रामले जगाएको धुनी–'रामधुनी'
माघे संक्रान्तिलाई हिमाल, तराई र पहाडी क्षेत्रका नेपालीहरुले आआफनै किसिमले मनाउछन् । सबैको घरमा वनतरुल, सुठुनी, तिलको लड्डुलगायत मिठो खानेकुराका परिकार हुन्छन् । बर्षेनी माघे संक्रान्तिमा बर्षेनी खाएकै हो । तर, यसपाली त्यतिमै सिमित रहेन । पहाड(भोजपुर याकु)बाट आउनुभएकी ठुली फुपुको इच्छा वमोजिम सुनसरीको सिंगिया २ मा अवस्थित रामधुनी मन्दिर जानुथियो । ठुलीआमा, मुमा, बाहिनी(काकाकी छोरी)सँग बिहान ७ः३५ मा छुट्ने बस समात्नुपर्ने । तरुल राम्रोसँग नखाई नै घरबाट हतारमा बाटो लागियो । जंगलबीचमा छ रामधुनी मन्दिर । उहिल्यै त्रेता युगमा अयोध्याका रामचन्द्र वनवास गएको बेला एक रात यहाँ आएर धुनी बाली तपस्या गरेका थिए रे । त्यही धुनी निरन्तर मन्दिरभित्र बलिरहेको भन्ने जनविश्वास छ ।
प्रकाशपुरसम्म लोकल बसको यात्रा भयो । धरानदेखि प्रकाशपुर जम्मा १७ किलोमिटरको मात्र दुरी । बसले भने झण्डै दुई घण्टा लगाइदियो । प्रकाशपुर बजारदेखि रामधुनी मन्दिर ३ किलोमिटर पुर्वमा छ । गाडी चल्न सक्ने ग्राभेल बाटो भएपनि बजारदेखि मन्दिरसम्म कुनै सवारी चल्दैन । मन्दिरसम्म हाम्रो पैदल यात्रा भयो । बाटोले गाउँ छोडेर जंगलभित्र पसेपछि प्रकृतिसँगको निकटताले थकानको महसुस भएन । विभिन्न चराचुरुङीको आवाजले मन प्रफुल्ल, आनन्दित हुन्छ । मन्दिर नजिक पुगेपछि वादरहरु देखिन थाले । मान्छेको आउजाउ पनि बाक्लै थियो ।
पुजारी रामशरण दास उदासिले मुल मन्दिरको ढोका खोलिदिए । उनले त्यहाँ पस्नुअघि गणेश(मुल मन्दिरअघि रहेको)को दर्शन गर्न अह्राए । तर, सबैलकाई अक्षेता र अबिर नचढाउन पनि भने । अन्य हिन्दु मठमन्दिर भन्दा यहाँको पुजाअर्चना गर्ने तरिका फरक रहेछ । मुल मन्दिरभित्र पस्दा धुवै धुवाँ थियो । दर्शन गर्न मन्दिरभित्र मुर्ति पनि छैन । बीचभागमा आगो सल्किएको मुढा छ । तीर्थालुहरुले त्यसैको दर्शन गर्ने र तीन पटक फन्को मार्नुपर्ने विधि छ । पुजारीले त्यही मुढा जलेर बनेको विगुत(खरानी) टिका लगाइदिन्छन् । विगुत(खरानी) यहाँको पुष्य प्रसाद हो । भक्तजनको रातो फुलपाती, अछेता, अबिर केही पनि नचढ्ने । सेतो र पहेलो फुल मात्रै चढाउन मिल्ने । मुर्ति पनि नभएको, अचम्मको मन्दिर । काटमार पनि हुदैन । भजनकिर्तन, नाचगान केही पनि हुदैन ।
मन्दिर बाहिर दक्षिणमा भने हनुमानको अग्लो कदको मुर्ति उभिएको छ । उत्तरपटि पोखरी छ । मन्दिर प्रांगणमा फलामको रथको पांग्रा र ढुंगाको ठुलो जातोलाई पनि संरक्षण गरेर राखिएको छ । तर, पुजारी रामशरणले वास्तविक रथको पांग्रा नभएको बताए । तरपनि अढाई सय बर्षजति पुरानो भएको बताए । उनी धेरै खुल्न भने चाहेनन् । मन्दिरका मख्य पुजारी रहेछन्, महन्थ बाबा काशीदास जी महाराज । उनी पुजारी रामशरणका गुरु पनि रहेछन् । काशीदास जीका अनुसार त्रेता युगमा रामचन्द्र १४ बर्ष वनवासको क्रममा गुरु विश्वमित्रको साथमा यहाँ आएका थिए । रामले एक रात धुनी बालेर तपस्या पनि गरे । यस क्षेत्र उत्तराखण्ड मोरङ झाडी नेपाल थियो, जसको क्षेत्रफल २४ हजार कोष थियो । पछि ऋर्षिमुनि, तपस्वीहरुले ध्यान, तपस्या गर्दा रामचन्द्रले बालेको त्यही मुढा(धुनी)लाई निरन्तरता दिए । त्यो क्रममा अहिलेसम्म जारी छ । धुनी बाल्न साज काठको मुढा मात्रै प्रयोग गर्नुपर्ने रहेछ । यो मन्दिरको दर्शन गर्दा मनोकामना पुरा हुने विश्वास छ ।
ऋर्षि, ध्यानी, तपस्वीहरुको थलो रहेछ रामधुनी । घना जंगल र भगवान रामले धुनी बालेर तपस्या गरेकाले यो ठाउँको धार्मिक महत्व छ । मुख्य तपस्यास्थल मन्दिरदेखि केही पश्चिम सुनसरी खोला किनारमा छ । जहाँ अहिले पनि साधु, बाबा जीहरु आएर ध्यान, तप तपस्या गर्छन् । रामधुनी उदासीन सम्प्रदायका साधुहरुको सबैभन्दा प्रमुख र महत्वपुर्ण अखण्डा पनि हो । महन्थ काशीदासकै निवासमा भेटिए, निर्माण हुदै गरेको आश्रम निर्माण समितिका अध्यक्ष मही नारायण दास र सचिव राम कोइराला । उनीहरुले रामधुनी र उदासीन सम्प्रदायबीचको सम्बन्धलाई अझ प्रष्ट्याइदिए । उदासीन सम्प्रदायका बाबा(साधु)हरु एकपटक यहाँ आएर ध्यान, तप गरेर विगुत ग्रहण गर्नै पर्ने रहेछ, तबमात्र मुक्ति मिल्ने विश्वास रहेछ । उदासीन सम्प्रदायको शुरुवात श्री चन्द्र जी महाराजले गरेका थिए । उदासीहरु उनलाई शिवको अवतारकोरुपमा मान्छन् । यस मन्दिर क्षेत्रलाई बाबा बनखण्डी उदासीन आश्रम रामधुनी वन भनिदो रहेछ । २१ सय हेक्टर वन क्षेत्रमध्ये धार्मिक वन क्षेत्र २१ ह्ेक्टर मात्रै छ । बाँकी रामधुनी सामुदायिक वन र संरक्षित वनको छ ।
ीव.स. १७२० को दशकतिर भारतको पञ्जाब पटियालका उदासीन सम्प्रदायका प्रमुख प्रचारक योगीराज बाबा बनखण्डी साहेब जीले वंगलादेशका ढाकामा गुरुदिक्षा लिएपछि यहाँ आए । रामचन्द्रले बालेर गएको धुनी अरु ऋर्षिमुनिहरुले तपस्या गर्दा निरन्तर बालेका थिए । त्यसलाई बाबा बनखण्डीकले अझ व्यवस्थित गरेर निरन्तरता दिए । मुलमन्दिरको ठिक अघि बाबा बनखण्डी बस्ने घर(दरबार) छ । उनी र प्राचिन हरिद्धार चतरामा रहेका आौलिया बाबा समकालिन भएको अनुमान छ । मन्दिर नजिकको पोखरीको नाम कमण्डलु कुण्ड हो । बाबा जीहरुले त्यहीको पानी प्रयोग गर्थे । उदासिन सम्प्रदाय पञ्जाबतिर धेरै छन् । रथको पांग्रा भनिएको मेशिन कुनै प्रयोजनको लागि पञ्जाबबाट नै ल्याएको हुनसक्ने अनुमान छ ।
धार्मिक पर्यटनको धेरै सम्भावना छ, रामधुनीमा । तर, राज्यको उचित ध्यान पुग्न सकेको छैन । यसको विकास, प्रर्वद्धन र प्रचारप्रसार छैन । दुर्गम र जंगलबीचमा रहेकोले पनि मिडियाकर्मीहरु हत्तपत्त पुग्दैनन् । मानव वस्ती टाढा भएकोले स्थानीयको पनि त्यति ध्यान पुगेको छैन । सबै क्षेत्रबाट ओझेलमा छ रामधुनी । जंगलबीचमा भएकोले सुरक्षाको आवश्यकता छ । तर, सुरक्षा निकाय उपस्थिति छैन । रातमा त मुख्य पुजारी महन्थ र पुजारी मात्रै हुन्छन् । त्यसमाथि विजुली पनि छैन । ध्यान, तपस्या गर्ने थलो भएकोले शान्त वातावरण चाहिन्छ । तर, अचेल पिकनिक खान आउनेहरुले घन्काउने साउण्ड सिस्टमले साधु, बाबा जीहरुलाई धेरै डिस्टर्ब गर्छ । उच्छृंखलहरुले करिब ३ सय बर्ष पुरानो ढुंगाको जातो नै फुटाइदिएका छन् ।
मन्दिरमा भएका बाबा बनखण्डीको मुर्ति र कोही सिद्ध बाबा जीको खराउ चोरी भयो । असुरक्षा र दुव्र्यवहार बढेको भन्दै यहाँका अन्य महत्वपुर्ण सामानहरु दिल्लीस्थित हरिहर आश्रममा लगिएको चर्चा छ । मन्दिर क्षेत्रमा आश्रम निर्माणको केही पहल भएको थियो, तर अधुरो र अव्यवस्थित छ । अहिले फेरि अर्को आश्रम निर्माण हुदैछ । यहाँ बाला चर्तुदशी र राम नवमीमा तीर्थालु, भक्तजनहरुको घुइचो हुन्छ । हरिबोधिनी एकादशीमा पनि भक्तजनहरु आउन थालेका छन् । यहाँ खान र बस्नको राम्रो प्रबन्ध छैन । निजी गाडी, मोटरसाइकल वा रिजर्ब सवारीमा जानेलाई मात्रै सजिलो छ । मन्दिर परिसर बाहिर मात्र सानो चिया, खाजा पसल छ । नजिकको बजार भनेको ३ किलोमिटर पश्चिम प्रकाशपुर हो । झुम्का ७ किलोमिटर टाढा छ ।
................................................................................................................................................................
म २०२५ सालदेखि यहा छु । यस ठाउँको ज्यादै महत्व छ । त्रेता युगमा भगवान रामचन्द्र वनवास जादा एक रात यहाँ आउनु भएर धुनी बालेर तपस्या गर्नुभएको हो । त्यही धुनि अहिलेसम्म यहाँ छ । यहाँको प्रसाद(खरानी) ग्रहण गरेपछि मनोकामना पुरा हुन्छ ।
............................
........................
: यसको प्रचारप्रसारमा कसैले पनि ध्यान दिएन । सबै मठमन्दिरको आ आफ्नै शैली र बिशेषता छ । यहाँको पनि छुट्टै छ । यहाँको बिषेशतासहितको प्रचारप्रसार हुनुपर्छ । रामधुनी क्षेत्र संरक्षण तथा विकास समिति छ, काम भने केही गरेको छैन । एघार बर्ष भयो मेला लगाउन थालेको, पैसा उठ्छ हिसाब किताब छैन । सरकारबाट १२ लाख बजेट छुट्टिएको थियो, ५ लाख फ्रिज भयो । सदुपयोग हुन सकेन । अहिले फेरि हामी आश्रम बनाउन जुटेका छौं ।
प्रकाशपुरसम्म लोकल बसको यात्रा भयो । धरानदेखि प्रकाशपुर जम्मा १७ किलोमिटरको मात्र दुरी । बसले भने झण्डै दुई घण्टा लगाइदियो । प्रकाशपुर बजारदेखि रामधुनी मन्दिर ३ किलोमिटर पुर्वमा छ । गाडी चल्न सक्ने ग्राभेल बाटो भएपनि बजारदेखि मन्दिरसम्म कुनै सवारी चल्दैन । मन्दिरसम्म हाम्रो पैदल यात्रा भयो । बाटोले गाउँ छोडेर जंगलभित्र पसेपछि प्रकृतिसँगको निकटताले थकानको महसुस भएन । विभिन्न चराचुरुङीको आवाजले मन प्रफुल्ल, आनन्दित हुन्छ । मन्दिर नजिक पुगेपछि वादरहरु देखिन थाले । मान्छेको आउजाउ पनि बाक्लै थियो ।
पुजारी रामशरण दास उदासिले मुल मन्दिरको ढोका खोलिदिए । उनले त्यहाँ पस्नुअघि गणेश(मुल मन्दिरअघि रहेको)को दर्शन गर्न अह्राए । तर, सबैलकाई अक्षेता र अबिर नचढाउन पनि भने । अन्य हिन्दु मठमन्दिर भन्दा यहाँको पुजाअर्चना गर्ने तरिका फरक रहेछ । मुल मन्दिरभित्र पस्दा धुवै धुवाँ थियो । दर्शन गर्न मन्दिरभित्र मुर्ति पनि छैन । बीचभागमा आगो सल्किएको मुढा छ । तीर्थालुहरुले त्यसैको दर्शन गर्ने र तीन पटक फन्को मार्नुपर्ने विधि छ । पुजारीले त्यही मुढा जलेर बनेको विगुत(खरानी) टिका लगाइदिन्छन् । विगुत(खरानी) यहाँको पुष्य प्रसाद हो । भक्तजनको रातो फुलपाती, अछेता, अबिर केही पनि नचढ्ने । सेतो र पहेलो फुल मात्रै चढाउन मिल्ने । मुर्ति पनि नभएको, अचम्मको मन्दिर । काटमार पनि हुदैन । भजनकिर्तन, नाचगान केही पनि हुदैन ।
मन्दिर बाहिर दक्षिणमा भने हनुमानको अग्लो कदको मुर्ति उभिएको छ । उत्तरपटि पोखरी छ । मन्दिर प्रांगणमा फलामको रथको पांग्रा र ढुंगाको ठुलो जातोलाई पनि संरक्षण गरेर राखिएको छ । तर, पुजारी रामशरणले वास्तविक रथको पांग्रा नभएको बताए । तरपनि अढाई सय बर्षजति पुरानो भएको बताए । उनी धेरै खुल्न भने चाहेनन् । मन्दिरका मख्य पुजारी रहेछन्, महन्थ बाबा काशीदास जी महाराज । उनी पुजारी रामशरणका गुरु पनि रहेछन् । काशीदास जीका अनुसार त्रेता युगमा रामचन्द्र १४ बर्ष वनवासको क्रममा गुरु विश्वमित्रको साथमा यहाँ आएका थिए । रामले एक रात धुनी बालेर तपस्या पनि गरे । यस क्षेत्र उत्तराखण्ड मोरङ झाडी नेपाल थियो, जसको क्षेत्रफल २४ हजार कोष थियो । पछि ऋर्षिमुनि, तपस्वीहरुले ध्यान, तपस्या गर्दा रामचन्द्रले बालेको त्यही मुढा(धुनी)लाई निरन्तरता दिए । त्यो क्रममा अहिलेसम्म जारी छ । धुनी बाल्न साज काठको मुढा मात्रै प्रयोग गर्नुपर्ने रहेछ । यो मन्दिरको दर्शन गर्दा मनोकामना पुरा हुने विश्वास छ ।
ऋर्षि, ध्यानी, तपस्वीहरुको थलो रहेछ रामधुनी । घना जंगल र भगवान रामले धुनी बालेर तपस्या गरेकाले यो ठाउँको धार्मिक महत्व छ । मुख्य तपस्यास्थल मन्दिरदेखि केही पश्चिम सुनसरी खोला किनारमा छ । जहाँ अहिले पनि साधु, बाबा जीहरु आएर ध्यान, तप तपस्या गर्छन् । रामधुनी उदासीन सम्प्रदायका साधुहरुको सबैभन्दा प्रमुख र महत्वपुर्ण अखण्डा पनि हो । महन्थ काशीदासकै निवासमा भेटिए, निर्माण हुदै गरेको आश्रम निर्माण समितिका अध्यक्ष मही नारायण दास र सचिव राम कोइराला । उनीहरुले रामधुनी र उदासीन सम्प्रदायबीचको सम्बन्धलाई अझ प्रष्ट्याइदिए । उदासीन सम्प्रदायका बाबा(साधु)हरु एकपटक यहाँ आएर ध्यान, तप गरेर विगुत ग्रहण गर्नै पर्ने रहेछ, तबमात्र मुक्ति मिल्ने विश्वास रहेछ । उदासीन सम्प्रदायको शुरुवात श्री चन्द्र जी महाराजले गरेका थिए । उदासीहरु उनलाई शिवको अवतारकोरुपमा मान्छन् । यस मन्दिर क्षेत्रलाई बाबा बनखण्डी उदासीन आश्रम रामधुनी वन भनिदो रहेछ । २१ सय हेक्टर वन क्षेत्रमध्ये धार्मिक वन क्षेत्र २१ ह्ेक्टर मात्रै छ । बाँकी रामधुनी सामुदायिक वन र संरक्षित वनको छ ।
ीव.स. १७२० को दशकतिर भारतको पञ्जाब पटियालका उदासीन सम्प्रदायका प्रमुख प्रचारक योगीराज बाबा बनखण्डी साहेब जीले वंगलादेशका ढाकामा गुरुदिक्षा लिएपछि यहाँ आए । रामचन्द्रले बालेर गएको धुनी अरु ऋर्षिमुनिहरुले तपस्या गर्दा निरन्तर बालेका थिए । त्यसलाई बाबा बनखण्डीकले अझ व्यवस्थित गरेर निरन्तरता दिए । मुलमन्दिरको ठिक अघि बाबा बनखण्डी बस्ने घर(दरबार) छ । उनी र प्राचिन हरिद्धार चतरामा रहेका आौलिया बाबा समकालिन भएको अनुमान छ । मन्दिर नजिकको पोखरीको नाम कमण्डलु कुण्ड हो । बाबा जीहरुले त्यहीको पानी प्रयोग गर्थे । उदासिन सम्प्रदाय पञ्जाबतिर धेरै छन् । रथको पांग्रा भनिएको मेशिन कुनै प्रयोजनको लागि पञ्जाबबाट नै ल्याएको हुनसक्ने अनुमान छ ।
धार्मिक पर्यटनको धेरै सम्भावना छ, रामधुनीमा । तर, राज्यको उचित ध्यान पुग्न सकेको छैन । यसको विकास, प्रर्वद्धन र प्रचारप्रसार छैन । दुर्गम र जंगलबीचमा रहेकोले पनि मिडियाकर्मीहरु हत्तपत्त पुग्दैनन् । मानव वस्ती टाढा भएकोले स्थानीयको पनि त्यति ध्यान पुगेको छैन । सबै क्षेत्रबाट ओझेलमा छ रामधुनी । जंगलबीचमा भएकोले सुरक्षाको आवश्यकता छ । तर, सुरक्षा निकाय उपस्थिति छैन । रातमा त मुख्य पुजारी महन्थ र पुजारी मात्रै हुन्छन् । त्यसमाथि विजुली पनि छैन । ध्यान, तपस्या गर्ने थलो भएकोले शान्त वातावरण चाहिन्छ । तर, अचेल पिकनिक खान आउनेहरुले घन्काउने साउण्ड सिस्टमले साधु, बाबा जीहरुलाई धेरै डिस्टर्ब गर्छ । उच्छृंखलहरुले करिब ३ सय बर्ष पुरानो ढुंगाको जातो नै फुटाइदिएका छन् ।
मन्दिरमा भएका बाबा बनखण्डीको मुर्ति र कोही सिद्ध बाबा जीको खराउ चोरी भयो । असुरक्षा र दुव्र्यवहार बढेको भन्दै यहाँका अन्य महत्वपुर्ण सामानहरु दिल्लीस्थित हरिहर आश्रममा लगिएको चर्चा छ । मन्दिर क्षेत्रमा आश्रम निर्माणको केही पहल भएको थियो, तर अधुरो र अव्यवस्थित छ । अहिले फेरि अर्को आश्रम निर्माण हुदैछ । यहाँ बाला चर्तुदशी र राम नवमीमा तीर्थालु, भक्तजनहरुको घुइचो हुन्छ । हरिबोधिनी एकादशीमा पनि भक्तजनहरु आउन थालेका छन् । यहाँ खान र बस्नको राम्रो प्रबन्ध छैन । निजी गाडी, मोटरसाइकल वा रिजर्ब सवारीमा जानेलाई मात्रै सजिलो छ । मन्दिर परिसर बाहिर मात्र सानो चिया, खाजा पसल छ । नजिकको बजार भनेको ३ किलोमिटर पश्चिम प्रकाशपुर हो । झुम्का ७ किलोमिटर टाढा छ ।
................................................................................................................................................................
महन्थ बाबा काशीदास जी महाराज, मुख्य पुजारी :
............................
Good information Daazu...
ReplyDelete