धरानमा ब्राउन सुगरको कारोबारमा वृद्धि

धरान । लागुऔषध कारोबार र सेवनलाई नियन्त्रण गर्न प्रहरीले जनस्तरमा विभिन्न कार्यक्रम गरिरहे पनि पछिल्लो समय धरानमा ब्राउन सुगरको कारोबार बढेको छ । विगतमा ट्याब्लेट र इञ्जेक्सनमार्फत लागुऔषध सेवन गर्नेको संख्या अत्यधिक भएपनि हिजोआज ब्राउन सुगरको लतमा यहाँका युवाहरु फसेको प्रहरीको अनुमान छ ।
धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले संयुक्तरुपमा चलाएको अप्रेशनमा साउन यता एक जना बिक्रेतासहित ७ जना ब्राउन सुगर प्रयोगकर्ताहरु समातिएका छन् । उनीहरुको साथबाट २५ ग्राम ब्राउन सुगर पनि वरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए । प्रहरीका अनुसार मंसिर १६ गते धनकुटा घोर्लीखर्क २ का २४ बर्षीय रमेश श्रेष्ठ धरान ३ बाट पक्राउ परेका छन् । उनको साथबाट ९ ग्राम ब्राउन सुगर पनि फेला परेको थियो । यस्तै, मंसिर २५ गते धरान १३ का ३४ बर्षीय रामकुमार बुढाथोकी र २५ बर्षीय आशिष सुब्बा समातिएका छन् । उनीहरुको साथबाट ९.६६ ग्राम ब्राउन सुगर पनि वरादम भएको डिएसपी सिजापतिले जानकारी दिए ।
यस्तै, मंसिर २७ गते धरान १४ का २९ बर्षीय सुमन श्रेष्ठ २.५० ग्राम ब्राउन सुगरसहित समातिएका छन् भने धरान १९ का २२ बर्षीय सन्तोष लिम्बु २.१ ग्राम र धरान १५ का ३२ बर्षीय पुरुषोत्तम श्रेष्ठ ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको वयानको आधारमा ब्राउन सुगरको बिक्रेटा इटहरी ५ का खडकबहादुर राई पनि समातिएको डिएसपी सिजापतिले जानकारी दिए । खडक यसअघिको घटनामा पनि फरार व्यक्ति भएको उनले खुलाए ।
मंसिरमा ब्राउन सुगर कारोबार बढेको तथ्यांक भएपनि प्रहरी सक्रियता बढेपनि अहिले कारोबारीहरुको गतिविधि नदेखिएको प्रहरी दाबी छ । ‘यहाँ टिडि जेसिक, स्पास्मोजस्ता लागुऔषध कारोबार र सेवन बढी थियो । तर, मंसिरको यी घटनाले धेरै पैसा कमाउन कारोबारीको ध्यान ब्राउनसुगरले तानेको हो कि भन्ने देखिन्छ’–डिएसपी सिजापतिले भने–‘अञ्चल र इलाकाको संयुक्त अपे्रशन गरेर यिनीहरु समातिएपछि अहिले ब्राउन सुगरको कारोबार बन्द भएको अवस्था छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे