पर्यटक पर्खिरहेको रा.स.ताल
निरन्तर चार घण्टाको पैदल यात्रा गर्दा पनि गन्तव्य आइपुगेन । पहिलो पटक हिड्दै गरेकोले गन्तव्य कति टाढा छ, अनभिज्ञ थियौं । मध्याह्न बाह्र बज्यो, घाम चर्किएर झन् हिड्न समस्या । तर जसरी पनि गन्तव्यमा पुग्नु छ, हिडिरह्यौं । हरियो धानखेतीले पनि मन रमाउन सकेन । तराईको बाटोमा हिड्न ज्यादै गाह्रो हुदो रहेछ । बरु उकालो ओरालो मै सजिलो । प्रायः सबैको भनाई यस्तै थियो ।
गत असोज १७ गते धराने हाइकर्स टोलीको गन्तव्य थियो, सुनसरीको बक्लौरी ८ स्थित रा.स.ताल । कुम्भीआहाल हुदै धरान दक्षिणको चारकोसे जंगल पार गर्दासम्म ठिकै थियौं । जंगलमा पैदल यात्रा रमाइलो भयो । रुखहरुको सितल छाँयामा हिड्न पाउदा गर्मीको महसुस भएन । तर, जब भरौल गाविसको भलवाचौरी निस्कियौं, तबदेखि चर्को घामले सताउन थाल्यो । बिहान समयमै हिड्न ढिलाई हुँदाको सजाय भोग्दै थियौं हामी ।
बक्लौरीको हात्तिमारा चोकसम्म पुग्दा समुह छिन्नभिन्न भइसकेको थियो । केही अगाडि, कोही निक्कै पछाडि । त्यहाँ स्थानीयसँग बुझ्दा ताल नजिकै छ भन्ने थाह भयो । त्यसपछि त सबैको पाइला हतार हतार चल्न थाल्यो । तालमा पुगेपछि भने सबैले राहतको सास फेरे । एकछिन अघिसम्म चरक्क चर्किएको घाम पनि वादलभित्र पो लुक्यो । मौसम सितल बन्यो । भरौलको भलवाचौरीमा थकाई मारिरहदा तर्क दर्शनका प्रणेता चेवन राई पनि हामीसँग मिसिन आइपुगेका थिए । उनको घर पनि बक्लौरी नजिक पञ्चायन झोडामा पर्छ । भलवाचौरीदेखि हामीले उनैलाई पछ्याउदै तालसम्म पुग्न सक्यौं । रा.स.ताल पुग्नुअघि भरौलको अमाह सिमसारमा पनि केहीबेर रमायौं ।
बक्लौरीका स्थानीयले इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क स्थापना गरेर रा.स.ताल बनाएका हुन् । रा.स.को अर्थ हुन्छ, राष्ट्रिय सम्मानित । इतिहासकार चेम्जोङलाई राष्ट्रले सम्मान गरेकोले तालको नामै रा.स.राखिएको रहेछ । त्यहाँसम्म पदयात्रामा जाने प्रस्ताव मेरो थियो । यसअघि तालसम्म साइक्लिङ गर्दै एक पटक पुगेको थिएँ । त्यतिबेलै पार्कका उपाध्यक्ष शशी राईसँग चिनजान भएको । हामी आउदैछौ भनेर उनलाई अग्रिम जानकारी गराएका थियौं । तेइस जनाको हाइकर्स टोलीमा हिमायती जनसाँस्कृतिक समुहका संस्थापक एवं सदस्यहरु हर्क चुम्मे, कुन्ती योञ्जन, जीवन भट्टराई, सुरेश श्रेष्ठ र कला योञ्जन पनि थिए ।
पार्कका उपाध्यक्ष राईसँग ताल किनारमा भेट भयो । तालको माछा खुवाउने सल्लाह थियो, तर हामी ढिलो गरी पुगेकोले माछा मार्नेहरु गइसकेछन् । ताल नजिकको एक होटलमा खाना बनाउन अर्डर दियौं । ताल सुन्दर र रमणीय छ । तीन तिरबाट जंगलले घेरिएको । दक्षिणपट्टि खुला चौर अनि मानववस्ती छ । त्यो चौरमा प्रत्येक बुधबार ग्रामिण हाट(बजार) लाग्छ । यहाँ हरेक बर्ष मंसिर पुर्णिमाको दिन धार्मिक तथा साँस्कृतिक महामेला लाग्छ । त्यसबेला लोपोन्मुख जातिका साथै विभिन्न समुदायको सँस्कृति प्रर्दशन हुने गरेको रहेछ । तालमा २ वटा बोटिङको व्यवस्था छ । हामी होटलमा अल्मलियौं, सँगै गएका साथीहरु त अगि नै बोटिङ गर्न थालिसकेछन् । फोटो खिच्दै हामी पनि बोटिङमा रमाउन थाल्यौं । बालकहरु किनारबाट जम्प गर्दै पौडी खेल्न थाले । यो दृष्य हेर्न साह्रै रमाइलो ।
तालको परिकल्पना २०६२ सालमा परिकल्पना गरिएको । तर, २०७२ असारमा मात्र भौतिकरुपमा तयार भयो । पार्कको स्वामित्वमा कुल ३९ हेक्टर क्षेत्रफल छ । त्यसमध्ये १० हेक्टरमा मात्र ताल फैलिएको छ । सिमसार क्षेत्र भएकोले पानी प्रशस्त्रै रहेछ । जरुवा पानीबाट त्यस क्षेत्रमा ८ वटा खोला बगेपनि एउटा लाटी खोलाको पानीले मात्र ताल निर्माण गरिएको । तालमा फिसिङको पनि सुविधा छ । हामी पुगेको केहीबेरमा धरानबाटै एक टोली फिसिङ गर्न आइपुग्यो । तालसँगैको जंगलमा स्थानीय युवा विकास राईले ३२ इञ्चको टेलिभिजन राखिदिएको रहेछ । देशविदेशको खबरसँगै मनोरञ्जनको च्यानल हेरेर पनि आनन्द लिन सकिने । कस्तो रोचक कुरा । गाउँमा ६ करोड ४० लाखको खानेपानी आयोजना पनि शुरु भएको रहेछ ।
हिमायतीका कलाकार हामीसँग पदयात्रामा जानुको उद्देश्य थियो । पत्रकार तथा निर्देशक जसकुमार राई हिमायतीको डकुमेन्ट्री बनाउदैछन् । तालमा हिमायतीले गीत गाउने र त्यसको दृष्य खिच्ने उनको योजना । तालको किनारमा हिमायतीका कलाकारहरु लहरै कुर्सिमा बसे । अनि, जीवन भट्टराईले गितार झिके । बीचमा रहेका हर्क चुम्मे दाईले संक्षिप्त इतिहास भनेर हिमायतीको परिचय गीत शुरु गरे,
बर्ष है बित्यो, युद्धको खेलमा, झुकेन हिमायती
गोलवन्द हुदै गर्जिदै गयो,रोकिएन यसको गति....।
चुम्मे दाईको जोसिलो स्वर । यस्तो गीत गाउनुहुन्छ भन्ने लागेकै थिएन । पत्रकार मित्र दिनेश गजमेर हिमायतीको पछिल्लो पुस्ताका हुन् । उनैले भने, ‘हर्क दाईमा त अझै त्यो बेलाको जोश रहेछ ।’ हर्क दाईलाई अरु कलाकारले गाउन साथ दिए । हामी कोही फोटो खिच्न, कोही भिडियो खिच्न ब्यस्त भयौं । हिमायती गुञ्जिन थालेपछि स्थानीयहरु बुढापाका र युवाहरु पनि भेला भए । हिमायतीको गीतहरु सुनेर सबै छक्क प¥यौं । ०४६ सालअघि गाउँ वस्तीमा गुञ्जिएका जनताको प्रिय गीतहरु त हिमायतीको पो रहेछ । कति गीतहरु रेडियो, एफएम सुनेको, तर हिमायतीको हो भनेर थाहै थिएन । तालको किनारमा जनताको प्रिय गीतहरु सुनेर भेला भएका स्थानीयहरु पनि निक्कै हर्षित थिए ।
प्रत्येक गीतसँगै हर्क दाईले हिमायतीको इतिहास, पञ्चायतविरुद्धको संघर्षपुर्ण दिनहरु र गीतको रचनागर्भ पनि सुनाउदा मन तरंगीत हुन्थ्यो । बादल मडारिन थाल्यो, ठुलो पानी प¥यो । तर, गीतले भने झैं बर्षाले पनि हिमायतीको गतिलाई छेकेन । नजिकैको खाजा घरमा बसेर गीत, संगीत र इतिहास वृत्तान्तले निरन्तरता पाइरह्यो । त्यहाँ कान थापेर सुनिदेउ दाजु.., पानी है प¥यो.., गड्याङ गुडुङ.., अध्यारो बस्तीमा.., सम्झेर किन मान्छेले भाग्य..,अन्तिम हुदैन कहिल्यै संसार बनाउने यात्रा..,भेडेटार सरर.., अविरल जीवनका यात्राहरुमा.., फिरेन सुदिन आएन वसन्त..लगायत गीतहरु एक पछि अर्को गर्दै सुन्यौं । यी गीतहरुले भित्रैबाट उर्जा दियो । देश र जनताप्रति समर्पित प्रिय गीतहरु । बोलीचालीमा जनवादी गीत भनिन्छ, तर मलाई जनताको गीत भन्न मन लाग्छ । रा.स.तालका उपाध्यक्ष शशी राईको रचना पनि हिमायतीले संकलन गरेको रहेछ । कस्तो संयोग, उनले पनि आफ्नै रचनाको गीत माझी दाई डुंगामा तारिदेउ..बोलको आफ्नो गीत गाए । आफैले गीतार बजाए । आह, कति मिठो गीत ।
सांगीतिक कार्यक्रम चलिरहदा हर्क दाईले पुनारो स्मृतिको पन्न पल्टाए । ०४६ साल अघि कलाकारको टोली आउदा बक्लौरी सुनसान थियो रे । अहिले त ठुलो बस्ती छ । पदयात्रामा गएजस्तै त्यसबेला दुःखका साथ हिडेको, देश र जनताको गीत, जागरणको गीत गाएको उनले स्मरण गरे । तर, राजनैतिक परिवर्तनपछि पनि जनताले सुख नपाएकोमा असुन्तुष्टी पनि । हिमायतीको इतिहास केलाउदा धरानका जुझारु युवाहरु मिलेर ०३८ सालमा शुक्रपथ अध्ययन समुह गठन गरेको इतिहास छ । त्यही साल समुहको नाम फेरिएर हिमायती जनसाँस्कृतिक समुह बनेको रहेछ । चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँवस्तीमा पुग्थ्यो । हिमायती तत्कालीन नेकपा मालेको विचार, सिद्धान्तसँग नजिक थियो, र गीत संगीतको माध्यमबाट जनातामाझ विचार पु¥याउने अभियानमा हिमायती हिडेको थियो । देश र जनताको सार्थक एवं जनवादी गीतहरु संकलन गर्ने, संगीत भर्ने र जनताको माझमा गीत, संगीतको माध्यमबाटै विकृति, विसंगतिविरुद्ध जागरण ल्याउने । ०५४ सालपछि हिमायती सुस्तायो । अहिले पुर्नजागरण हुने क्रममा छ । हङहङमा त हङकङ हिमायती गठन भइसकेको रहेछ ।
खाना तयार भयो, खायौं । त्यसबेलासम्म ४ बजि सकेको थियो । पैदल घर फर्कदा रात पर्ने भो । गाडीमा फर्कने सल्लाह भयो । गाडी नआउञ्जेल पार्क र तालको बिषयमा उपाध्यक्ष राईसँग बुझ्यौं । ताल घुम्न आउदा अग्रिम जानकारी दिए होम स्टे व्यवस्था हुने रहेछ । ताल पुग्न हाँसपोशा(तरहरा)बाट ७ किलोमिटर पश्चिम, झुम्काबाट पनि ७ किलोमिटर उत्तर जानुपर्छ । धरानको हरियाली सामुदायिक वनबाट सिधै दक्षिण जादा ८ किलोमिटर मात्र दुरी । बक्लौरीको सुनसरी सामुदायिक वन र हरियालीबीच सहकार्य भएर सिधै जोड्ने भरपर्दो बाटो भने बनाउन आवश्यक छ । तालसम्म चार पांग्रे, दुई पांग्रे सवारी सजिलै पुग्छ ।
ताल वरीपरी बाँध बाधेर वलियो र सुरक्षित बनाएर माछापालन गर्ने योजना छ । बाँधसँगै वरीपरी चक्रपथ बनाउने र पर्यटकलाई घोड सवारी गराउने । साइक्लिङ ट्रयाक पनि हुनेछ । भविष्यमा तालबाट लघु जलविद्युत निकाल्न पानीघट्ट पनि बनाउने तयारी रहेछ । प्राविधिकले अध्ययन गरेर लघु जलविद्युत सम्भव छ भनेको रहेछ, स्थानीय पनि हौसिएका छन् । पुर्वकै नमुना ताल बनाउने योजना अनुसार नमुना साँस्कृतिक संग्रहालय पनि थपिदैछ । पुर्वेली रोदीघर पनि बन्नेछ । संग्रहालयमा नेपालमा भएका प्रत्येक जातिको जनसंख्या, राजनैतिक, आर्थिक अवस्था, पेशा, भाषिक तथा साँस्कृतिक अभिलेख पनि राखिनेछ । पुर्वेली रोदी घरमा साँस्कृतिक गीत र नृत्य सकेसम्म प्रत्येक दिन, नभए पन्ध्र वा महिनामा एक दिन प्रस्तुत हुनेछ । यी योजनाहरु साकार भएमा बक्लौरीको रा.स.ताल प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।
..........................................................................
शशी राई, उपाध्यक्ष इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क(रा.स.ताल)
ः प्राकृतिक सुन्दरता छदैछ, यहाँ अरु आकर्षणहरु थपेर पुर्वकै नमुना ताल बनाउछौं । यहाँ हरेक मंसिरे पुर्णिमामा महामेला लाग्छ, बैखामा पनि स्थानीयस्तरमा मेला लाग्छ । अहिले पुर्वाधार विकासमा केन्द्रीत छौं । ताल वरीपरी रिंग रोड बनाएर हर्स राइड र साइक्लिङ ट्रयाक बनाउछांै । माछापालन गरेर आम्दानी बढाउछांै । रोदी घर बनाएर पुर्वेली सँस्कृति देखाउछौं । खाना र बस्नलाई केही असुविधा छ, तर अग्रिम जानकारी गराएर आउदा बास बस्नेसमेत व्यवस्था गरिदिन्छौं । विस्तारै होम स्टे पनि शुरु गछौं ।
सम्पर्क मोवाइलः९८१८१८२३३३
......................................
हर्क चुम्मे, संस्थापक सदस्य हिमायती जनसँस्कृतिक समुह
ः यहाँ आएर एकदमै आनन्द भयो । उहिले हिडेर धुलोपिठो बनाएको ठाउँ हो । त्यतिबेला सुनसान थियो, अहिले धेरै वस्ती बसेछ । त्यतिबेला साँस्कृतिक कार्यक्रम गरेर हिडेको झझल्को आयो । आजको यात्रा अविष्मरणीय रहनेछ ।
हामीले गाएर हिड्दा नजन्मेको युवा पुस्तासँगै यात्रा गर्न पायौं, सुखद अनुभव भयो । मान्छेले दुःख सुख भोग्नैपर्छ । युवा पुस्ता विकृति, विसंगतितिर छन्, सामाजिक परिवेशबाट टाढा छन् सुःखसयलमा हुर्केका छन् । आमा बुबाले कति दुःख गरे, गर्छन् भन्ने थाहै छैन । दःखको भोगाई नहुदा उनीहरु जीवनको सार्थक भोगाई बुझेका छैनन् । मलाई ज्यादै खुशी लाग्यो, युवाहरु यसरी दुःखले गाउँघर डुलेको देख्दा । यसले उनीहरु समाज, जीवनसँग नजिक हुन्छन् ।

Comments
Post a Comment