रतियोगिताको शुक्रबार अन्तिम सेमीफाइनल खेल बीपीकेआइएचएस, डक्टर्स र डिपोटिन क्लबबीच हुने आयोजक होराइजन क्लबका अध्यक्ष वालकृष्ण सुनुवारले जानकारी दिए ।
Comments
Post a Comment