जागिर छोडेर सिप सिकाउदै
एसएलसी दिएकै साल २०४२ मा बुबाको देहान्त भयो । बुबाको देहान्त पछि दुई भाई र एक बहिनीको जिम्मेवारी उनको काँधमा आयो । उनी परिवारसहित झापाको वैगुनधाराबाट धरान आए । जिम्मेवारी बढेपछि कलेज पढ्ने चाहनालाई डम्बरकुमारी(पुर्णकला) मास्केले तिलाञ्जली दिइन् ।
आफन्तहरु सम्पन्न थिए । तर, कसैबाट पनि उनको परिवारले साथ सहयोग पाएन । २०४५ सालतिर घरेलु तथा साना उद्योग कार्यालय धरानमा तीन महिने टेक्सटायलको तालिम लिने अवसर जु¥यो । तालिमपछि लोकसेवा भिडेरै उनले घरेलुमा सुब्बा सरहको प्रशिक्षक जागिर पाइन् । उनको कार्यक्षेत्र जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहा, हरिनगरा, देवानगञ्ज, लौकही जस्ता तराई क्षेत्रमा थियो । त्यहाँका महिला दिदीबहिनीको समस्या र दुःख देखेर उनी झस्किन्थिन् । परिवार श्रीमान्को मात्र कमाईको भरमा । महिलाहरुसँग सिप भइदिए केही कमाइ हुन्थ्यो, र समस्याबाट मुक्ति मिल्थ्यो भन्ने सोच उनमा पलायो । महिलाहरुलाई सिप सिकाउनुपर्छ भन्ने भावनाले २०५० सालतिरै उनले एउटा सिलाई मेशिन पनि किने ।
हुन त उनी कार्यरत कार्यालय घरेलुले पनि सिप सिकाउथ्यो । तर त्यसमा उनको चित्त बुझेन । उनी सिप सिकाउने मात्र होइन, महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर भएको, व्यावसायमा जमेको हेर्न चाहन्थिन् । कार्यालयको घेरामा रहेर उनको यो सपना पुरा हुन सक्दैनथ्यो । २०५६ सालमा डिप्लोमा ह्याण्डिक्र्याफ्ट तालिम केन्द्र धरानमा खोलिन् । बेतलवी विदा लिएर आपैm महिला दिदीबहिनीहरुलाई निःशुल्क तालिम एवं प्रशिक्षण दिन थालिन् । उनी भावनामा यति बहकिन कि २ बर्षपछि(२०५८ सालमा) हुँदछदाको घरेलुको सरकारी जागिर नै त्यागिन् । ‘जागिर राम्रै थियो, तर त्यसको भेल्यु लागेन । दिदीबहिनीहरुको जीवनमा परिवर्तन ल्याउछु भन्ने भावना जागेर आएपछि आफै तालिम केन्द्र खोलेर जागिरै छोडिदिए’–विगत सम्झिदै मास्के भन्छिन् ।
जागिर छोडेपछि आफ्नै आम्दानीको स्रोत पनि गुम्यो । केन्द्रले अधिकांश महिलाहरुलाई निःशुल्क सिकाउथ्यो । पैसा नभएर कोठा भाडा तिर्न मुश्किल प¥यो । घरमालिकले त कोठा छोडिदिन पनि भन्न थाले । समस्याको चाङ लागेपछि मास्केले घरेलुसँगै सल्लाह गरेर टेक्सटायल उद्योग खोलेर साडी, पछ्यौरा, उनीको स्वीटर उत्पादन थालिन् । टेक्सटालय उद्योग पनि २०६० सालमै छोड्नि, र शुभलक्ष्मी विस्कुट उद्योग शुरु गरिन् । त्यसबेला उनको उमेर मात्र २४, २५ बर्षको थियो । विस्कुट उद्योग राम्रो चलेपछि भाई लोकेन्द्र र मुक्तिको जिम्मा लगाए । पछि जयलक्ष्मी विस्कुट प्mक्यट्री पनि खुल्यो ।
बिस्कुट उद्योग चलेपछि परिवारको आर्थिक समस्या हल भयो । अनि, मात्र पुर्णकला ढुक्कले महिला दिदीबहिनीहरुलाई तालिम र सहयोग गर्न पाइन् । उनी दत्तचित्त भएर महिलाहरुलाई सिप सिकाउन थालिन् । प्रायःराती बाह्र बजेसम्म काम गर्ने र फेरी बिहानै ४ बजे उठ्ने उनको नियमित दैनिकी बन्यो । जागिरे हुदा घरेलुले तीन महिना उडिसामा फेशन डिजाइनको बेसिक कोर्ष गर्ने मौका दिएको थियो । त्यो ज्ञानको दायरालाई उनले आफ्नै केन्द्रमा अझै बढाए ।
महिला दिदीबहिनीहरुलाई ड्रेस डिजाइनिङ, बुटिक, इम्ब्रोडरी, ब्याग, तयारी पोशाक, जुत्ता चप्पललगायत विभिन्न ४५ बिषयमा केन्द्रले निःशल्क र सशुल्क तालिम दिलाउछ । उनले ९ महिने डिप्लोमा र १५ महिने शिक्षक लेभलको पाठ्यक्रम आफैले बनाएकी छिन् । हरेक ५ बर्षमा यसलाई समयानुकुल बनाउन परिवर्तन गर्छिन् । व्यावसाय गर्ने हो कि, टेलर खोल्ने हो कि वा जागिर खाने हो, उनी चाहना अनुसारको तालिम दिन्छिन् । केन्द्रले हरेक बर्ष ६० जनालाई निःशुल्क तालिम एवं प्रशिक्षण दिन्छ । पुर्वको कुनै जिल्ला छैन, जहाँ उनले तालिम एवं प्रशिक्षण नदिएको ठाउँ होस् । हालसम्म ५ हजार बढीलाई सिप सिकाइसकेकी छिन् भने ३० प्रतिशत भन्दा बढीले आफ्नै व्यावसायमा जमेको उनी गर्वसाथ सुनाउछिन् । ‘सिप भएपछि भोकै बस्नु पदैन, केही न केही गरेर खान सकिन्छ । मैले जतिलाई सिकाए, सबैले गरिखाएकै छन् । कोही प्रशिक्षण दिन्छन्, कसैले व्यावसायमै जमेर बसेका छन्’–मास्केले भनिन् ।
स्वास्थ्य प्रतिकुल हुदा पनि उनी आफ्नो अभियानमा रोकिइनन् । १७, १८ बर्षको उमेरमै पोलियोको कारण उनको दाहिने खुट्टा सुक्दै गयो, र प्यारालाइज भयो । २०५८ सालतिरै मृगौला सुन्निएपछि गम्भीर समस्या भयो । अहिले पनि उनी नियमित औषधी सेवन गर्छिन् । तरपनि रक्तिभर विचलित हुदिनन् । जिल्ला जिल्लामा तालिम एवं प्रशिक्षण दिन पुगेकै हुन्छिन् । कि त आफ्ना चेलाहरुलाई प्रशिक्षणमा खटाउछिन् । केन्द्रमा ९ जनाले प्रक्षिणकको रोजगारी पाएका छन् । उनी महिलाहरुलाई सिप मात्र सिकाउदिनन्, त्यो सिपलाई सदुपयोग गराउन प्रशिक्षार्थीहरुको समुह बनाएर उत्पादनमुलक कार्यमा पनि लगाछिन् । त्यो समुहले उत्पादन गरेको वस्तुलाई उनले केन्द्रबाट बिक्रीवितरण गर्छिन् । समुहले वचत पनि गर्छ । धरानमै मात्र केन्द्रको मातहतमा यस्ता समुहमा ३ सय भन्दा बढी महिलाहरु आवद्ध छन् ।
तालिम लिएपछि दिदीबहिनी झोला समुह, नवयुवा सृर्जनशील महिला समुह, हातेमालो उद्यमी महिला समुह, धरान संगम बुटिक सेन्टर, जुत्ताचप्पल समुह, दौरा सुरुवाल तयारी पोसाक समुह, डायमण्ड गुडिया समुहलगायत विभिन्न समुहमा ती महिलाहरु संगठित भएर उत्पादनमुलक कार्यमा सक्रिय छन् । ती समुहहरुले उत्पादन गरेको बुटिक, थैली, पर्स, नेपाली झण्डा, जुत्ताचप्पल, विभिन्न जातजातिको पोसाक,झोलालगायतका वस्तुहरु विदेशमा समेत बिक्रीको लागि पुग्छ । यस्ता समुह गठन हुदा महिलालाई आर्थिकरुपमा मात्रै होइन, सामाजिक, राजनैतिक र धार्मिक भावनाको पनि विकासमा फाइदा पुगेको मास्केको ठम्याई छ । ‘आर्थिक फाइदा त छदैछ, समुह गठन गरेपछि दिदीबहिनीहरुमा नेतृत्व विकास पनि हुदो रहेछ, यसले उहाँहरुको सामाजिकस्तर बढ्छ । सेवा भावना पनि जगाउदो रहेछ र महिला सशक्तिकरणमा पनि टेवा पुग्दो रहेछ’–उनी भन्छिन् ।
उनको कमाई पनि राम्रो छ, तर उनी पकेट खर्चबाहेकको कमाई महिला दिदीबहिनीहरुकै सिप विकासमा खर्च गर्छिन् । उनको यही उदारताले सबैको मन जितेको छ । धरानमा मात्रै होइन, उनलाई पुर्वकै सफल व्यावसायी तथा तालिम प्रशिक्षककोरुपमा लिइन्छ । विभिन्न सरकारी निकाय, उद्योग मन्त्रालय, संघसंस्थाले उनको केन्द्रलाई सम्मान गरिसकेको छ । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २०७३ फागनु २५ गते बुधबार उनलाई धरानमा महिला सञ्जालले पनि सम्मान गरेको थियो ।

Comments
Post a Comment