गोधुली कप शुरु, वडा ८ को विजयी शुरुवात(फोटोफिचर)

धरान । अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ्ग कपको १६ औं सँस्करण शनिबारदेखि शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता धरान वडा नम्बर ८ ले ४–० गोलअन्तरले वडा नम्बर २२ लाई हराउदै विजयी यात्रा शुरु गरेको छ । वडा ८ को जितमा सुरेश लिम्बु, प्रदिप राई, रिपेश अग्रवाल र सविन मगरले एक एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सुगम श्रेष्ठ घोषित भए ।
माघ ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले गरेका थिए । उद्घाटन समारोहमा मेहर्स कलेक्सनका प्रबन्ध निर्देशक मेहरलाल श्रेष्ठले आयोजक क्लबलाई ३ थान वल र धरान ८ टिमलाई जर्सी प्रदान गरेका थिए भने भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानले पनि आयोजकलाई ३ थान वल प्रदान गरेका थिए । प्रतियोगितामा धरान उपमहानगरपालिका भित्रका २७ वटा वडा मध्ये २२ वटा वडाले सहभागिता जनाएको आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राईले जानकारी दिए । धरा उपमहानगरभित्रको वडा १, २, ५ र २३ वडाले मात्र प्रतियोगितामा भाग लिएको छैन । गत बर्ष २० वटा वडाले भाग लिएको थियो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद ३० हजार पाउनेछ । प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १० हजार, हाई स्कोरलाई नगद ५ हजार, उदयीमान खेलाडीलाई नगद ५ हजार, फाइनल खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय र फेयर प्ले टिमलाई नगद ५ हजार दिइने क्लबले जानकारी दिएको छ । प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका, मुख्य प्रायोजक रेडबुल, सह प्रायोजक उदय सामुदायिक वन र प्राविधिक सहयोग जिल्ला फुटबल संघ र धरान फुटबल क्लबको रहने आयोजकले जनाएको छ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे