१३ आंै डिपो कप शुरु, आयोजक विजयी

धरान,। प्रावितहको जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान १८ स्थित डिपो आर्दश बहुमुखी क्याम्पसको मैदानमा शुरु भएको प्रतियोगितामा आयोजक डिपो ए ले विजयी शुरुवात गरेको छ ।
शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजकको ए टिमले सुनाखरी एकेडेमीलाई ३–० गोलअन्तरले हरायो । डिपोटको लागि दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफको खेल शुरु भएको ६ मिनेटमा नै डिपोटका सुलभ बस्नेतले गोल गर्दै खाता खोलेका थिए । यस्तै, १६औ मिनेटमा सञ्जिव मल्लिकले गोल गर्दै पहिलो हाफमा सुनाखरीविरुद्ध डिपोटलाई २–० को अग्रता दिलाएका थिए ।
डिपोटको लागि तेस्रो गोल दोस्रो हाफको दशौं मिनेटमा ऋतिक मण्डलले गरे । यो जीतसँगै डिपोट ए प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ भने सुनाखरीले अब अर्को खेल दिलकुमार प्लेट च्याम्पियनसिप कपमा खेल्नेछ । उद्घाटन खेलको म्यान अफ दि म्याच सुनाखरीका निङ्मा राई घोषित भए । उनलाई उद्घाटन समारोहका प्रमुख अतिथि एवं डिपो गुठी संस्थाका सदस्य पुर्वगोर्खा मेजर तनाहाङ लिम्वुले ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा शनिबार पहिलो खेल इमान्युल स्कुल र ज्ञानकुञ्जबीच हुनेछ भने दोस्रो खेल के एण्ड के इन्टरनेसनल स्कुल र होलिल्याण्ड तथा तेस्रो खेल डिपोट बी र सेक्रेट हर्ट स्कुलबीच हुने आयोजकले जनाएको छ ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १५ वटा स्कुलका १६ टिम सहभागी छन् । नकआउट प्रतियोगिता भए पनि पहिलो खेलमा पराजित हुने ८ टिमले पुनः प्लेट च्याम्पियनसिपमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगितामा कक्षा ५ सम्मका ४ फिट १० इञ्च उचाई र १२ वर्ष मुनिका विद्यार्थीले मात्र सहभागी जनाएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ७ हजारसँगै च्याम्पियन ट्रफि, दोस्रो हुनेले उपविजेता ट्रफीसँगै नगद ५ हजार र तेस्रो हुने टिमले नगद ३ हजार र प्रमाण पत्र पाउनेछ । त्यसैगरी, प्लेट च्याम्पियनको विजेताले ट्रफीसँगै नगद ३ हजार र उपविजेताले नगद २ हजार पाउने प्राचार्य राजकुमार राईले जानकारी दिए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे