डिपो कपमा इमानुयल, सेक्रेट र होलील्याण्ड विजयी

धरान । प्रावितहको जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कपमा इमानुयल बोर्डिङ स्कुल, सेक्रेट हर्ट र होलिल्याण्ड बोर्डिङ स्कुल विजयी भएको छ । धरान १८ स्थित डिपो आर्दश बहुमुखी क्याम्पसको मैदानमा शनिबार भएको तीन खेलमा जित पाएको तीन वटै टिम(स्कुल)हरु प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
पहिलो खेलमा इमानुयलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ४–० गोलअन्तरले पराजित ग¥यो । इमानुयलको जितमा गणेश बस्नेतले ह्याट्रिक गरे भने एक गोल डिकेन राईले गरेका थिए । पहिलो हाफको १४ औं मिनेटमा डिकेनले गोल गर्दै इमानुयुलको लागि खाता खोलेका थिए । दोस्रो हाफको ८, १६ र २२ औं मिनेटमा गोल गर्दै गणेशले ह्याट्रिक पुरा गर्दै जित पक्का गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच ज्ञानकुञ्जका सनम बराइली घोषित भए ।
यसैगरी, दोस्रो खेलमा सेक्रेट हर्ट इटहरीले आयोजक डिपोट उच्चमाविको बि टिमलाई २–० गोलअन्तरले हरायो । सेक्रेट हर्टका सन्देश तामाङले दुवै गोल गरेका थिए । उनले पहिलो हाफको १३ औं र दोस्रो हाफको १६ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच डिपोटका गोलकिपर सुसन श्रेष्ठ घोषित भए ।
यस्तै, अत्यन्तै प्रतिस्पर्धा भएको तेस्रो खेलमा होलिल्याण्डले के एण्ड के इन्टरनेशनल स्कुललाई १–० को झिनोअन्तरले हरायो । पहिलो हाफ गोलरहित भएको खेलमा होलिल्याण्डका सुमन लिम्बुले दोस्रो हाफको ११ औं मिनेटमा निर्णायक गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच के एण्ड केका तीर्थ बस्नेत घोषित भए । शनिबारको खेलमा पराजित भए पनि ज्ञानकुञ्ज, डिपोट बी र के एन केले अब प्लेट च्याम्पियनसिप कपमा खेल्न पाउनेछन् ।
प्रतियोगितामा आइतबार नवज्योति स्कुल र एसएओएस इटहरी, हिमशिखर स्कुल तरहरा र लेटस विद्या मन्दिर, मेरील्याण्ड स्कुल र सगरमाथा बोडिङ स्कुल तथा नेपाल डिभिएम ग्लोबल स्कुल इटहरी र पुर्व क्षेत्रीय पुलिस स्कुलबीच खेल हुने आयोजकले जनाएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे