भानुचौकको विजुली पोलमा आगो लाग्दा

धरान । रातीदेखि नै सिमसिम पानी परेकोले बिहिबार बिहानैदेखि मौषम धुम्म थियो । चिसो ह्वात्तै बढ्यो । र पनि मानिसहरुको चहलपहलमा कमी थिएन ।
बिहिबार दिउसो करिब ४ बजेको समय । धरानको भानुचौकस्थित विजुली पोलमा एक्कासी धुवाको मुस्लो आयो, र आगो बल्न थाल्यो । एकछिन त मानिसहरु आत्तिए । निकैबेर पछि विद्युत प्राधिकरणका मान्छे आए । पत्रकार रत्नप्रसाद आचार्यले नगरपालिकामा फोन गरिदिएपछि दमकल आइपुग्यो, र पानी छ्यापेर आगो निभाई दियो । धन्न, ठुलो दुर्घटना हुनबाट जोगियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे