होराइजन कप शुरु, उद्घाटन खेलमा आयोजकको हार(फोटोफिचर)

धरान । तेस्रो होराइजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप) २०७३ धरानमा शुरु भएको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शनिबार भएको उद्घाटन खेलमा आयोजक तथा साविक विजेता होराइजन क्लबलाई हराउदै इर्मोटल क्लब धरान १५ ले प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा इर्मोटलले आयोजकलाई ४९–४१ को स्कोरले हराएको थियो । हारसँगै आयोजक प्रतियोगिताबाटै बाहिरिएको छ । पहिलो क्वार्टरमा आयोजकसँग ८–६ स्कोरले पछि परेको इर्मोटलले बाँकी ३ क्वार्टरको खेलमा पकड जमाएको थियो । इर्मोटलले दोस्रो, तेस्रो र चौथो क्वार्टरमा आयोजकलाई क्रमशः१२–७, १३ –९ र १८–१७ स्कोरले पछि पा¥यो । प्रतिस्पर्धात्मक खेलमा इमोर्टलका निमेश शाक्यले क्लबका लागि सर्वाधिक १८ स्कोर गरेका थिए भने होइराजनका रामचन्द्र सुनुवारले सर्वाधिक १२ स्कोर गरेका थिए । उद्घाटन खेलको म्यान अफ दि म्याच विजयी टिमका निमेश शाक्य नै घोषित भए । उनलाई प्रमुख अतिथि एवं एन्फाका उपाध्यक्ष किसोर राईले नगद एक हजार र ट्रफी प्रदान गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष बालकृष्ण सुनुवारका अनुसार मंसिर ११ गतेसम्म हुने प्रतियोगितामा सुनसरी, मोरङ र झापाका गरि १२ वटा टिमले सहभागीता जनाएको छ । प्रतियोगितामा आयोजक टिमसँगै झापा बास्केटवल क्लब झापा, मोरङ बास्केटवल संघ विराटनगर, स्ट्याग्स क्लब ए र बी, बीपीकेआइएचएस डक्सर्ट र स्टुडेन्ट टिम, इर्मोटल क्लब, कार्मेल हाइ स्कुल, डिपोटियन स्पोर्टस क्लब, यलम्बर क्लब र स्वर्णिम क्लब सहभागी भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्रसँगै क्रमशः नगद ३० हजार र उपविजेताले नगद १५ हजार हात पार्नेछ । नगद पुरस्कार राशीको हिसाबले यो पुर्वको सबैभन्दा ठुलो बास्केटवल प्रतियोगिता पनि हो । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरलाई नगद १० हजार दिइनेछ भने हाइ स्कोर र रुकि प्लेयर(उदयीमान खेलाडी)ले जनही ५ हजार पाउनेछ ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे