उभौलीको अवसरमा मैत्रीपुर्ण फुटसल

धरान । साकेला उभौलीको अवसरमा आयोजित मैत्रीपुर्ण फुटसल खेलमा पत्रकार धरान टिम विजयी भएको छ । किरात राई खेलकुद संघ सुनसरी द्धारा आयोजित मैत्रीपुर्ण फुटसलको फाइनलमा पत्रकार टिमले बिग फुटसलको टिमलाई ७–६ गोलअन्तरले हरायो ।
धरान १५ स्थित बिग फुटसलमा आयोजित मैत्रीपुर्ण खेलमा जम्मा ५ वटा टिमले सहभागीता जनाएको थियो । आयोजक संघ, पत्रकार, बिग फुटसल, जिल्ला खेलकुद विकास समिति र धरान रन टिमले भाग लिएको थियो । मैत्रीपुर्ण खेलका विजेता, उपविजेता र सहभागी टोलीलाई ट्रफी वितरण गरिएको थियो । उभौलीको अवसरमा किरात राई यायोक्खाले अघि सारेको किरात स्वायत्त राज्य प्राप्तीको अभियानलाई रचनात्मक शैलीमा अघि बढाउन फुटसल आयोजना गरिएको संघका अध्यक्ष विकास चाम्लिङले बताए ।
मैत्रीपुर्ण खेलका प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपानेले विश्वमा नै पहिचान तथा परिचयको मुद्दा उठिरहेको उल्लेख गर्दै लोकतन्त्रमा हरेकको पहिचान र परिचय स्थापित हुनुपर्ने बताए । यायोक्खाले अघि सारेको किरात राज्य प्राप्तीको शान्तिपुर्ण अभियानको प्रंससा गर्दै न्यौपानेले किरात जातिवाचक नभई सभ्यता र सँस्कृति वाचक भएकोले सबै जातिलाई स्वीकार्य हुनसक्ने धारणा राखे । आफ्नो पहिचान खोज्दा अरुको पहिचानको पनि ख्याल गर्न न्यौपानेको सुझाव थियो ।
यायोक्खाका जिल्ला सहसचिव राजेन्द्र राईले विध्वंस विना पनि आफ्नो माग र मुद्दालाई पुरा गर्न सकिन्छ भन्ने सन्देश दिन रचनात्मक कार्यक्रम लिएर यायोक्खा अघि बढीरहेको सुनाए । वर्तमान संविधानले यायोक्खाले माग गर्दै आएको दोलखा र रामेछापको केही स्थानबाहेक ९० प्रतिशत भन्दा बढी भुभाग प्रदेश नम्बर १ मा रहेको र अब उक्त प्रदेशलाई किरात राज्य वा प्रदेश नामाकरण गराउन आवश्यक रहेको भनाई राखे ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे