निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि सोमबार सुनसरी जिल्लाको धरान उपमहानगरपालिकासहित बाँकी ११ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । असार ९ गतेको निर्वाचनको तयारीसँगै सम्पन्न गर्ने जिम्मेवारीसहित जिल्लाका सबै तहमा कार्यालय स्थापना भएको हो ।
सुनसरीमा २ उपमहानगरपालिका, ४ नगररपालिका र ६ गाउँ पालिका रहेको छ । ती मध्ये यसअघि इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको थियो । इनरुवा नगरपालिकाको निर्वाचनको सम्पुर्ण कार्य त्यहीबाट गरिने भएकोले बाँकी तहमा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । कार्यालय स्थापनासँगै एक निर्वाचन अधिकृतसहित ९ जना कर्मचारीहरु पनि परिचालन भएका छन् । सुनसरीमा धरान र इटहरी उपमहानगरपालिका छ भने इनरुवा, दुहबी, रामधुनी भाषी र बराह नगरपालिका छ । यस्तै, गढीमाई, भोक्राहा, कोशी, हरिनगरा, देवानगञ्ज र बर्जु गाउँपालिका छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा प्रमुख जिल्ला न्यायधिश अर्जुनप्रसाद कोइराला छन् भने धरान उपमहानगरमा निर्वाचन अधिकृतकोरुपमा जयप्रसाद महत र इटहरी उपमहानगरमा भरतमणी रिजाल छन् । यस्तै, दुबही नगरपालिकामा मनका न्यौपाने, बराह नगरपालिकामा इन्डीरेश दाहाल र रामधुनी नगरपालिकामा टुबराज पोखरेल निर्वाचन अधिकृत तोकिएका छन् ।
यसैगरि, गढीमाई गाउपालिकामा लक्ष्मण ढकाल, भोक्राहा गाउँपालिकामा पिताम्बर गौतम, कोशी गाउपालिकामा लोकबहादुर भण्डारी, हरिनगरा गाउँपालिकामा कमलबहादुर थापा, देवानगञ्ज गाउँपालिकामा भीमप्रसाद पौडेल र बर्जु गाउपालिकामा नवराज आचार्य निर्वाचन अधिकृतकोरुपमा खटिएका छन् । ‘कार्यालयमा एक जना निर्वाचन अधिकृत, एक जना सहायक अधिकृत, कम्प्युटर अपरेटरसहित ९ जना कर्मचारी खटिएको छ, अब निर्वाचनको तयारीको सम्पुर्ण कार्यहरु यही कार्यालयबाट हुन्छ’–धरानका निर्वाचन अधिकृत जयप्रसाद महतले भने ।
सुनसरीका १२ स्थानीय तहमा २८ वटा मतदान स्थल तोकिएको छ भने ८७ वटा मतदान केन्द्र रहने छन् । अधिकृत महतका अनुसार एक हजार मतदाता बराबर एक मतदान केन्द्र हुनेछ । निर्वाचन आयोगको निर्वाचत तालिकाअनुसार सोमबार स्थापना भएको अधिकृतको कार्यालयहरुले उम्मेद्वार मनोनयन दर्ता, नामावली प्रकाशन, दाबीविरोध, जाँच गरेर अन्तिम नामावली प्रकाशनदेखि चुनाव चिन्ह प्रदान गर्नेलगायत कार्यहरु गर्नेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे