धरानमा‘कविता इज कुल’(फोटोफिचर)
धरान । बैशाखको मध्याह्नमा उखरमाउलो गर्मी । धरान १५, दशरथ पथस्थित बिग फुटसल क्याफेमा शनिबार केटाकेटीदेखि युवा, पाकाहरुको घुइचो । बाहिरपट्टि आश्चर्य मान्दै ‘बुकबस’मा पुस्तक हेर्नेहरुको पनि उस्तै भिड ।
खचाखच भरिएको क्याफेभित्र जब ‘वर्ड वारियर्ज स्पोकन वर्ड कविता समुह’का प्रमोद केसीले जब कविता सुनाउन शुरु गरे, वातावरण झनै तातियो यसरी...
यहाँ मुटू मात्रै होइन
यहाँ सलाई छ
सलाईको डिब्बा छ
झ्वास्स हुन्छ,
जल्छ, जलाउछ...।
प्रमोदको पहिलो कविताले क्याफेमा पारो बढाए जस्तो गरेपनि त्यसपछि बर्षिएका कविताहरुले भने सितल महसुस गरायो । नहोस पनि किन ? कार्यक्रमको नामै थियो, ‘कविता इज कुल’ । बाहिर घाम चर्किए पनि क्याफेभित्र फरक प्रस्तुतीसहितको कविता बर्षिरह्यो । केटाकेटी, युवाहरुलाई झण्डै २ घण्टासम्म कविताले कुल बनायो, उनीहरु डेग चलेनन् ।
राइट टु स्पिक प्रोजेक्टअन्र्तगत केही दिनदेखि वर्ड वारियर्जको टिम बुकबससहित धरानमा छ । कवितालाई कागज(पाना)मा सिमित नराखी हाउभाउसहित मञ्चमा प्रस्तुत गर्ने शैली अर्थात स्पोकन वर्ड पोएट्रीले युवा पुस्तालाई कवितातर्फ आकर्षित गरिरहेको छ । त्यस्तै युवा प्रतिभाको खोजी गर्न धरान आएको समुहको शनिबार अन्तिम प्रस्तुती थियो, कविता इज कुल । जहाँ स्कुल र कलेजका विद्यार्थी, शिक्षकहरुको घुइचो थियो । भित्र कविता प्रस्तुत भइरहदा बाहिर भने साना स्कुले बच्चाहरु आफ्नै धुनमा चित्र कोरिरहेका थिए ।
कविता वा साहित्य भन्नुबित्तिकै आम मानिसहरु महत्व दिदैनन् । कवि देख्दा कविता सुन्नु पर्छ भनेर टाढिने गर्छन् । तर, शनिबारको दृष्य फरक थियो । उनीहरुले शुरुदेखि अन्तिमसम्म अडिएर कविता सुनेनन् मात्र, प्रत्येक प्रस्तुतीमा ताली पड्काएर प्रोत्साहन पनि गरे । कार्यक्रममा वर्ड वारियर्जकी अभियन्ता एवं चर्चित कविहरु उज्वला महर्जन, युक्ता बज्रचार्य, नसला चित्रकारसँगै खोजी गरिएका नवप्रतिभाहरु प्रमोद, काभ्रेका निराजन त्रिपाठी, पोखराकी रोजिना, इलामकी दृष्या फुँयाल र चितवनकी बर्षा कँडेलले पनि कविता प्रस्तुत गरिन् । कविता वाचन आफुले लेखेको वा अरुको प्रायः एक्लै गरिन्छ । शनिबार भने उज्वाला र युक्ताले संयुक्त कविता पनि प्रस्तुत गरे ।
काव्यकार एवं साहित्यकारहरु कविता छन्द मिलेको कि गद्द कि पद्दमा लेखिन्छ भन्छन् । स्पोकन वर्ड पोएट्रीका अभियन्ताहरुले आफ्ना अनुभूतिहरुलाई बोलीचालीको भाषामा लेख्छन्, र हाउभाउसहित फरक शैलीमा दर्शक,स्रोता समक्ष प्रस्तुत गर्छन् । कविता पानामा मात्र सिमित गर्नुहुदैन, त्यसलाई अरुको सामु ‘पर्फम’ गर्नुपर्ने उनीहरुको मान्यता छ । उनीहरुको यही मान्यताले युवाहरुलाई कवितामा आकर्षित गरेको भन्ने महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली भाषाका उपप्रध्यापक राजेश कुमार यादव बिद्रोहीको धारणा छ । ‘हुन त उहाँहरुको कविता गद्दमा नै लेखिएको हो, तर अनुभव र बोलीचालीको भाषामा छ’–उनले भने–‘उहाँहरुको त्यही शैलीले कविताबाट भागेकाहरुलाई पनि आकर्षित गरेको छ, यो राम्रो पक्ष हो ।’
अघिल्लो पुस्ताका कविहरुको कविता र वाचनशैलीभन्दा फरक शैलीको कविता लेखन र प्रस्तुती(वाचन)को अभियान लिएर धरान आएको अभियन्ता महर्जनले बताइन् । उनका अनुसार आफ्नो मनमा भएको शब्दलाई आफ्नै शैलीमा कवितामार्फत अभिव्यक्त गर्न सिकाउने अभियान नै राइट टु स्पिक हो । धरानको विभिन्न स्कुल, कलेज र संस्थाहरुकाट ६० जना छनौट गरेर जेठ दोस्रो साता कार्यशाला आयोजना गरिने उनले बताइन् । ‘१४ देखि २५ बर्षसम्मका युवाहरुलाई तालिममार्फत कसरी स्पोकन वर्ड कविता लेख्ने, कविता लेख्दा र स्टेजमा प्रस्तुत गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् भन्ने सिकाइन्छ’–उनले भनिन् ।

Comments
Post a Comment