धरानमा उदय र मनिलाको लाइभ(फोटोफिचर)


धरान । चर्चित गायक दम्पत्ति उदय र मनिला सोताङको चर्चित गीत छ, आधी बाटो हिडेपछि तिमीसँग भेट भयो...। यो गीत विवाहितलाई मात्र होइन, जोडी नबाँधिएकाहरुको माझमा पनि लोकप्रिय छ । हिजोआज उनीहरु सांगीतिक कार्यक्रममा पहिलो यही गित गाउने गर्छन् ।
आइतबार साँझ धरान १५, पर्वत मार्गस्थित होटल इजी राइडर्समा आयोजित लाइभ प्रस्तुतीमा सोताङ दम्पत्ति यही गीत गाउदै दर्शकदिर्घामा झुल्किए । गीत गाउदै स्जेटमा पुग्नुअघि दुवैसँग उनका थुप्रै धराने फ्यानहरुले सेल्फी खिच्न भ्याए । आधी बाटो हिडेपछि भेट भएको गीत गराउने सोताङ दम्पत्तिको भेट भने जीवनको शुरुवातीकलमा नै भएको रहेछ । यो रहस्यको पोको स्वयम गायक सोताङले धराने फ्यानहरुअघि खोल्दै भने–‘हाम्रो बिहे भएको ३० बर्ष भइसक्यो । म ११ कक्षामा पढ्दा मनिला ९ कक्षामा पढ्थी, त्यतिबेला नै हाम्रो भेट भएको हो ।’
मनिलासँगको भेटको प्रसंग उप्काएका उदयले ३० बर्षे यात्रामा शुरुदेखि अहिलेसम्म उस्तै माया पाइरहेको भन्दै खुशी जताए । र उनले मनिलालाई सोधे, तिमी के देखेर मसँग मोहित भएको ? मनिलाले लजाउदै जवाफ दिइन्–‘आँखा ।’ होटल इजी राइडर्सको उद्घाटन अवसरमा आयोजित लाइभ प्रस्तुतीमा सोताङ दम्पत्तिले कर्णप्रिय गीतहरु मात्र पस्किएनन्, जीवनका यस्तै रमाइला प्रसंगहरु पनि सुनाएर स्रोताहरुको मन जिते । सोताङ दम्पत्तिले तिमी बिना बाँच्न गाह्रो भो, आज तिम्रो कुरा चल्यो, दुख्छ छाती रातभरि, हजार जुनिसम्म, उकाली चढौला ओराली झरौला, छिनछिनमै हाँस्न मन लाग्छ..जस्ता डेढ दर्जन बढी चर्चित एवं कर्णप्रिय गीतहरु गाए ।
५ वटा गीत गाइसके लगत्तै सोताङ दम्पत्तिलाई दर्शक दीर्घाबाट फमाइस आउन थालेको थियो । दुवैले स्रोताको फर्माइसमा थुप्र गीतहरु गाएर मन जिते । ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो..फर्माइसमा गाउन के थालेका थिए, अघिल्लो पंक्तिमा बसेका ब्रिटिश सेनाका भूपू अधिकृतहरु कम्मर मर्काउदै नाच्न थाले । यो क्रम अन्तिमसम्म चलिरह्यो । करिब ८ बजे शुरु भएको सांगीतिक कार्यक्रम ११ बजेसम्म चलेको थियो । सोताङ दम्पत्तिलाई दार्जिलिङबाट आएको वाद्यवाधन टोलीले साथ दिएको थियो ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे