सकरात्मक बन्न आग्रह गर्दै साइकल ¥याली(फोटोफिचर)


धरान । लागुऔषध प्रयोगकर्ता तथा एचआइभी संक्रमितहरुप्रतिको नकरात्मक दृष्टिकोण परिवर्तन गरौं भन्ने सन्देशसहित शनिबार धरानका युवाहरुले वृहत साइकल ¥याली निकाले । लागुऔषध प्रयोगकर्तालाई समाज र कानुनले अपराधीकोरुपमा भेदभाव तथा व्यवहार गर्ने गरेको भन्दै युवाहरुले सकरात्मक व्यावहार गर्न आग्रह गर्दै ¥याली निकालेका हुन् ।
‘लागुऔषध प्रयोगकर्ताहरु अपराधी होइनन्, रोगी हुन् । उनीहरुलाई उपचारमा लगे निको हुन्छन्’–उनीहरुको सन्देश थियो–‘घरपरिवार, समाज र प्रहरीले उनीहरुलाई यातना, घृणा गर्ने होइन, उपचारमा लैजानुपर्छ ।’ दृष्टि नेपालले आयोजना गरेको ¥यालीमा ४ दर्जन बढी युवाहरुको सहभागीता थियो । धरानको भानुचौकबाट शुरु भएको ¥यालीमा युवायुवतीसँगै बालकहरुले पनि सहभागीता जनाएको थियो ।
एचआइभी संक्रमतिहरुप्रति पनि समाजको धारणा अझै परिवर्तन नभएको भन्दै उनीहरुप्रति भेदभाव, लाञ्छनाहरु नगरौं भन्ने सन्देश फैलाएको आयोजक संस्थाकी वन्दना थापाले बताइन् । ‘चाहे लागुऔषध प्रयोगकर्ताहरु हुन् वा संक्रमित व्यक्ति । घरपरिवार, समाज र प्रहरीको सकरात्मक बोलीव्यवहारले सामान्य जीवन जीउन सक्छन् । सबैले सकरात्मक व्यवहार गरौं भन्ने सन्देश दिएका हौं’–उनले भनिन् । प्रमुख अतिथि तथा धरान उपमहानगरालिकाका समाज विकास अधिकृत सुनिल थापाले रिबन काटेपछि ¥याली शुरु भएको थियो । भानुचोकबाट छाताचोक, कल्याण चोक हुदै साइकल ¥याली पुतलीलाइनबाट भानुचौकमा पुगेर टुंगिएको थियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे