सुनसरी टेक्निकल एमेच्योर गल्फको तयारी

धरान । पाँचौ सुनसरी टेक्निकल कलेज एमेच्योर गल्फ टुर्नामेन्ट मंसिर ११ गते हुने भएको छ । आयोजक धरान गल्फ क्लब र प्रायोजक सुनसरी टेक्निकल कलेजले बुधबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
पार ७० को निर्वाणा गल्फ कोर्षमा हुने प्रतियोगितामा पुर्वका कुल ३० जना एमेच्योर खेलाडीहरु सहभागी हुने आयोजक क्लबका अध्यक्ष पुर्ण लिम्बुले जानकारी दिए । प्रतियोगिता स्ट्रोक प्लेको आधारमा हुनेछ । ‘पाँचौं सँस्करणमा पुर्वका एमेच्योर खेलाडीहरु मात्र सहभागी हुनेछ, अहिलेसम्म ३० जना खेलाडी निश्चित भइसकेको छ’–अध्यक्ष लिम्बूले भने । प्रतियोगितामा कुल ८० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । उक्त खर्च मुख्य प्रायोजक कलेजबाट ५० हजार र खेलाडी इन्ट्री शुल्कबाट ३० हजार संकलन हुने अध्यक्ष लिम्बुले बताए ।
विजेता खेलाडीहरुलाई ट्रफीसँगै गिफ्ट ह्याम्पर पुरस्कार दिइनेछ । च्याम्पियनले उपाधि ट्रफीसँगै नगद ५ हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले ट्रफीसँगै क्रमशः ३ र २ हजार बराबरको गिफ्ट ह्याम्पर पाउने क्लबका सचिव वलराम राईले बताए । यस्तै, प्रतियोगितामा ग्रस विजेता, सिनियर विजेता, जुनियर विजेता, मोष्ट वर्डि, नियरेष्ट टु दिन पिन, लंगेष्ट ड्राइभ, वेष्ट स्पोर्टस्म्यनसिपलगायतका पुरस्कारहरु पनि खेलाडीले पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न गल्फ क्लब र सुनसरी टेक्निकल कलेजबीच २०६९ सालमा पाँच बर्षे सम्झौता भएको थियो । सम्झौता वमोजिम यो अन्तिम प्रतियोगिता हो । उक्त सम्झौतामा प्रतियोगिता गर्न कलेजले बर्षेनी ५० हजार रुपैया आयोजकलाई उपलब्ध गराउदै आएको छ । कलेजका प्रशासकीय प्रमुख दधिराम आचार्यले प्रतियोगितालाई निरन्तरता दिन क्लबसँग पुनः सम्झौता नवीकरण हुने खुलाए । ‘सम्झौता नवीकरण हुन्छ, कुनै द्धिविधा नहोस् । दुवै पक्ष बसेर प्रायोजन रकम पनि बढाउने वा के गर्ने भनेर छलफल गछौं’–उनले भने–‘खेलको विकास र प्रतिभावन खेलाडी उत्पादन गर्न कलेज सधै सकरात्मक हुनेछ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे