होराइजन कपको उपाधि इर्मोटललाई(फोटोफिचर)

धरान । तेस्रो होइराजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप) २०७३ को उपाधि इर्मोटल क्लब धरान १५ ले जितेको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार सम्पन्न फाइनलमा बीपीकेआइएचएस, डक्टर्स टिमलाई ८५–५२ स्कोरले हराउदै उपाधि जितेको हो ।
इर्मोटलले डक्टर्स टिमलाई १६–८, १५–१९, ३०–११ र २४–१४ स्कोरले हरायो । च्याम्पियन इर्मोटलले उपाधि ट्रफीसँगै नगद ३० हजार हात पा¥यो भने उपविजेता डक्टर्स टिमले नगद १५ हजारमा चित्त बुझाउन बाध्य भयो । फाइनल खेलको म्यान अफ दि म्याच इर्मोटलका बिजय बुर्जा मगर घोषित भए ।
फाइनलमा इर्मोटलका मिनेष शाक्यले व्यक्तिगत सर्वाधिक २१ स्कोर गरे भने डक्टर्सका विकेन चौधरीले व्यक्तिगत सर्वाधिक १२ स्कोर गरेका थिए । इर्मोटलका मिनेष शाक्य मोस्ट भ्यालुएवल प्लेयर घोषित हुदै नगद १० हजार र ट्रफी हात पारे भने रुकी प्लेयर(उदयीमान खेलाडी) घोषित हुदै कार्मेल हाइ स्कुलका अभिमान राईले नगद ५ हजार र ट्रफी थापे । फेयर प्लेको पुरस्कार कार्मेल हाइ स्कुलले पायो ।
विजेता तथा उपविजेता टिमलाई आयोजक होराइजन क्लबका अध्यक्ष बालकृष्ण सुनुवार, प्रमुख अतिथि एवं सांसद मिन बिश्वकर्मा, बिशेष अतिथि नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, समाजसेवी चन्द्र खापुङ, मनोज भट्टराईलगायतले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए । यसैगरि, प्रतियोगिता समापन समारोहमा धरान १७ हङकङ समाज र गोधुली क्लबलाई कदर पत्र प्रदान गरिएको थियो भने ज्येष्ठ नागरिक खाइसुमाया राई, टंकबहादुर गुरुङ र कृष्णबहादुर सुनुवारलाई सम्मान गरिएको थियो । नगद पुरस्कार राशीको हिसाबले यो पुर्वको सबैभन्दा ठुलो बास्केटवल प्रतियोगिता हो ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे