अदालतको फैसला कार्यान्वयन गर्दे प्रहरी, एक सातामा ४ फरार अभियुक्त पक्राउ

धरान । अदालतबाट कैद तथा जरिवाना फैसला भएर पनि फरार रहेका अभियुक्तहरुलाई प्रहरी धमाधम पक्राउ गरी जेल चलान गर्न थालेको छ । पछिल्लो एक सातामा धरान प्रहरीले अदालतबाट फैसला भएर पनि कैद भुक्तान नभएका ४ जना अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
अदालतमा उपस्थित गराएपछि उनीहरु जेल चलान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार गएको शनिबार यता जर्बजस्ती करणी मुद्दाका एक, लागुऔषध मुद्दाका २ र वन मुद्दाका एक गरी ४ जना अभियुक्त पक्राउ गरी जेल चलान भएका छन् । चार मध्ये एक जना लागुऔषध मुद्दामा महिला छन् । अदालतबाट फैसला भएर पनि सजाय भुक्तान नभएका अभियुक्तहरुको खोजी गरेर जेल चलान गरी फैसला कार्यान्वयनको अभियान थालिएको डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।
अदालतबाट फैसला भइसकेका तर कार्यान्वयन हुन नसकेका मुद्दाहरुको सुची मगाएर खोजतलास अभियान शुरु गरेको डिएसपी खतिवडाको भनाई छ । ‘फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान चलाएका छौं, अदालतबाट फैसला भइसकेको तर पक्राउ नपरेको अभियुक्तहरुको लिष्ट ल्याएका छौं’–डिएसपी खतिवडाले भने–‘मातहतको सबैतिर युनिटमा त्यसक्षेत्रको फरार प्रतिवादीहरुको लिष्ट दिएको छुँ, खोजी र पक्राउ अभियान तीब्ररुपमा चलेको छ ।’ फैसला भएर पनि पक्राउ पर्न नसकेका अभियुक्तहरु ख्ुलेआम हिडिरहेका छन् । प्रहरीले संख्या खुलाउन नमाने पनि पहुँच र राजनैतिक संरक्षण पाएका अभियुक्तहरु ठुलो संख्यामा खुलेआम छन् ।
धरान प्रहरीले गत शनिबार जबरजस्ती करणी मुद्दामा कैद सजाय तोकिए पनि फरार रहेका धरान १० का लालु भन्ने ललित राईलाई ३० बर्षपछि पक्राउ गरेको थियो । आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले राई पक्राउ गरेको थियो । प्रहरीका अनुसार राइले २०४४ सालमा धरानकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो । जर्बजस्ती करणीमा राई विरुद्ध मुद्दा दायर भएपछि २०४७ असोज ३ गते जिल्ला अदालतबाट दोषी ठहर भई ३ बर्ष जेल सजाय भएको थियो । तर, राई भने पक्राउ पर्न सकेका थिएनन् । तत्कालीन समयमा प्रहरीले ३५ दिनभित्र प्रक्राउ गर्न नसकेपछि सो मुद्दा जिल्ला अदालत सुनसरीमा पुगेको थियो । करणीमा संलग्न अन्य २ जनामध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जना वैदैशिक रोजगारीमा रहेकोले पक्राउ गर्न नसकिएको प्रहरीको भनाई छ ।
यस्तै, गएको सोमबार पनि फरार अभियुक्तहरुको खोजतलास गर्ने क्रममा लागुऔषध मुद्दाका फरार अभियुक्त धरान १४ का ३८ बर्षीय सन्तोष बिकलाई पनि घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । बिकलाई लागुऔषध मुद्दामा २०७१ च्ैत १५ गते जिल्ला अदालतबाट ११ महिना २ दिन कैद र १ लाख जरीवाना फैसला गरेको थियो । बिक फरार भएको कारण अदालतबाट भएको फैसला भुक्तान हुन सकेको थिएन । पक्राउ परेकै दिन उनलाई जिल्ला अदालतमा पेश गरी कैदी पुुर्जी जारी भएर झुम्का कारागार चलान भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले बधुबार पुनः लागुऔषध मुद्दाकै फरार अभियुक्त धरान ११ की ४१ बर्षी विमला राईलाई पनि पक्राउ गरेर अदालतमा बुझाएको छ । उनीविरुद्ध लागुऔषध मुद्दामा २०७२ जेठ १९ गते अदालतबाट १ महिना ३ दिन कैद र १ हजार ५ सय जरीवानाको फैसला गरेको थियो । यसैगरी, प्रहरीले वन मुद्दामा फरार अभियुक्त धरान ८ का ६६ बर्षीय रामबहादुर तामाङलाई पनि पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ । वन मुद्दामा २०४१ मघ ५ गते अदालतले एक बर्ष कैद र १९ हजार २ सय ८० रुपैया जरीवाना हुने फैसला गरेको थियो । तर, तामाङ कैद र जरीवाना भुक्तान नगरी फरार रहेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे