रुख काटेको ठाउँमा केलाङ र साकेला(फोटोफिचर)
धरान । खानेपानी परियोजनाको लागि १ सय १५ वटा रुख काटिएलगत्तै विवादमा फसेको धरान १४, विजयपुरस्थित पञ्चकन्या जंगलक्षेत्रमा बुधबार भने बिहानैदेखि ढोल र झ्याम्टा गुञ्जिरह्यो ।
आफ्ना मौलिक साँस्कृतिक पहिरनमा पुगेका किरातीहरुले रुख काटिएको स्थानमा भुमि पुजा गरे । आफ्नो जातीय संस्थाको झण्डा पनि गाडे । त्यसपछि, लिम्बु समुदायले केलाङ(च्याब्रुङ) नाचे भने राईहरुले साकेला नाचे । किराती चाड उभौली र उधौलीको अवसरमा किरातीहरुले विजयुर दरबार क्षेत्रको शिर(सेन्ट्री बस्ने ठाउँ)मा बर्षेनी भुमि पुजा गर्दै आइरहेका थिए । तर, यसपाली भने उनीहरुले गढीको शिरमा मात्रै पुजा गरेनन्, खानेपानी आयोजनाको टंकी निर्माण गर्ने भनेर रुख काटिएको स्थानमै पनि पुजा गरे । युवायुवती, बुढापाकाहरु गोलाकाररुपमा च्याब्रुङ र साकेला नाचे । विगतमा छुट्टाछुट्टैरुपमा भुमि पुजा गर्ने, साकेला र च्याबु्रङ नाच्ने राई र लिम्बु समुदाय बुधबार भने विजयपुर दरबार क्षेत्रमा सामुहिकरुपमा उपस्थित भए ।
बैशाख पुर्णेलाई चार किरातीहरुले उभौली चाडकोरुपमा मनाउने गर्छन् । चार किरातमध्ये राईहरुले बैशाख पुर्णेमा पितृ तथा भुमि पुज्दै ढोल झ्याम्टा फुकाउछन् र १५ दिनसम्म घरघर, चोकहरुमा साकेला नाच्छन् । यसपाली भने किरात समुदायले उभौली चाडलाई ऐतिहासिक किरात दरबार क्षेत्र संरक्षणको अभियानकोरुपमा मनाउएका हुन् । ‘हाम्रो पहिचान स्थापित गर्न, कलासँस्कृतिको जर्गेना गर्न सबै एकतावद्ध भएका छौं, यो हाम्रो साँस्कृतिक अभियान पनि हो’–साकेला उभौली २०७४ का प्रचार प्रसार संयोजक उपेन्द्र चाम्लिङले भने–‘विजयपुर दरबारक्षेत्र हाम्रा पितापुर्खासँग जोडिएको पवित्र थलो हो, त्यसैले यसको संरक्षण गरिनुपर्छ भनेर आवाज उठाएका हौं, साकेला उभौलीलाई पनि त्यहीरुपमा मनाउदैछौं ।’
किरातीहरुको भावनासँग जोडिएको विजयपुरस्थित किरात दरबार क्षेत्रको जंगल समन्वय नगरी रुख काटिएको भन्दै चार किरातजन्य संघसंस्थाहरु विरोधमा छन् । विगतमा छुट्टाछुट्टै भुमिपुजा गर्ने किरातीहरुलाई यही प्रकरणले पनि एक ठाउँमा उभिन मद्दत पु¥याएको छ । पानी टंकी निर्माण नगर्न गरिएको आग्रहलाई उपमहानगरपालिका र आयोजना कार्यालयले वेवास्ता गरेकोले रुख काटिएको स्थानलाई पुजास्थल बनाइएको किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष सुवास हुक्पा चोङवाङले बताए । ‘यो क्षेत्र हाम्रो पिता,पुर्खासँग जोडिएको ठाउँ हो, यसलाई संरक्षण गर्नुपर्नेमा रुखहरु काटियो । हामीले टंकी निर्माणको विकल्प खोजौं, हामी पनि सहयोग गछौं भन्यौ तर सुनवाई भएन’–उनले भने–‘त्यही भएर सामुहिकरुपमा यो स्थानमा उभौली मनाएका हौं ।’ यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले पनि सांकेतिक विरोध गरेको उल्लेख गर्दै साकेला उभौलीलाई किरातीहरुले संविधान कार्यान्वयनको चुनाव अभियानसँग पनि अघि बढाउने बताए ।
चार किरातीहरु राई, लिम्बु, याक्खा र सुनुवारले भुमिपुजा पुजेर पितृहरुलाई सम्झदै धुमधामका साथ मनाउछन् । किरातीहरुले बैशाखे पुर्णिमालाई उभौली र मंसिरे पुर्णेलाई उद्यौली चाडकोरुपमा मनाउने गर्छन् । उभौलीलाई अन्यले एक दिन मात्र मनाए पनि राईहरुले भने १५ दिनसम्म ढोल भ्mयाम्टासँगै साकेला नाचेर धुमधामका साथ मनाउने गर्छन् । बुधबारदेखि शुरु भएको साकेला शिली प्रर्दशनी कार्यक्रम निरन्तर दुई सातासम्म चल्नेछ । बुधबार राईहरुले दरबार क्षेत्रबाट पुजा गरेर ढोल र झ्याम्टा फुकाएपछि बुढासुब्बा मन्दिर परिसरमा पनि साकेला नाच प्रर्दशनी ग¥यो भने धरान १३ अमरहाटमा पनि औपचारिक कार्यक्रम आोजना भयो ।
बर्षमा दुई पटक बिशेष गरी प्रकृतिको पुजा र पुर्खाहरुलाई सम्झेर किरातीहरुले घरभित्र गाडेको पवित्र चुला पुज्ने गर्छन् । यसलाई साकेला, साकेन्वा, तोषी, साकेवा उभौली(बैशाखे पुर्णे) र साकेवा उधौली(मंसिरे पुर्णे) भन्ने गरिन्छ । नयाँ अन्नबाली लगाउने बेला जिमी भुमि, खेला नाला, हावा पानी जस्ता प्रकृतिहरुको पुजा गरी कुनै प्राकृतिक प्रकोप नहोस्, समय साल राम्रो होस, अन्नबाली सप्रियोस, सबै प्राणीहरुमा सुखशान्ति होस भनेर बैशाखे पुर्णेदेखि १५ दिनसम्म घर, टोल, चोक र गाउँ गाउँमा साकेला नाच्ने परम्परा छ । यसलाई उभौली भनिन्छ । उभौली लागेपछि बेसी झरेका क¥याङ कुरुङ र माछाहरु लेक चढ्छन् । यस्तै, पाकेको अन्नबालीहरु घरभित्र हुलेर सबैभन्दा पहिला आफ्ना पितृहरुलाई चढाई आशिक मागी दाजुभाई, माइतीचेली भेटघाट गरेर हर्ष उल्लासको साथ नयाँ बाली खाने चाडलाई मंसिरे पुर्णे अर्थात उधौली भनिन्छ । यसलाई धान्ने पुर्णे पनि भनिने गरेको छ । उधौली लागेपछि लेक चढेका क¥याङ कुरुङ, माछाहरु बेसीतिर झर्छन् ।

Comments
Post a Comment