होराइजन कपमा स्ट्याग्स ए सेमीफाइनलमा(फोटोफिचर)


धरान । तेस्रो होइराजन खुल्ला आमन्त्रण बास्केटवल प्रतियोगिता(होराइजन कप)मा स्ट्याग्स ‘ए’ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा पाहुना टोली झापा बास्केटवल क्लबमाथि ६६–३३ को फराकिलो जित हात पार्दै स्ट्याग्सले सेमीफाइनल यात्रा तय ग¥यो ।
पहिलो क्वार्टरदेखि नै झापालाई दबाबमा रहेको स्ट्याग्स खेल अवधिभर हावी रहेको थियो । स्ट्याग्सले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः २०–३, १७–८, १२–११ र १७–११ स्कोरले झापालाई हरायो । खेलको म्यान अफ दि म्याच स्ट्याग्सका विवेकमणी श्रेष्ठ घोषित भए । खेलका स्ट्याग्सको लागि बिक्रम लिम्बुले व्यक्तिगत सर्वाधिक २१ स्कोर गरेका थिए भने झापाको लागि निकिल धिमालले व्यक्तिगत १४ स्कोर गरेका थिए ।
प्रतियोगिताको बिहिबार दुई सेमीफाइनल खेल हुने आयोजक होराइजन क्लबले जानकारी दिएको छ । क्लबका अनुसार बिहान पहिलो सेमीफाइनल खेल बीपीकेआइएचएस डक्टर्स टिम र स्वमिर्ण क्लब धरानबीच हुनेछ भने दिउँसो दोस्रो सेमीफाइनल खेल इर्मोटल क्लब धरान र स्ट्याग्स ए बीच हुने होराइजनका सचिव वसन्त राईले जानकारी दिए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे