दुई दशकपछि जनतामाझमा हिमायती(फोटोफिचर)
छिन्ताङ । निरंकुश पञ्चायती व्यस्वथा र सामान्तीविरुद्ध किसान विद्रोह गर्दा तत्कालीन राज्यसत्ताले २०३६ सालमा धनकुटाको खाल्सा क्षेत्र(आँखीसल्ला, खोकु र छिन्ताङ)छिन्ताङमा क्रुर दमन गरेको थियो । प्रहरीले डेढ दर्जनको क्रुरतापुर्वक हत्या ग¥यो भने थुप्रैलाई थुनामा पु¥यायो । नेपालमा यो घटना छिन्ताङ काण्डले चर्चित छ ।
त्यही घटना(छिन्ताङ काण्ड)मा आधारित भएर पचासको दशकमा सृर्जना गरिएको गीत खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा.. लाई नेपाली जनताले औधी रुचायो । यो गीत सृर्जना हुदासम्म निरंकुश पञ्चायत ढलिसकेको थियो र प्रजातन्त्रको उदय भइसकेको थियो । तर, नेताहरु देश, जनता र शहीदको सपना पुरा गर्न भन्दा पनि सत्तामा लिप्त हुन थालिसकेका थिए । गीतले भने धनकुटेलीहरुलाई आफ्नो घाउ सधै सम्झिरहन, आफ्नो नशाभित्र तातो रगत बगाइरहन भन्यो । यस्तो, जनप्रिय गीतको सृर्जना हिमायती जनसाँस्कृतिक समुह धरानले गरेको थियो । समुहमा आवद्ध गणेश इजमको रचनालाई शिव सुब्बाले संगीत भरेका थिए ।
प्रजातन्त्रको लागि आहुति दिएका शहीदको वलिदानलाई गीतको माध्यमबाट भुल्न नदिने हिमायती र त्यसमा आवद्ध कलाकारहरु भने खाल्सा क्षेत्रसम्म पुगेनन् । कलाकारहरुसँग खाल्साबासीहरुको पनि कहिल्यै साक्षात्कार हुन पाएन । अझ २०५४ साल यता हिमायतीका कालाकारहरु विविध कारणले तितरवितर हुन पुगे । हिमायती समुह सुस्तायो । खाल्साली जनता र हिमायतीबीच साक्षात्कार हुने सम्भावना झनै न्युन बनेको थियो ।
बाह्र बर्षमा पनि खोलो फर्कन्छ भन्ने नेपाली उखान छ । समय सधै एकनाशको हुदैन । ०५४ सालदेखि सुस्ताएको हिमायती झण्डै दुई दशकपछि सोमबार ऐतिहासिक भुमि खाल्सा क्षेत्रमा पुग्यो, आफ्नो जनवादी सांगीतिक प्रस्तुती लिएर । खाल्साली जनताले पहिलो पटक खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा..गीतका वास्तविक नायकहरुलाई नजिकबाट हेर्न, सुन्न र साक्षात्कार गर्न पाए । उनीहरुमा हर्षको सिमा थिए । हिमायतीका हरेक गीतलाई धैर्यपुर्वक सुने, र अन्त्यमा कलाकारहरुसँगै नाचे । हिमायतीले पनि शहीद भुमिबाट आफु पुनः ब्युतिएको घोषणा ग¥यो । ‘छिन्ताङ काण्ड भएको ३७ बर्ष लागेछ, हाम्रो संस्था स्थापना भएको ३५ बर्ष भयो । अहिले फेरी हामी ३५ बर्षअघिकै जनताको प्रिय गीतसंगीत लिएर जनतामाझ जाने प्रण गर्दैछौं । हामी देश र जनता बिउझाउने यात्रामा निरन्तर अघि बढीरहनेछौं’–हिमायतीका संस्थापक एवं अध्यक्ष हर्क चुम्मेले भने–‘खोकु छिन्ताङको गीत धेरै गायौं, तर यो पवित्र शहीद भुमि आएका थिएनौं । शहीद दिवसमा यहाँ आएर जनताको गीत गाउन पायौं, हामी धेरै नै खुशी छौं ।’
सोमबार हिमायतीले आफ्नो टाइटल गीत बर्ष है बित्यो युद्धको खेलमा..बाट जनसांगीतिक कार्यक्रम शुरु गरेको थियो । त्यसपछि, हिमायतीकी हर्षु राईले चेलीको सिन्दुर पुछियो..,सीमाना पारी नौ डाडा पारी..र अबिरल जीवनका यात्राहरुमा..जनवादी गीत गाइन् भने समिर सिंगकले चर्चित गीत खोकु छिन्ताङ दुख्यो कि.. र फिरेन सुदिन..गाए । यस्तै, जीवन भट्टराईले अन्त्मि हुदैन कल्यिै संसार बनाउने यात्रा..गाए । धरानका गायकद्धय राईमन राई र लक्ष्मण अधिकारीले पनि गीत गाएका थिए । गायक राईमन, लक्ष्मण र समिर भने हिमायतीका शुभचिन्तक कलाकार हुन् । सांगीतिक प्रस्तुती दिन हर्क चुम्मे, कुन्ती योञ्जन, सुरेश श्रेष्ठ, जीवन भट्टराई, हर्षु राई, समिर, लक्ष्मण, राईमनसँगै काठमाण्डौंबाट आएका सहयोगी सुसिल श्रेष्ठ छिन्ताङ पुगेका थिए ।
धरानका जुझारु युवाहरु मिलेर ०३८ सालमा शुक्रपथ अध्ययन समुह गठन गरेका थिए । त्यही साल समुहको फेरिएर हिमायती जनसाँस्कृतिक समुह बन्यो । चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँवस्तीमा पुग्थ्यो । हिमायती तत्कालीन नेकपा मालेको विचार, सिद्धान्तसँग नजिक थियो, र गीत संगीतको माध्यमबाट जनातामाझ विचार पु¥याउने अभियानमा हिमायती हिडेको थियो । देश र जनताको सार्थक एवं जनवादी गीतहरु संकलन गर्ने, संगीत भर्ने र जनताको माझमा गीत, संगीतको माध्यमबाटै विकृति, विसंगतिविरुद्ध जागरण ल्याउन जुझारु युवा कलाकारहरु सक्रिय थिए । ०५४ सालपछि सुस्ताएको हिमायती शहीद भुमिमा पुगेर ब्युतिएको घोषणा गरेको हो ।
त्यही घटना(छिन्ताङ काण्ड)मा आधारित भएर पचासको दशकमा सृर्जना गरिएको गीत खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा.. लाई नेपाली जनताले औधी रुचायो । यो गीत सृर्जना हुदासम्म निरंकुश पञ्चायत ढलिसकेको थियो र प्रजातन्त्रको उदय भइसकेको थियो । तर, नेताहरु देश, जनता र शहीदको सपना पुरा गर्न भन्दा पनि सत्तामा लिप्त हुन थालिसकेका थिए । गीतले भने धनकुटेलीहरुलाई आफ्नो घाउ सधै सम्झिरहन, आफ्नो नशाभित्र तातो रगत बगाइरहन भन्यो । यस्तो, जनप्रिय गीतको सृर्जना हिमायती जनसाँस्कृतिक समुह धरानले गरेको थियो । समुहमा आवद्ध गणेश इजमको रचनालाई शिव सुब्बाले संगीत भरेका थिए ।
प्रजातन्त्रको लागि आहुति दिएका शहीदको वलिदानलाई गीतको माध्यमबाट भुल्न नदिने हिमायती र त्यसमा आवद्ध कलाकारहरु भने खाल्सा क्षेत्रसम्म पुगेनन् । कलाकारहरुसँग खाल्साबासीहरुको पनि कहिल्यै साक्षात्कार हुन पाएन । अझ २०५४ साल यता हिमायतीका कालाकारहरु विविध कारणले तितरवितर हुन पुगे । हिमायती समुह सुस्तायो । खाल्साली जनता र हिमायतीबीच साक्षात्कार हुने सम्भावना झनै न्युन बनेको थियो ।
बाह्र बर्षमा पनि खोलो फर्कन्छ भन्ने नेपाली उखान छ । समय सधै एकनाशको हुदैन । ०५४ सालदेखि सुस्ताएको हिमायती झण्डै दुई दशकपछि सोमबार ऐतिहासिक भुमि खाल्सा क्षेत्रमा पुग्यो, आफ्नो जनवादी सांगीतिक प्रस्तुती लिएर । खाल्साली जनताले पहिलो पटक खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा..गीतका वास्तविक नायकहरुलाई नजिकबाट हेर्न, सुन्न र साक्षात्कार गर्न पाए । उनीहरुमा हर्षको सिमा थिए । हिमायतीका हरेक गीतलाई धैर्यपुर्वक सुने, र अन्त्यमा कलाकारहरुसँगै नाचे । हिमायतीले पनि शहीद भुमिबाट आफु पुनः ब्युतिएको घोषणा ग¥यो । ‘छिन्ताङ काण्ड भएको ३७ बर्ष लागेछ, हाम्रो संस्था स्थापना भएको ३५ बर्ष भयो । अहिले फेरी हामी ३५ बर्षअघिकै जनताको प्रिय गीतसंगीत लिएर जनतामाझ जाने प्रण गर्दैछौं । हामी देश र जनता बिउझाउने यात्रामा निरन्तर अघि बढीरहनेछौं’–हिमायतीका संस्थापक एवं अध्यक्ष हर्क चुम्मेले भने–‘खोकु छिन्ताङको गीत धेरै गायौं, तर यो पवित्र शहीद भुमि आएका थिएनौं । शहीद दिवसमा यहाँ आएर जनताको गीत गाउन पायौं, हामी धेरै नै खुशी छौं ।’
सोमबार हिमायतीले आफ्नो टाइटल गीत बर्ष है बित्यो युद्धको खेलमा..बाट जनसांगीतिक कार्यक्रम शुरु गरेको थियो । त्यसपछि, हिमायतीकी हर्षु राईले चेलीको सिन्दुर पुछियो..,सीमाना पारी नौ डाडा पारी..र अबिरल जीवनका यात्राहरुमा..जनवादी गीत गाइन् भने समिर सिंगकले चर्चित गीत खोकु छिन्ताङ दुख्यो कि.. र फिरेन सुदिन..गाए । यस्तै, जीवन भट्टराईले अन्त्मि हुदैन कल्यिै संसार बनाउने यात्रा..गाए । धरानका गायकद्धय राईमन राई र लक्ष्मण अधिकारीले पनि गीत गाएका थिए । गायक राईमन, लक्ष्मण र समिर भने हिमायतीका शुभचिन्तक कलाकार हुन् । सांगीतिक प्रस्तुती दिन हर्क चुम्मे, कुन्ती योञ्जन, सुरेश श्रेष्ठ, जीवन भट्टराई, हर्षु राई, समिर, लक्ष्मण, राईमनसँगै काठमाण्डौंबाट आएका सहयोगी सुसिल श्रेष्ठ छिन्ताङ पुगेका थिए ।धरानका जुझारु युवाहरु मिलेर ०३८ सालमा शुक्रपथ अध्ययन समुह गठन गरेका थिए । त्यही साल समुहको फेरिएर हिमायती जनसाँस्कृतिक समुह बन्यो । चालिसको दशकमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जागरण र परिवर्तनको गीतहरु गाउदै हिमायती गाउँवस्तीमा पुग्थ्यो । हिमायती तत्कालीन नेकपा मालेको विचार, सिद्धान्तसँग नजिक थियो, र गीत संगीतको माध्यमबाट जनातामाझ विचार पु¥याउने अभियानमा हिमायती हिडेको थियो । देश र जनताको सार्थक एवं जनवादी गीतहरु संकलन गर्ने, संगीत भर्ने र जनताको माझमा गीत, संगीतको माध्यमबाटै विकृति, विसंगतिविरुद्ध जागरण ल्याउन जुझारु युवा कलाकारहरु सक्रिय थिए । ०५४ सालपछि सुस्ताएको हिमायती शहीद भुमिमा पुगेर ब्युतिएको घोषणा गरेको हो ।



















Comments
Post a Comment