एमेच्योर गल्फको उपाधि विजयलाई(फोटोफिचर)

धरान । पाँचौ सुनसरी टेक्निकल कलेज एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि धरानका विजय राईले जितेका छन् । पार ७० को निर्वाणा गल्फ कोर्षमा शनिबार भएको प्रतियोगितामा नेट ४ अण्डर ६६ स्कोर गर्दै राई च्याम्पियन भएका हुन् ।
उनको कुल स्कोर भने ४ ओभर ७४ थियो । फ्रन्ट नाईनमा ४ ओभर ३५ खेलेका उनले ब्याक नाईनमा लेभल पार ३५ खेलेका थिए । आठ ह्याण्डीक्याप खेलाडी राईले उपाधि जितेसँगै एक ह्याण्डीक्याप घटेर ७ भएको छ । उनले च्याम्पियन ट्रफीसँगै नगद ५ हजार बराबरको गिफ्ट ह्याम्पर हात पारे ।
यस्तै, प्रतियोगितामा एक ओभर ७१ स्कोर गरेका शेखर लिम्बु दोस्रो भए । आठ ह्याण्डीक्याप खेलाडी उनको कुल स्कोर भने ९ ओभर ७९ थियो । फ्रन्ट नाईनमा ३ ओभर ३८ खेलेका उनले ब्याक नाइनमा ६ ओभर ४१ स्कोर खेलेका थिए । यस्तै, नेट २ ओभर ७२ स्कोर गरेका राम तामाङ प्रतियोगितामा तेस्रो भए । पाँच ह्याण्डीक्याप खेलाडी उनले कुल ७ ओभर ७७ स्कोर खेलेका थिए । फ्रन्ट नाईनमा ६ ओभर ४१ स्कोर गरेका उनले ब्याक नाइनमा १ ओभर ३६ स्कोर खेले । दोस्रो र तेस्रो भएका खेलाडीले क्रमशः ट्रफीसँगै ३ र २ हजार बराबरको गिफ्ट ह्याम्पर पाए ।
यसैगरि, प्रतियोगितामा नेट १० अण्डर ६० स्कोर गरेका रितेश तामाङ जुनियरतर्फका विजेता भए । बाइस ह्ण्याण्डीक्याप खेलाडी रहेका उनको कुल स्कोर भने १२ ओभर ८२ थियो । जुनियर च्याम्पियन भएसँगै उनको २ ह्याण्डीक्याप घटेर २० कायम भएको छ । सिनियरतर्पmको विजेता मानबहादुर लिम्बुले नेट ४ ओभर ७४ स्कोर खेले । नौ ह्ण्याण्डी क्याप खेलाडी उनलको कुल स्कोर भने १३ ओभर ८३ स्कोर थियो ।
प्रतियोगितामा नेट २ ओभर ७२ स्कोर खेलेका युवराज भुजेलले वेष्ट ग्रोसको पुरस्कार जिते । चार ह्याण्डीक्याप खेलाडी उनले कुल ६ ओभर ७६ स्कोर खेलेका थिए । यस्तै, ३ वर्डी खेलेका पदमहाङ लिम्बुले मोस्ट वर्डिको पुरस्कार जिते भने बुद्धिमान सुनुवारले नियरेष्ट टु दि पिन, रुपेन गुरुङले लङ्गेष्ट ड्राइभ र किरण सुब्बाले वेस्ट स्पोर्टस्मेनसिपको पुरस्कार थापे । विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बु, प्रायोजक सुनसरी टेक्निकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक लेखीराज सुब्बा, नेपाल गल्फ संघका केन्द्रीय सदस्य एम.बि.लिम्बु, प्रोफेस्नल खेलाडी सविन सापकोटालगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
यो प्रतियोगितासँगै धरान गल्फ क्लब र प्रायोजक सुनसरी टेक्निकल कलेजबीच २०६९ सालमा भएको पाँच बर्षे सम्झौता सकिएको छ । प्रतियोगिता निरन्तरता हुने कि नहुने भन्ने अन्यौललाई चिर्दै कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक सुब्बाले क्लबको प्रस्ताव आएपछि पुनः सम्झौता गरिने प्रष्ट्याए । ‘खेलाडी उत्पादन र कोर्षको संरक्षणको लागि प्रतियोगितालाई निरन्तरता दिन्छौं, क्लबबाट समय र राशी खुलाएर प्रस्ताव आएपछि आपसी सहमति गरेर सम्झौता गछौं’–उनले भने । यसअघिको सम्झौतामा प्रतियोगिता गर्न कलेजले बर्षेनी ५० हजार रुपैया क्लबलाई उपलब्ध गराउने उल्लेख थियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे