गोधुली कपमा वडा १९ च्याम्पियन(फोटोफिचर)

धरान । अन्तर वडास्तरीय १६ औं रेडबुल गोधुली फुटबल रनिङ्ग कपको उपाधि वडा नम्बर १९ ले जितेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगितामा वडा नम्बर ११ लाई २–१ को झिनो गोलअन्तरले हराउदै उपाधि उचालेको हो ।
तीन पटकको विजेता वडा ११ लाई हराउन पुर्व ए डिभिजन खेलाडी शेखर लिम्बु नायक बने । वडा १९ को लागि दुवै गोल उनले गरे । गोधुलीमा वडा १९ विजेता बनेको यो छैटौं पटक हो । यसअघि ५ औं, ७ औं, ८ औं, ११ औं र १२ औं सँस्करणमा पनि वडा १९ च्याम्पियन बनेको थियो । उपविजेता बनेको वडा ११ भने पहिलो, चौथो र १३ औं सँस्करणको विजेता हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको १३ औं मिनेटमा अमर सुब्बाको क्रस पासमा शेखरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । काउण्टर एट्याकमा उत्रेको वडा ११ का वर्तमान राईले १६ औं मिनेटमा बराबरी गोल गरे । पुनः १९ औं मिनेटमा वडा १९ का शेखर लिम्बुले दोस्रो गोल गरेका थिए । खेल सकिन लाग्दा वडा १९ का योगेश राईले दोस्रो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिए पनि वडा ११ खेलमा फर्कन सकेन ।
विजेता वडा १९ ले च्याम्पियन रनिङ ट्रफीसँगै नगद ५१ ह्जार पायो भने उपविजेता वडा ११ ले नगद ३० हजारमै चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी हुदै वडा ११ का वर्तमान राईले नगद ८ हजार, ट्रफी थापे भने उदयीमान खेलाडी घोषित हुदै वडा ११ का रिवस मास्केले नगद ३ हजार, ट्रफी हात पारे । यस्तै, ४ गोल गरेका वडा १५ का सुभम कार्कीले हाई स्कोररको पुरस्कार ट्रफीसँगै नगद ३ हजार, उत्कृट गोलकिपरका पुरस्कार ट्रफीसँगै वडा १९ का पदमहाङ लिम्बुले नगद ३ हजार पाए । साथै, फाइनल खेलको म्यान अफ दि म्याच वडा १९ का शेखर लिम्बुले पनि नगद ३ हजारसँगै ट्रफी हात पारे भने फेयर प्ले टिम वडा १४ ले पायो । विजेता, उपविजेता टिमका खेलाडीहरुलाई आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राई, प्रमुख अतिथि एवं सुनसरीका प्रजिअ रविलाल पन्थलगायतले पुरस्कार वितरण गरेका थिए । पुष २३ गतेदेखि शुरु भएको प्रतियोगितामा धरानका २७ वडामध्ये २३ वडा सहभागीता जनाएको थियो ।
सोही कार्यक्रममा धरान १८ स्थित माउण्ट हार्मोन एकेडेमीले सुनसरी महिला फुटबल टिमलाई एक सेट जर्सी र २ वटा वल प्रदान गरेको थियो । एकेडेमीका प्रिन्सिपल अनुप योञ्जन र प्रशासकीय प्रमुख नविन राईले महिला टिमकी प्रशिक्षक भगवती राना मगरलाई जर्सी र वल हस्तान्तरण गरेका थिए ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे