धरानमा ¥यापशैलीका कविता-स्पोकन वर्ड पोएट्री

धरान । गएको बर्ष इलामकी दृष्या फुँयाल कक्षा १० मा पढ्दै थिइन् । उनको स्कुलमा काठमाण्डौंबाट कविता सुनाउन केही युवाहरु आइपुगे । साहित्यिक कार्यक्रम बाक्लै हुने इलाममा उनले कविता नसुन्ने, नपढ्ने कुरै भएन । पाठ्यपुस्तकमै पनि देशभक्तिका कविताहरु उनले पढेकी थिइन् ।
तर, काठमाण्डांैबाट आएका युवाहरुको कविता सुनेर दृष्य छक्कै परिन् । कविता वाचन गर्ने युवाहरु फरर कविता भन्थे । कविता वाचनसँगै उनीहरुको शारीरिक हाउभाउ आकर्षक थियो । ठ्याक्कै अहिलेका युवापुस्ताले रुचाएको ¥याप गीतसंगीत जस्तो । फुँयाललाई पनि ¥याप शैलीको कविता र प्रस्तुतीले तान्यो । सृर्जनशील लेखनका ति युवाअभियन्ताहरुको छनौटमा अन्य थुप्रै विद्यार्थीहरुसँगै फुँयाल पनि परिन् । ठ्याक्कै एक बर्ष बित्यो, अहिले तिनै फुँयाल ‘राइट टु स्पिक’ कार्यक्रममा आफुजस्तै युवा प्रतिभा खोज्दै धरानको स्कुलहरु चहारिरहेका छन् । ‘पहिला त म उहाँहरुको कविता र वाचन शैली देखेर छक्कै परे, ¥याप शैलीको कविताहरु  थियो’–धरानमा भेटिएकी फुँयालले भनिन्–‘फारम भरेपछि म पनि छानिए । उहाँहरुले वर्कसपमा राख्नुभयो, अहिले उहाँहरुसँगै हिडिरहेको छुँ ।’
चितवनकी बर्षा कँडेल पनि कक्षा ९ मा पढ्दै गर्दा राइट टु स्पिक कार्यक्रममा छनौट भइन् । छिटोछिटो बोल्ने उनको शैलीले राइट टु स्पिक कार्यक्रमलाई सजिलो पनि भयो । उनलाई कविता वाचन शैलीले मात्र आकर्षण गरेको भने होइन । ‘किताबमा धेरै कविताहरु पढेको थिएँ, तर उहाँहरुको कविता धेरै नै फरक पाए’–उनी भन्छिन्–‘यो कविता अभियानमा जोडिएपछि म को हुँ ? भन्ने आफैलाई महसुस गर्न पाएँ ।’अहिले उनी पनि आफुले सिर्जना गरेको नयाँ शैलीका कविता लिएर आफु जस्तै प्रतिभा खोज्न धरान डुल्दैछिन् । बुधबार पनि उनीहरुले माउण्ट हार्मन एकेडेमी, डिपोट उच्चमाविमा प्रस्तुती दिए भने निलहिरा समाजमा अन्र्तक्रिया पनि गरे । उनीहरुको कविता वाचन शैली सुनेर विद्यार्थीहरु पनि निक्कै उत्साहित बने ।
बर्षदिन अघिसम्म सामान्य विद्यार्थी रहेका दृष्या र बर्षा अहिले कविता लेख्छन्, र आफुजस्तै विद्यार्थीहरुमाझ त्यही ¥याप शैलीमा फरर कविता सुनाउछन् । उनीहरु यो अवस्थासम्म त्यतिकै आएका भने होइनन् । काठमाण्डौंस्थित वर्ड वारियर नामको युवा कविहरुको समुह छ । उनीहरुले स्पोकन वर्ड पोएट्री अभियान चलाएका छन् । जसको अगुवामध्येमा पर्छन्, उज्वला महर्जन र युक्ता बज्रचार्य । आकर्षक वाचन शैलीका उनीहरुको कविता युट्युबमा अत्यधिक हेरिनेमा पर्छ । उज्वलाको काली कविता निक्कै चर्चित छ । उनीहरु अहिले गत बर्ष छानिएका दृष्या, बर्षाजस्ता नवप्रतिभाहरुलाई लिएर धरानका स्कुलहरुमा राइट टु स्पिक कार्यक्रम गरिरहेका छन् ।
यो कार्यक्रमको उद्देश्य पनि नयाँ पुस्ताहरुलाई सृर्जनशील लेखन र अभिव्यक्त गर्न सिकाउने हो । यसको लागि गत बर्षसम्म छानिएका नवप्रतिभाहरुले कविता वाचन गरेर प्रेरणा दिइरहेका छन् । ‘सकेसम्म सिमान्तकृत समुदायका कुराहरु आओस् भनेर प्राथमिकता दिन्छौं, किनभने उहाँहरु आफैले अनुभव गरेको कुरा लेख्दा प्रभावकारी हुन्छ’–कार्यक्रम संयोजक उज्वलाले भनिन्–‘धरानका स्कुलहरुबाट छनौट गछांै, र उहाँहरुलाई वर्कशपमा राखेर लेखन,वाचनकला सिकाउछौं ।’ विभिन्न स्कुलहरुमा कार्यक्रम गरिसकेर मे ६ को दिन वरगाछीस्थित विग फुटसलमा वृहतरुपमा स्पोकन वर्ड पोएट्री कार्यक्रम राखिनेछ । जहाँ नवप्रतिभासँगै उज्वला, युक्तालगायत अभियन्ताहरुले कविता प्रस्तुत गर्नेछन् ।
धरानका स्कुलहरुमा फारम भरेका इच्छुक विद्यार्थीहरुमध्ये ६० जनालाई तीन दिनको वर्कशपमा राखिनेछ । त्यसपछि विभिन्न चरणमा पुनः तालिम दिइनेछ । उनीहरुलाई सक्रिय र निरन्तरता दिलाउन समुह पनि बनाइनेछ । ‘कविताहरु धेरै हुन्छन् । हामी भने आफ्नै दृष्टिकोणबाट लेख्छौं । आफुले अनुभव गरेको, महसुस गरेको कुरालाई जोड्छौं’–राइट टु स्पिकबारे युक्ताले प्रष्ट्याउदै भनिन्,–‘लेखेर मात्र हुदैन, अभिव्यक्तिको शैली पनि महत्वपुर्ण हुन्छ । वाचन र हाउभाउमा पनि ध्यान दिन्छौं ।’ राइट टु स्पिक अभियानमा कार्यक्रम संयोजकद्धय उज्वला र युक्तासँगै प्रमोद केसी, दृष्या, बर्षा र काभ्रेका निराजन त्रिपाठी पनि धरान आएका छन् ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे