रावण बहिनी सुपर्णखा र रामको प्रेम(फोटोफिचर)
धरान । हिन्दु धर्म मान्यता अनुसार त्रेता युगमा लंकाका राजा रावण(राक्षस)की बहिनी थिइन्, सुपर्णखा। पत्नी सीता र भाई लक्ष्मणसहित वनवास गएका रामप्रति उनी मोहित भइन् । आफ्नो प्रेम व्यक्त गर्दा रिसले चुर भएका रामका भाई लक्ष्मणले सुपर्णखाको नाकै काटिदिन्छन् । त्यो घटनाले आक्रोशित रावणले सीताको अपहरण गरेर लंका पुर्याउछन् । सीताको उद्दार गर्ने क्रममा पछि रामले रावणको बध गर्छन्, लंका पनि ध्वस्त हुन्छ । न सुपर्णखाले रामको प्रेम पाउछिन्, न राम र सीताको पुर्नमिलन हुन्छ । धोवीको कुरा सुनेर अग्नीपरीक्षा लिएपछि सीता धर्तीमा लुप्त हुन्छिन् ।
त्रेता युगमा रामप्रतिको प्रेम व्यक्त गर्दा नाक काटिएकी सुपर्णखा उर्फ सुलक्षणाको भेट भने अल्ट्रा युग(वर्तमान)मा पुनः रामसँग हुन्छ । कहाँ त्रेता युगको सच्चरित्र एवं पुरुषोत्तम राम, कहाँ अल्ट्रा युगको जड्याहा र निराशाले भरिएको राम । पत्नी सीता पनि जड्याहा पतिलाई छोडेर परपुरुष सिंगापुरे लाहुरे रेवत(रावण)सँग फिल्म हेर्न र डान्स पार्टीतिर धाउछिन् । स्वतन्त्रताको नाममा छाडा भएको भन्दै रिसले झापड हानेपछि सीताले रामसँग डिभोर्स माग्छिन् । उनी भन्छिन्,–‘म त्रेता युगकी सीता होइन, जो अग्नीपरीक्षा दिन्छे । म आधुनिक सीता हुँ, डिभोर्स चाहिन्छ ।’
सुलक्षणा(सुपर्णखा)ले पटक पटक बताउदा पनि रामले आफु त्रेता युगको पुरुषोत्तम राम भएको स्वीकार गर्न सक्दैनन् । सुलक्षणालाई पनि रावण बहिनी सुपर्णखा हुन् भनेर पत्याउदैनन् । तर, सुपर्णखाले त्रेता युगमा आफुहरुको भेट भएको र युगौ अघिदेखि रामको छाया बनेर पछ्याइरहेको विश्वास दिलाउछिन् । रामले आफ्नो भाई (लक्ष्मण) भन्सारको हाकिम भएर अकुत सम्पत्ति कमाएको र आमा पनि उसैसँग बस्न थालेको सुनाउछन् । भन्छन्,–‘आफ्नैहरुबाट म एक्लिए, भौतिक सुख र उपभोक्तावादले जेलिएको संसारमा आमाको माया पनि त्यस्तै भयो ।’
रेवत अर्थात रावणसँग सीता लहसिएपछि रामलाई सम्झाउदै सुलक्षणाले सीतासँग फेरी डिभोर्स नगर्न सम्झाउछिन् । राम झस्किन्छ, ‘त्रेता युगमा पनि हाम्रो डिभोर्स भएको थियो ?’ जवाफमा उनी भन्छिन्,–‘सीता अर्थात नारीहरुले त्रेता युगदेखि अहिलेसम्म पुरुषवादी सोचले पीडा भोगिरहनु परेको छ । एउटा धोवीको कुरा सुनेर सीताको अग्नीपरीक्षा लियौ, त्यो ठिक थियो त ? धर्ती पुत्रि सीता आफ्नै माइती गइन्, डिभोर्स नै भएको हो ।’ अल्ट्रा युगको रामले जवाफ दिन्छन्,–‘राम राज्यमा आम मानिसको कुरा सुनिन्थ्यो ।’ सुपर्णखाले भन्छिन्,–‘त्यसो हो भने धोविनीको कुरा किन सुनेनौं ? स्वतन्त्रढंगले छानबिन किन गरेनौं ? हरेक युगमा खोट यही छ ।’ सुपर्णखाको जवाफले राम स्तब्ध हुन्छन् । सुपर्णखा अझै भन्दै जान्छिन्,–‘रामहरु रातभरि नर्कमा पुगेर आउदा पनि बिहान सालिग्राम जस्तै चोखो र पवित्र हुन्छ । सीताहरु जति नै निर्दोष हुदा पनि अग्नीपरीक्षा दिनुपर्छ ।’
सुपर्णखाको जवाफले रामभित्र अहंता जाग्छ, र सोध्छन–‘त्यसो भए को थियो त उत्तम पुरुष ?’ सुपर्णखाले जवाफ दिन्छिन्,–‘मेरो विचारमा रावण थियो उत्तम पुरुष ।’ सीतालाई अपहरण गरेर लैजाने राक्षस पनि उत्तम हुन्छ ? प्रश्नको जवाफमा उनी भन्छिन्,–‘रावणले सीतालाई अपहरण गरेपनि उसको कहिल्यै अपमान गरेनन् । उसलाई राक्षस बनाउने त तिम्रा दरबारिया लेखकहरु हुन् । रावण ब्राह्मण थियो, विद्धान थियो तर उसको विद्धतालाई कसैले मान्यता दिएन । धर्मविरुहरुले राक्षस बनाइदियो ।’ वार्तालापको क्रममा सुपर्णखाको सुन्दरताबाट राम मोहित हुन्छन् । उनको मनमा प्रेमको विजारोपण हुन्छ । सुपर्णखाले त्रेता युगमा पनि आफु सुन्दरी भएको तर रामका दरबारीया लेखकहरुले कुरुप बनाइदिएको भन्दै पीडा पोख्छिन् । उनी रामलाई प्रश्न गर्छिन्–‘सीता अपहरण पर्नुको कारण म थिएँ, म कारण हुनुमा रिस थाम्न नसक्ने तिम्रो भाई लक्ष्मण थियो । के मैले तिमी रामलाई मन पराउनु अक्षम्य अपराध थियो ? मैले प्रेम अभिव्यक्त गर्ने स्वतन्त्रता थिएन ? मेरो नाक किन काटियो ?’
रामले प्रेम स्वीकार गर्छन् । तर, सुपर्णखाले आफ्नो प्रेम प्राप्ती नभई भर्चुअल भएको बताउछिन् । आफ्नो प्रेम पवित्र थियो भन्ने स्थापित गर्न र रामको गल्ती आभाष दिलाउन मात्र अल्ट्रा युगमा आएको भन्दै सुपर्णखाले सीतासँग डिभोर्स नगरी सँगै बस्न सुझाव दिन्छिन् । ‘सीता र राम युगौसम्म सँगै हुनुपर्छ । पुरुष दम्भ देखाएर अग्नीपरीक्षा लिने काम नगर । एउटा गल्तीले वैभवशाली लंका ध्वस्त भयो, फेरी अर्को लंक ध्वत नहोस्’–यति सुझव दिएर उनी विलुप्त हुन्छिन् । पौराणिक पात्रहरु र असम्भव कुरालाई फ्युजन गरेर प्रस्तुत गरिएको यो दृष्य र संवाद सोमबार साँझ धरानमा मञ्चन गरिएको ‘फेरी अर्को लंका ध्वस्त हुने छैन’ नाकटको हो । धरान ८ स्थित सभागृहमा आरम्भ नाट्य डबलीले यो नाटक मञ्चन गरेको थियो । स्वैरकल्पना(फेन्टासी)मा आधारित नाटकले युगौदेखि नारीहरुमाथि अन्याय र अत्याचार भइरहेको उजागर गर्दै नारीवादको वकालत गरेको थियो ।
स्रोत साधन र आर्थिक अभावका बीचमा पनि आरम्भले साउण्ड इफेक्ट, लाइट, स्टेजलगायतको जोहो गरेको थियो । कलाकारहरुको अभिनयबाट प्रभावित धराने दर्शकहरुले आरम्भको यो व्यवस्थापनको पनि प्रसंसा गरे । ‘अभावको बीचमा पनि नाटक मञ्चन गर्यौं, दर्शकहरुले मन पराइदिनुभयो, हामी सफल भयौं’–लेखक तथा निर्देशक गोपाल देवानले भने–‘यो नारीवादी नाटक हो । एकोहोरो उत्पीडन भयो भने नारीहरुले अग्नीपरीक्षा दिदैनन्, बिद्रोह गर्छन् ।’ नाटकमा रामको मुख्य अभिनयबाट युवा कलाकार दिपेन्द्रसिंह दर्नालले प्रसंसा बटुले । यस्तै, सीताको भुमिकामा पानस गुरुङ्ग, सुलक्षणा(सुपर्णखा)कोरुपमा कलाकार तुलसा थापा, रावण(रेवत)कोरुपमा कमानसिंह याम्फु, हनुमानकोरुपमा कृष्ण तिम्सिना, मन्त्रीकोरुपमा कुलचन्द्र न्यौपाने, बडीगार्डकोरुपमा नगेन राई र तीर्थराज बिक, पागलकोरुपमा शान्तिराम राई, कृष्णकोरुपमा सचिन क्षत्री र नगरबधुकोरुपमा स्वरुपा थापा मगरले अभियन गरेका थिए । आरम्भका अनुसार नाटकको सहनिर्देशन उपाध्यक्ष राजन दाहाल, कला निर्देशन नगेन राई, मञ्च परिकल्पना सचिव प्रविण राई, नाटकको सम्पुर्ण व्यवस्थापन विना डि तामाङले गरेकी थिइन् ।

Comments
Post a Comment