एमालेको प्रतिद्धवता पत्र:पर्यटन, उद्योग व्यावसाय र कृर्षि प्राथमिकतामा

एमालेको स्थानीय सरकार गठन गरेपछि धरानको समृद्धि र विकास गर्नको लागि विभिन्न २७ वटा बिषय क्षेत्रहरु प्रतिवद्धता पत्रमा समेटिएको छ । एमालेले बिषयगत प्रतिवद्धतामा पर्यटन प्रर्वद्धन, उद्योग व्यावसाय प्रर्वद्धन र कृर्षि विकासलाई प्राथमिकतामा राखेको छ । धरानलाई स्वच्छ, सफा, नमुना नगर निर्माण गरी आन्तरिक र बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखिएको प्रतिवद्धता तयारी उपसमितिका संयोजक एवं एमाले जिल्ला नेता मुरारी सुवेदीले जानकारी दिए । प्रतिवद्धता पत्र प्रस्तुत गर्दै उनले आर्थिक सामाजिक विकासको लागि धरानलाई व्यावपारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, शिक्षा, स्वास्थ्य र सबै प्रकारको खेलकुदको केन्द्र बनाउने, धरानलाई बहुसँस्कृतिक अध्ययन अवलोकन केन्द्र बनाउने एवं खाद्य, कृर्षि, स्वास्थ्य र सुचनाको हब बनाउने लक्ष्य राखिएको पनि खुलाए ।
पर्यटन प्रर्वद्धनको लागि उपमहानगरमा पर्यटन शाखा स्थापना गर्ने, पर्यटकीय धार्मिक, साँस्कृतिक, मनोरञ्जनात्मक क्षेत्रको विकास र संर्वद्धनको लागि अधिकार सम्पन्न वृहत्तर विजयपुर विकास समिति गठन गर्ने, धरानबाट धनकुटाको राजारानीसम्म, धनकुटाको तमोरदेखि आहालेसम्म, विष्णुपादुकातर्फ सुलिकोट, भालढुंगा हुदै सुर्यकुण्ड तथा आहाले गोलखाडी र बराहक्षेत्रसम्मको क्षेत्रमा पदमार्ग विस्तार तथा होम स्टे प्रर्वद्धन गर्ने एमालेले घोषणा गरेको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार उपयुक्त स्थानमा केवलकार सञ्चालन गर्ने, सामुदायिक वन क्षेत्रमा जंगल सफारी, किरातकालीन विजयपुर दरबार, सागुरी गढी, सुलिकोट, गढीथुम्की ज्स्ता ऐतिहासिक क्षेत्रहरुको संरक्षण र विकास गरी पर्यटकीय गन्तव्य बनाउने एमालेले जनाएको छ । ‘धरान ४ तथा ५ नं वडाको निशान डाँडासम्म साथै २० नं वडामा रमिते डाँडासम्म साइकल ट्रयाकसहितको पदमार्ग निर्माण गरिनेछ, वडा नं ६ को चोक्टीमा फन पार्क सञ्चालनको व्यवस्था मिलाइनेछ’–प्रतिवद्धता पत्र वाचन गर्दै नेता सुवेदीले भने–‘विष्णुपादुका क्षेत्र, कोकाह उद्गमस्थल शंखधारा तथा गौधाराको बिशेष संरक्षण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाइनेछ ।’
पर्यटन प्रर्वद्धनलाई बिषेश जोडदिएको प्रतिवद्धता पत्रमा पुर्व प्रधानमन्त्री मनमोहन अधिकारी भुमिगत बसेको हर्दियामा बाम अग्रज तथा शहीद पार्क निर्माण गर्ने साथै श्रीगाउँ, दानाबारी, हर्दियामा हरित परिक्रमा मार्ग निर्माण गरी हर्दियालाई ग्रामिण पर्यटन केन्द्र बनाउने घोषणा गरिएको छ । धरान र आसपासको बराहक्षेत्र, कोशी वन्यजन्तु आरक्ष, रामधुनी, ध्वजे डाँडालगायत स्थानमा पुग्न सहज यातायात व्यवस्थापन गर्ने, पर्यटन सुचना केन्द्र स्थापना गरी पर्यटक गाइड तालिम दिने पनि प्रतिवद्धता पत्रमा समेटिएको छ ।
उद्योग व्यावसाय प्रर्वद्धन गर्ने

कृर्षिको विकास

यसैगरि, एमालेले धरानलाई पुर्ण साक्षर नगर बनाउनुका साथै शैक्षिक केन्द्रकोरुपमा विकास गर्ने, अधिकार सम्पन्न नगर शिक्षा समिति गठन गर्ने, उपमहानगरको व्यवस्थापन संयोजनमा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, ज्ञान चक्षु विद्यालय, बहिरा विद्यालय, सुस्तमनस्थिति व्द्यिालयजस्ता बिशेष शिक्षालाई अनुदान दिनेलगायत शिक्षा नीति पनि प्रतिवद्धता पत्रमा समेटिएको छ । स्वास्थ्यतर्फ नगरबासीहरुको स्वास्थ्य विमा गर्ने, प्रत्येक वडामा आवश्यकता अनुसार सुविधा सम्पन्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ट्रमा सेन्टर निर्माण गरि उपचारलाई सहज बनाउन पहल गर्ने, एचआइभी संक्रमणशुन्य अभियानसँगै संक्रमित तथा प्रभावितहरुको बिशेष संरक्षण र उपचार सहज बनाउने पनि एमालेले घोषणा गरेको छ ।
लीला श्रेष्ठ सुब्बा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरी गर्भवती महिलाहरुलाई मासिक पोषण भक्त प्रदान गर्ने घोषणा गरेको एमालेले धरानलाई महिला हिंसामुक्त महिला मैत्रीनगर निर्माण गर्ने जनाएको छ । महिला वित्तिय संस्था स्थापना गर्ने, हिंसा पीडित महिलाहरुको लागि सेवा केन्द्र सञ्चालन गर्ने, आवश्यकताअनुसार शिशु स्याहार केन्द्र स्थापना गर्ने, महिला लघु उद्यमी समुहहरुलाई साना व्यावसाय सञ्चालन गर्न सहकारीमार्फत अनुदान प्रदान गर्ने पनि घोषणा गरेको छ । यस्तै, अधिकार सम्पन्न आदिबासी जनजाति समन्वय समिति गठन गर्ने, धारनलाई बहुसँस्कृतिक पहिचानयुक्त नगर बनाउने, उपमहानगरमा छुटै युवा विकास शाखा सञ्चालन गर्ने, धरान २० स्थित माछामारा डाँडामा निर्माणाधिन गोर्खा स्मृति पार्कलाई नमुना पार्कका साथै गोर्खा सैनिकको अध्ययन केन्द्रकोरुपमा विकास गर्न पहल गर्ने, विपन्न दलित समुदायका बालबालिकाहरुलाई बिशेष शैक्षिक अनुदानको व्यवस्था गर्ने र दलित समुदायको परम्परागत सीप संरक्षण गरी व्यावसायिक र उत्पादनमुखी बनाउने पनि जनाएको छ ।
खेलकुदको विकास, वैदेशिक रोजगारी, युवा विकास, वातावरण संरक्षण, जेष्ठ नागरिक, अपांगता र यौनिक अल्पसंख्यक, स्वच्छ पिउने पानी र सरसफाई, साहित्य संगीत र कलाको विकास तथा प्रर्वद्धनको बिषयमा पनि एमालेको प्रतिवद्धता पत्रमा समेटिएको छ । यस्ते,मर्यादित श्रम, सडक तथा भौतिक निर्माण, यातायात व्यवस्थापन, सुचना प्रविधि तथा सञ्चार, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन, सहकारी विकास, सुशासन, कर तथा आर्थिक प्रणाली र उपभोक्ता हित संरक्षणबारे पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।
Comments
Post a Comment