‘देशले माग्दैन, दिनुपर्छ’ को च्यारिटी

धरान । पुर्वमा मेची र पश्चिममा महाकाली नदीमा खुम्चिएको नेपालको भुमि इतिहासको कुनै कालखण्डमा पुर्वमा टिण्टा र पश्चिममा कांकडासम्म फैलिएको थियो । भारतलाई आफ्नो अधिनमा परेपछि इष्ट इण्डिया कम्पनी(अंग्रेज)हरुको नजर सुन्दर हिमाली मुलुक नेपालमा परेको थियो ।
अंग्रेजहरुले नेपाललाई कब्जा जमाउन अनेक जुक्ति निकाल्यो तर सकेन । अन्त्यमा युद्धमा उत्रियो । अत्याधुनिक हातहतियारले सुसज्जीत अंग्रेजको विशाल फौज । नेपालतर्फ भने घरेलु हातहतियार बोकेका सिमित गोर्खाली फौज । त्यसमाथि पनि महिला, केटाकेटीहरु समेटिएको । तरपनि पश्चिमको नालापानी किल्लामा ३ पटक आक्रमण गर्दा पनि अंग्रजले जित हासिल गर्न सकेन । युद्ध रणनीति र नेतृत्वमा कुशल जनरल जिलेस्पीलाई पनि अंग्रेजले गुमाए पछि त नालापानीको युद्ध अंग्रेजको लागि प्रतिष्ठाको बिषय बन्यो । तेस्रो पटकको आक्रमणमा जित नपाएपछि अर्कै जुक्ति निकाल्यो, नालापानी किल्लामा पानीको स्रोत थुन्ने । भोकप्यासलाई सहदै गोर्खालीहरुले ४ दिनसम्म वीरता देखाए । तर, महिला, केटाकेटीहरुको अवस्था ज्यादै खराब भएपछि फौजको नेतृत्व गरेका बलभद्र कुँवरले किल्ला छोड्ने निर्णय लिए । रातको समयमा अंग्रेजकै अघिबाट खुकुरी नचाउदै ७० को हाराहारीमा किल्ला छोडेर हिडे । विश्वलाई कब्जामा लिएको अंग्रेजले गोर्खालीहरुको वीरता देखेर सम्मानमा स्तम्भ नै लेखेर राखेका छन् ।
नालापानी युद्धको नामले इतिहासमा अंकित यही बिषयमा आधारित धरानका चलचित्रकर्मीहरुले चलचित्र बनाएका छन्, देशले माग्दैन दिनुपर्छ । डकुमेन्ट्री शैलीको सोही चलचित्र सोमबार धरानको गणेश टाँकिजमा दोस्रो पटक च्यारिटी प्रर्दशन भयो । ब्रह्मकुमारी फिल्मले निर्माण गरेको चलचित्रको निर्देशन रिमेश अधिकारीले गरेका छन् । चलचित्रमा सन्तोष शाक्य, विष्णु मोक्तान, रविन श्रेष्ठ, विशाल श्रेष्ठ, सविता राजोपध्यायलगायतको अभिनय गरेको छ । चलचित्र प्रर्दशनअघि आयोजित एक समारोहमा नेवार एकता समाजले निर्देशक अधिकारी र निर्माता मनोज शाक्यलाई सम्मान पनि गरेको थियो । समाजका अध्यक्ष एवं कलाकार विशाल श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए ।
चलचित्र नालापानी बनाउने तयारी गरिरहदा अध्ययन अनुसन्धानको क्रममा चलचित्र देशले माग्दैन दिनुपर्छ तयार गरेको फिल्मकर्मीहरुको भनाई छ । निर्देशक अधिकारीले चाडै नालापानी युद्धको कथाबस्तुलाई समेटेर पुर्ण चलचित्र निर्माण गर्ने बताए । चलचित्र निर्माता संघका अध्यक्ष एवं कलाकार नवल खड्काले धरानलाई प्रदेश नं १ को चलचित्र नगर बनाउन आग्रह गरेका थिए । राष्ट्रियता बोकेको चलचित्रहरुलाई माया गर्न पनि उनले दर्शकहरुलाई आग्रह गरे ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे