होराइजन कपमा स्ट्याग्सको जित, स्वर्णिम र होपर्सको खेल बराबरी

धरान । तेस्रो होइराजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप)मा स्ट्याग्स ‘ए’ले विजयी शुरुवात गर्दा स्वर्णिम क्लब र बीपीकेआइएचएस, होपर्स टिमबीचको खेल भने बराबरीमा टुंगिएको छ ।
धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा सोमबार सम्पन्न पहिलो खेलमा स्ट्याग्सले कार्मेल हाइ स्कुललाई ४१–२१ स्कोरले हराउदै उपाधि होडमा आफुलाई कायम राख्यो । पहिलो, दोस्रो र तेस्रो क्वार्टरमा स्ट्याग्सले कार्मेलविरुद्ध क्रमशः ७–४, १२–० र १५–५ स्कोरले अग्रता लिएको थियो । अन्तिम तथा चौथो क्वार्टरमा भने कार्मेलले १२–७ को स्कोरले अग्रता लिए पनि हारबाट जोगिन सकेन । जितसँगै स्ट्याग्यस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । स्ट्याग्सको लागि व्यक्तिगत सर्वाधिक १३ स्कोर गरेका प्रदिप गुरुङ म्यान अफ दि म्याच घोषित भए । कार्मेलको लागि समिर वर्माले सर्वाधिक ९ स्कोर गरेका थिए ।
 दिउँसो स्वर्णिम र होपर्सबीच भएको दोस्रो खेल भने टाई(बराबर) भएपछि समय अभावले थप खेल हुन सकेन र कसैको पनि हारजित घोषणा हुन सकेन । निर्धारित समयको खेलमा दुवै टिमले समान ३८–३८ स्कोर गरे । स्वर्णिमले पहिलो, दोस्रो र तेस्रो क्वार्टरको खेल सकिदासम्म होपर्सविरुद्ध क्रमशः १३–९, १०–९ र ११–५ स्कोर गर्दै ३४–२३ को अग्रतामा थियो । तर, अन्तिम तथा चौथो क्वार्टरमा होपर्सले स्वर्णिमविरुद्ध १५–४ स्कोर गरेपछि खेल टाई(बराबर) हुन पुग्यो । साँझ परिसकेको हुनाले थप खेल हुन नसकेको र मंगलबार बिहान पुनः दुवै टिमबीच खेल हुने आयोजक होराइजन क्लबका अध्यक्ष बालकृष्ण सुनुवारले बताए । ‘स्वर्णिम र होपर्सबीचको खेल टाइ भयो । अध्यारो भइसकेकोले समय अभावको कारण थप खेल भएन । मंगलबार बिहान दुवै टिमबीच खेल हुन्छ’–उनले भने । दिउँसो भने झापा बास्केटवल क्लब झापा र मोरङ बास्केटवल संघ विराटनगरबीच खेल हुने आयोजकले जनाएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे