साग खेल्ने ब्याडमिन्टन खेलाडीलाई सम्मान

धरान । भारतमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुद(साग)को लागि धरानमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेको छ । शुक्रबार पुर्व क्षेत्रीय बहुउद्देश्यीय भवन(कवर्ड हल) सञ्चालक समितिले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान स्वरुप टि सर्ट प्रदान गर्यो भने दिउसो एन प्याब्सनले ट्रयाक प्रदान गर्यो ।
राष्ट्रको गौरव बढाउने खेलाडीहरुको मनोवल उच्च बनाउन स्थानीयस्तरबाट प्रयास गरिएको भवन सञ्चालक समिति अध्यक्ष एवं एन प्याब्सन सुनसरीका अध्यक्ष गणेश राईले बताए । खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान स्वरुप उपहार प्रदान कार्यक्रममा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले विश्वमा खेलकुदको माध्यमबाट राष्ट्रलाई परिचित गराउने भएकोले सबैले खेलाडीहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । त्यसअघि, बिहिबार पुर्वाञ्चल खेलकुद विकास समिति, सुनसरी र मोरङ खेलकुद विकास समितिले धरानमा संयुक्त कार्यक्रम गर्दै खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान पत्र प्रदान गरेको थियो ।
ब्याडमिन्टनका १४ राष्ट्रिय खेलाडीहरु गत पुष २१ गतेदेखि बन्द प्रशिक्षणको क्रममा धरानमा छन् । उनीहरुको नवनिर्मित धरान १३ स्थित पुर्व क्षेत्रीय प्रहरी बहुउद्देश्यीय भवन(कवर्ड हल)मा बन्द प्रशिक्षण भइरहेको छ । भुईमा सेन्थेटिक रबर प्रयोग भएको यो कोर्ट नेपालकै एक मात्र हो । सागमा पुरुषतर्फ दिपेश धामी, विकास श्रेष्ठ, रत्नजी तामाङ, नविन श्रेष्ठ, विष्णु कटवालल, सुदिप सेढाई, साजनकृष्ण ताम्राकार र वैकल्पिक खेलाडीकोरुपमा सञ्जिव खड्का छन् । महिलातर्फ सारादेवी तामाङ, नङसल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेसिका गुरुङ, मेघा चन्द र अनुमाया राई छिन् । मुख्य प्रशिक्षकमा रजनीमैया जोशी र प्रशिक्षकद्धय जयन्त श्रेष्ठ र मेघराज कठायत छन् ।
साग आगामी माघ २३ गतदेखि फागुन ४ सम्म भारतको सिलोङ र मेघालयमा हुदैछ । नेपालले ब्याडमिन्टनमा नवौं सागदेखि सहभागीता जनाउदै आएको छ । त्यसयता नेपालले निरन्तर महिला र पुरुष टिममा काँस्य पदक जित्दै आएको छ भने दशौं सागमा सुमिना श्रेष्ठले कास्य जितेकी थिइन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे