मधेश आन्दोलनःबुबाको आँखा गुम्यो, छोराको जागिर
धरान । मधुवापुर ४, भारदह सप्तरीका वेचन साफीले सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिलमा काम गर्न थालेको मात्र दुई महिना भएको थियो । जागिर पाएपछि कमाईले घरव्यावहारमा सजिलो हुने उनी र परिवारको आशा थियो । अहिले न उनको जागिर छ, न परिवारमा खुशी । मधेशी जनताको हकअधिकारको लागि भन्दै शुरु भएको आन्दोलनले नै वेचन र उनको परिवारको खुशी चुड्यो ।
आन्दोलनरत दलको ‘एक घर, एक जन(व्यक्ति)’को उर्दीले घरमा केही नभएको बेला घरमुली ५२ बर्षीय रघु साफी मंसिर ५ गते साँझ छिमेकीहरुसँगै घरबाट निस्किएका थिए । त्यही राती राजमार्ग ठप्प बनाउन आन्दोलनकारीसँगै गएका वेचनका बुबा रघु प्रहरीसँगको झडपमा परी गम्भीर घाइते भए । घटनालगत्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका रघुको देब्रे आँखा फुटिसकेको थियो । एक महिना आइसियुमा उपचार भएका रघुको दाहिने आँखाको पनि ज्योति गुमेको छ ।
बुबा गम्भीर घाइते भएको खबरले माइला छोरा वेचन अस्पताल आए । त्यसपछि उनी काममा फर्कनै सकेनन् । उनको जागिर गुम्यो । भारतको पञ्जाव जाने तयारीमा रहेका जेठा छोरा लक्ष्मण पनि मंसिरदेखि बुबाकै हेरचाहमा खटिएका छन् । घरका मुली बुबा(रघु)को पनि गोलीको छर्राले दुवै आँखा गुमेपछि सोफी परिवारको यतिबेला विचल्ली छ । ‘यत्रो दिन भइसक्यो, बल्ला पाएको काम पनि छुट्यो’–वेचनले भने–‘हामी गरिबलाई नै यस्तो हुनुपर्ने । कमाउने मान्छेको हालत यस्तो छ, घरमा भोकमरी नै लागिसक्यो ।’ उनका अनुसार बुबाको दिमागमा पनि असर पुगेकोले आफु कहाँ, कुन अवस्थामा छु भन्ने नै भेउ छैन ।
जेठा छोरा लक्ष्मणका अनुसार बुबा(रघु) कुनै पनि राजनीतिक दलमा थिएनन् । खेती गर्नुमा नै बुबाको दैनिकी सिमित थियो । घरको मुख्य स्रोत नै खेतीकिसानी हो । आन्दोलनमा नगए नाम टिप्ने र विभिन्न सेवा, सुविधा नदिने भन्ने हल्लाले प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने बाध्यता थियो । त्यसदिन लक्ष्मण दिउसै मिल गएकोले साँझमा छिमेकीसँग बुबा(रघु) आन्दोलनमा गएका थिए । ‘बुबा राजनीति गर्ने मान्छे होइन, आफ्नै १० कट्ठा जमिन छ । त्यतिले पुग्दैन । अरुको खेती अधिया गछौं’–लक्षणले भने–‘घरपरिवार बुबाले नै हेरिरहनुभएको थियो, अहिले हामीलाई धेरै समस्या भएको छ । कमाइ केही नहुदा भोकमरी नै भएको छ ।’ खेतीको काम सकेपछि उनी भारतको दिल्ली र पञ्जावतिर काम गर्न गइरहन्थे । यसपटक त्यो योजना पनि तुहिसकेको छ । बुबाको अवस्थाले आमा पनि थाल परेको उनले बताए ।
प्रतिष्ठानले मधेश आन्दोलनको घाइतेलाई निःशुल्क उपचार गरिदिएको छ । एक महिना आइसियुमा राखेको र विभिन्न जाँचहरुको पैसा तिर्नुपरेन । तर, औषधी बाहिरबाट खरीद गर्नुपर्दा र तागतिलो खानेकुरा खुवाउनुपर्दा ४० हजारजति सकियो । घटना भएको यति बितिसक्दा पनि मधेश आन्दोलनका कोही नेता भेट्न आएनन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बीपीमा उपचार गराउन आएको बेला मात्रै एक पटक भेट्न आइपुगे । महतोले पनि सहयोगको कुरा गरेनन्, उपचार फ्रि भइरहेको छ कि छैन भन्ने मात्रै सोधे । सरकारका कोही पनि अधिकारीहरु सोधपुछ गर्न नआएको छोराहरुको गुनासो छ । एक दिन मानवअधिकारकर्मी आएर नाम टिपे, फोटो खिचेर गए । तर, कहीकतैबाट सहयोग भएन । ‘घरको मुख्य मान्छेको यो अवस्था छ । भाई(वेचन)को काम नै छुट्यो । न नेताहरुले केही राहत, क्षतिपुर्तिको पहल गर्यो, न त सरकारबाट केही पायौं’–दुःखी हुदै लक्ष्मणले भने ।

Comments
Post a Comment