बिग फुटसलमा मैत्रीपुर्ण खेल(फोटोफिचर)


धरान । खेलकुद पत्रकार मञ्च सुनसरी र बिग फुट फुटसल टिमबीच आइतबार मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । धरान १५, दशरथ मार्ग(वरगाछी उत्तर)मा सञ्चालन हुन लागेको फुटसलमा दुवै टिमबीच मैत्रीपुर्ण खेल भएको हो । खेलमा पत्रकार मञ्चको टिम १६–१५ गोलअन्तरले विजयी भएको थियो ।
यो फुटसल युवा व्यावसायी एवं रोयल इष्टर्न इन्फिल्डर्सका अध्यक्ष योगेन राईको लगानीमा खुलेको हो । दशैंअघि नै सञ्चालनको तयारी गरेपनि मधेश आन्दोलन र नाकाबन्दीले ढिलाई भएको थियो । हाल मैदानको सम्पुर्ण कार्य सकिएर उद्घाटनको तयारी अवस्थामा रहेको छ । स्वास्थ्य रहनको लागि बिशेष गरी भेट्रानहरुलाई फुटसल अत्यन्तै लाभदायी हुन्छ । पोखरा जादा फुटसल खेल्दा लगाव बढेको र युवाहरुमा पनि आर्कषण बढ्दै गएपछि धरानमा पनि सञ्चलान गर्ने सोच बनाएको राईको भनाई छ ।
बढ्दो शहरीकरणले जमिनहरु धामाधम प्लटिङ हुन थालेपछि फुटबल खेल्ने मैदान नासिदै गएको छ । मैदान अभावमा विश्वको लोकप्रिय खेल फुटबल खेल्न नपाएका युवाहरु सानो आकार(मैदान)मा खेलिने यो खेलप्रति आकर्षित भइरहेका छन् । निश्चित शुल्क तिरेपछि ५ जनाको टिम बनाएर खेलिने खेल हो फुटसल । बिग फुटसलमा खेल सकिएपछि महिला र पुरुषको लागि नुहाउन छुट्टै बाथरुमको पनि व्यवस्था गरिएको छ भने क्यान्टिन पनि सञ्चालनमा आउनेछ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे