दिव्य रोशनीको बार्षिकोत्सव, पत्रकारसहित ४ जनालाई सम्मान

धरान । धरानबाट निरन्तर प्रकाशित दिव्यरोशनी साप्ताहिकले आफ्नो १३ औं बार्षिक उत्सव मनाउदै सोमबार ३ पत्रकारसहित ४ जनालाई सम्मान गरेको छ । आफ्नै कार्यालयमा आयोजित बार्षिकोत्सव समारोहमा साप्ताहिकले पत्रकारहरु गोविन्द बस्नेत, भरतराज शर्मा(गोपाल) र लक्ष्मी दर्नाललाई जनही नगद ५ हजार ५ सहित सम्मान गरेको हो भने समाजसेवी पुर्णबहादुर गुरुङलाई बिशेष अभिनन्दन गरेको छ ।
साप्ताहिककी प्रकाशक एवं सम्पादक मनिता चाम्लिङले विगत ५ बर्षयता आफ्नो स्वर्गीय बुबा सार्जेन्ट प्रभुराम राई र स्वर्गीय दाजु बाजुन राईको स्मृतिमा पुरस्कार स्थापना गरेर पत्रकारहरुलाई सम्मान गर्दै आएकी छिन् । यसपटक उत्कृष्ट समाजसेवी सम्मानद्धारा कवि विमल गुरुङ स्मृति पुस्तकालयका संस्थापक एवं संरक्षक पुर्णबहादुर गुरुङलाई साप्ताहिकले अभिनन्दन ग¥यो । एक मात्र कवि छोराको देवहासन पछि पुर्णबहादुरले छोराको सपना साकार पार्न पुस्तकालय स्थापना गरेका छन् भने बर्षेनी युवा कविता महोत्सव आयोजना गर्छन् । साथै, अहिले ५० लाख रुपैयाको अक्षय कोषसमेत स्थापना गरिदिएका छन् भने पुस्तकालयको भवन नयाँ बनाउदैछन् ।
यस्तै, स्वर्गीय सार्जेन्ट प्रभुराम राई उत्कृष्ट समाजिक पत्रकारिता सम्मान २०७३ द्धारा पत्रकारद्धय गोविन्द बस्नेत र लक्ष्मी दर्नाल सम्मानित भए । दुवैले जनही ५ हजार ५ थापे । यसैगरि, स्वर्गी बाजुन राई सृर्जनशील युवा पत्रकारिता सम्मान २०७३ बाट पत्रकार भरतराज शर्मा सम्मानित भए । उनले पनि जनही ५ हजार ५ हात पारे । अभिनन्दित एवं सम्मानित समाजेवी, पत्रकारहरुलाई सम्पादक प्रशाशक चाम्लिङसहित प्रमुख अतिथि एवं अग्रज पत्रकार हर्ष सुब्बा, बिशेष अतिथिद्धय पत्रकार महासंघकी केन्द्रीय सदस्य निलिफा सुब्बा, जिल्ला उपाध्यक्ष सन्तोष काफ्लेले दोसल्ला ओढाउनुका साथै नगद र सम्मान पत्र प्रदान गरेका थिए । पत्रकार बस्नेत धरान साप्ताहिक र हिमशिखर टेलिभिजनमा कार्यरत छन् भने शर्मा गणतन्त्र एफएम र दर्नाल औजार दैनिकमा कार्यरत छिन् ।
बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार सुब्बाले दिव्यरोशनी साप्ताहिकले आफुलाई संस्थागत गर्दै लगेको धारणा राख्दै पुर्वकै पत्रकारिताको इतिहासमा यो उदाहणीय कार्य भएको बताए । अन्य पत्रकार र पत्रिकाभन्दा दिव्यरोशनी तटस्थ रहेको र आचारसंहिताभित्र रहेर प्रकाशन भइरहेकोमा पनि उनले प्रसंसा गरे । महासंघकी केन्द्रीय सदस्य सुब्बाले पत्रकारितामा महिलाहरु पलायन हुदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै पेशामा टिकिरहन घरपरिवार र समाजबाट चुनौती रहेको बताइन् । उनले पुरुषको साथ विना महिलालाई यो क्षेत्रमा टिक्न गाह्रो हुने बताइन् । कार्यक्रममा महासंघ सुनसरीका उपाध्यक्ष काफ्ले, सम्मानितको तर्फबाट बस्नेतले पनि बोलेका थिए । दिव्य रोशनीकी सम्पादक प्रकाशक चाम्लिङले आफुले कसैलाई देखाउनको लागि नभई श्रमजिवि क्रियाशिल पत्रकारहरुलाई हौसला प्रदान गर्न र निश्वार्थ समाजको सेवा गर्ने व्यक्तिहरुको योगदान कदर गर्न सम्मानको थालनी गरेको बताइन् ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे