तीन नगरबीच लुमन्तिको कार्यक्रमबारे अन्र्तक्रिया


धरान । सिमान्तकृत समुदायलाई उनीहरुकै नेतृत्वमा सशक्तीकरण गरिरहेको सुरक्षित आवासको लागि जनताको अगुवाईमा सामाजिक तथा आर्थिक रुपान्तर कार्यक्रमले एक उपमहानगरसहित तीन नगरपालिकाबीच अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
धरान उपमहानगरपालिका र लुमन्ति आवासको लागि सहयोग समुह धरानको आयोजनामा शुक्रबार धरानउपमहानगरसहित रत्ननगर नगरपालिका र कलैया नगरपालिका समुहबीचमा अन्र्तक्रिया भएको हो । आफ्नो नगरक्षेत्रमा भइरहेको कार्यक्रम र त्यसले पारेको प्रभावबारे एकआपसबीचमा अन्र्तक्रियात्मक जानकारीका साथै थप प्रभावकारी बनाउन आवश्यक सुझावहरु संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको लुमन्तिका वरिष्ठ कार्यक्रम व्यवस्थापक महेन्द्र शाक्यले जानकारी दिए । ‘३ वटा शहरमा भएको कार्यक्रम र त्यसले पारेको प्रभावबारे अन्र्तक्रिया हो । अनुभवहरु लिन्छौं र भावी दिनमा कसरी प्रभावकारी बनाउने भनेर सुझाव पनि लिनेछौं’–उनले भने ।
एक दिने अन्र्तक्रियामा रत्ननगरको तर्फबाट सिंह लामा, कलैया नगरपालिकाको तर्फबाट रामजी मण्डल र अब्दुल कैसले प्रस्तुतीकरण गरेका थिए भने धरान उपमहानगरपालिकाबाट पनि आफ्नो नगरक्षेत्रमा भएको कार्यक्रम र उपलब्धीहरु प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणसँगै सहभागीतामुलक छलफल र सुझाव संकलन पनि भएको लुमन्ति धरानकी लक्ष्मी राईले जानकारी दिइन् । छलफल पछि धरानमा महिलाको अगुवाईमा संचालित सहकारी र यसले गरिब समुदायमा ल्याएको रुपान्तरणबारे भ्रमण गरिएको उनले जानकारी दिइन् । यस्तै, शान्ति टोलमा समुदायको आफ्नै लगानी र अगुवाईमा भएको विकासको उपलब्धी तथा धरान उपमहानगर, लुमन्ति र स्थानीय समुदायको सहकार्यमा आवास सुधार तथा व्यवस्थापन कार्यक्रमको अवलोनसमेत गराएको उनले बताइन् ।
लुमन्तिले तीन शहरमा समुदायकै अगुवाईमा समुदायको आवश्यकता बुझेर योजना बनाउने, स्थानीय निकायलाई सहभागीता गराउने र समुदायलाई नेतृत्व गराउन सहजीकरण गरिरहेको छ । साथै, आर्थिकस्तर सुधार गर्न महिला सशक्तिकरणका साथै आवास निर्माणमा पनि सहजीकरणको काम गरिरहेको लुमन्तिको भनाई छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे