कस्तो भुल..गीतको म्युजिक भिडियो सार्वजनिक

धरान । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आफु काम गर्दै आएको बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिबाट विकेन ल्वागुनले उपचारको लागि लामो विदा लिए । विदा पछि उनी स्वास्थ्य उपचारमा मात्रै गरेनन्, आफ्नो सानैदेखिको गीत,संगीतप्रतिको चाहनालाई पनि उनले साकार बनाएछन् ।
कुनै बेला पेट र नशाको गम्भीर समस्याले पिरोलिएका ल्वागुन बिहिबार आफ्नो स्वरमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोसहित धरानमा सार्वजनिक भए । उनको अनुहारमा बर्ष दिनअघिको जस्तो चिन्ता होइन, आत्मसन्तुष्टी थियो । स्वास्थ्य सुधार र सानैदेखिको सपना साकार भएकोमा विछट्टै खुशी । उनको स्वास्थ्य ठिक हुदै जानुमा चिकित्सा पद्दती मात्र भने होइन रहेछ, गीत, संगीतको साधना पनि रहेछ । ‘स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बर्षदिन देखि विदामा थिए, यही बिचमा गीत,संगीतको मेरो सानैदेखिको रुचिलाई साकार गर्ने मौका पनि पाए’–ल्वागुनले भने–‘गीत, संगीतले उपचारको पनि काम गर्छ भनेर यो समयलाई सदुपयोग गर्नतिर लागे ।’
होटल रत्ना इनमा उनले कस्तो भुल..बोलको गीत र भ्युजिक भिडियो सार्वजनिक गरेका थिए । प्रमुख अतिथि रहेका बराहका प्रशासकीय अधिकृत गंगा कालिकोटेले ल्यापटप वटन दबाएर म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । यो गीत उनको रेकर्ड भएको पहिलो हो । गीत दिपेन्द्र रसाइलीको रचना हो भने संगीत संयोजन सचिन सिंहले गरेका छन् ।  रोहन नेपालीले निर्देशन गरेको म्युजिक भिडियोमा मिलन शंकर, रुविना गहतराज र बालकलाकार एलिजा कालिकोटेको अभिनय छ । ‘राम्रो बनाउने प्रयास गरेको छुँ, अरु पनि २ वटा गीत रेकर्डको क्रममा नै छुँ’–गायक ल्वागुनले भने ।
बराहका प्रशासकीय अधिकृत कालिकोटेले म्युजिक भिडियो राम्रो बनेको प्रतिक्रिया दिदै गीत,संगीतले मानिसलाई थेरापीको काम पनि गर्ने बताए । ‘म्युजिक मनोरञ्जन मात्र होइन, डिप्रेशन र अन्य रोगहरुलाई जित्न पनि मद्दत पुग्छ भन्ने प्रमाण उहाँ आफै हो’–कालिकोटेले भने–‘उहाँको स्वास्थ्यमा सुधार पनि भयो, आफुले चाहेको गीत,संगीत क्षेत्रको काम पनि गर्नुभएछ, धेरै खुशी लाग्यो ।’








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे