धरानमा लोक कलाकारको खोजी

धरान । गाउँघरमा गुञ्जने लोक भाकाको संरक्षण एवं प्रर्वद्धन गर्ने उद्देश्यले इमेज च्यानलले शुरु गरेको रियालिटी शो इमेज लोक कलाकारको अडिशन धरानमा कार्तिक २७ गते(शनिबार) गर्ने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै लोकगीत, संगीतका साधना गर्ने तर ओझेलमा परेका प्रतिभाहरुलाई अवसर दिलाउन लोक कलाकार शुरु गरेको जनाएको छ ।
पहिलो सँस्करणकोरुपमा हुन लागेको इमेज लोक कलाकारको पोखरामा अडिशन सम्पन्न भइसकेको छ । पुर्व क्षेत्रको लागि धरानमा हुने र त्यसपछि काठमाण्डौंमा पनि पहिलो चरणको अडिशन गरिने कार्यकारी निर्माता अनुपा श्रेष्ठले बताइन् । उनका अनुसार अडिशनमा सहभागी हुन चाहने कलाकारको उमेरको हदबन्दी राखिएको छैन । तर, एल्बम निकालिसकेको भए सहभागी हुन नपाउने उनले बताइन् । ‘उमेरको छेकबार छैन । मौलिक नेपाली लोकगीत गाउने तर अवसर नपाएका कलकारहरुलाई मौका दिइने भएकोले एल्वम निकालिसकेको भए अडिशनमा सहभागी हुन पाउदैन’–उनले भनिन् ।
आयोजकका अनुसार अडिशनमा तुलसी पराजुली, गणेश न्यौपाने र मनु नेम्बाङ धरानमा हुने अडिशनमा निर्णायक हुनेछन् । पहिलो चरणको अडिशनबाट छनौट भएकाहरुलाई काठमाण्डौंमा पुनः दोस्रो चरणको लागि बोलाइने र त्यहाँ पनि छनौट हुन सफल प्रतियोगीहरुलाई खाने, बस्ने र प्रशिक्षणको व्यवस्था आयोजकले नै गर्ने निर्माता विकास श्रेष्ठ मिलनले जानकारी दिए । उनका अनुसार अन्य रियालिटी शोमा जस्तो भोटिङको व्यवस्था गरिने छैन । प्रतियोगिताको विजेता निर्णायकहरुमा नै निहित रहनेछ । तर, एक जना प्रतियोगीलाई भोटिङबाट पब्लिक च्वाइस घोषणा भने गरिनेछ । ‘एक जना प्रतियोगी भोटिङबाट पब्लिक च्वाइस घोषणा हुनसक्छ, तर मुख्य विजेता निर्णायकबाटै घोषणा हुनेछ’–उनले भने ।
विभिन्न चरण पार गर्दै प्रतियोगिताको फाइनल माघ पहिलो साता गरिने कार्यकारी निर्माता श्रेष्ठले बताइन् । विजेताले नगद एक लाखसहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो निर्माण गर्ने अवसर पनि दिइनेछ भने विजेताले चाहेमा इमेज च्यानलको कार्यक्रम उकाली ओरालीमा प्रस्तोता हुने मौका पनि दिइने उनले बताइन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे