बराह मोवाइल एक्स्पो शुरु


धरान । सर्वसाधारण उपभोक्ताहरुलाई विभिन्न ब्राण्डका पछिल्लो उत्पादन उपलब्ध गराउने उद्देश्यले धरान ५ स्थित बराह डिपार्टमेन्ट स्टोरले बराह मोवाइल एक्स्पो २०१६ शुरु गरेको छ । बराह ज्वेलरी इष्ड्रस्ट्रिज प्रालिअन्र्तगतको डिपार्टमेन्ट स्टोर १२ औ बर्षमा प्रवेश गरेको अवसरमा १० दिने मोवाइल एक्स्पो आयोजना गरेको हो ।
माघ ३ गतेसम्म सञ्चलान हुने एक्स्पोको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले शुक्रबार एक समारोहबीच उद्घाटन गरेका थिए । एक्स्पोमा विभिन्न ब्राण्डका मोवाइलसँगै अत्याधुनिक इलेक्ट्रोनिक सामानहरु पनि प्रर्दशनीमा राखिएको स्टोरले जानकारी दिएको छ । स्टोरका मेनेजर पुर्णबहादुर कालिकोटेका अनुसार लाभा, साम्सुङ, हुवावे, माइक्रोम्याक्स, डिटिसि, नोकियालगायत विभिन्न ब्राण्डका मोवाइलहरु प्रर्दशनीमा राखिएका छन् । यसबाहेक नयाँ प्रविधि सोलार जेनेटर(बत्ति)सँगै विभिन्न इलेक्ट्रोनिक सामानहरु पनि उपभोक्ताहरुलाई सहजरुपमा उपलब्ध गराइएको उनले बताए ।
एक्स्पोमा न्युनतम एक हजार दुई सयदेखि ८० हजार रुपैयासम्मका ब्राण्डेड मोवाइलहरु राखिएका छन् । एक्स्पोमा खरीद गर्दा हरेक सामानमा ५ प्रतिशत छुटको व्यवस्था छ भने लाभा ब्राण्डको मोवाइल खरीदमा सेल्फी स्टिक, घडी, कि रिङ, छाता जस्ता उपहार पनि दिइने आयोजकले जनाएको छ । बराहका शाखा प्रमुख मानबहादुर बिश्वकर्माले ग्राहकहरुलाई सर्वसुलभरुपमा ब्राण्डेड एवं नयाँ प्रविधिहरु उपलब्ध गराउन एक्स्पो आयोजना भएको बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे