कर सदुपयोग नभएको गुनासो

पछिल्लो समय कांग्रेस नेतृ सुजता कोइरालालाई उपचार खर्चबापत ५० लाख रुपैया उपलब्ध गराउने सरकारको निर्णयप्रति लक्षित गर्दै उनीहरुले करदाताले तिरेको करको सही सदुपयोग नभएको जिकिर गरे । ‘कारदाताहरु उत्साहित छौं, तर राज्यले करको उचित व्यावस्थापन गरेको छैन । उपचार खर्चको नाममा राज्यकोषबाट पहुँचवालाहरुलाई जथाभावी रकम बाड्छ । यस्तो देख्दा हामी निरुसाहित हुन्छौं’–सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठले भने–‘हामीले तिरेको कर, राजश्वको सही सदुपयोग होस् ।’
पुर्वअध्यक्ष श्रेष्ठले करको दायरामा जान सबै व्यापारी, व्यावसायीहरुलाई आग्रहसमेत गरे । उनले मंसिर १ गते मात्र नभई कर कार्यालयले हरेक महिना सर्वसाधारण तथा व्यापारीहरुलाई करको दायरामा ल्याउन सचेतना कार्यक्रमहरु गर्न सुझाव पनि दिए । कर विज्ञ एवं व्यावसायी कृष्णकुमार अग्रवालले पनि आम्दानी र कारोबार अनुसार कर तिर्न करदाताहरु प्रेरित भए पनि सरकारले राजश्वको सही ठाउँमा सदुपयोग नगरेको बताए । ‘सरकारले पनि करको सदुपयोग गर्नुपर्छ, विकास निर्माणमा खर्च गर्नुपर्छ । जसले हामीलाई कर तिर्न प्रेरित गरोस्’–अग्रवालले भने ।

नेपाल साना उद्योग व्यावसायी संघका केन्द्रीय उपसभापति उद्धव अधिकारी भने साना उद्योगी, व्यावसायीहरुको धेरै समस्या रहेको बताउछन् । उनका अनुसार अत्यधिक करवृद्धिले साना व्यावसायीहरु मर्कामा छन् । कतिपय शिर्षकको कर स्थानीय निकाय र कर कार्यालयमा पनि दोहोरो तिर्नु परिरहेको तर सेवा सुविधा भने केही नपाएको उनले बताए । ‘उपमहानगरपालिका भएपछि पान दर्ता २ हजारबाट एकैचोटी ५ हजार भयो । वहाल कर घरधनीले तिर्नुपर्ने हो, तर नगरपालिकामा २ प्रतिशत र कर कार्यालयमा १० प्रतिशतले व्यावसायीले तिछौं’–अधिकारीले नागरिकसँग भने–‘नगरपालिकाले पनि व्यावसायी कर बर्षेनी बढाउछ, यसपाली सरसफाई कर भनेर थप कर लगाएको छ । हामीलाई सेवा सुविधा भने छैन ।’
Comments
Post a Comment