जडीबुटी उद्योगले गाउँमै रोजगारी
धरान । तांखुवा ८ मेजोङका ५८ बर्षीय गोविन्दबहादुर लिम्बुको २८ मुरी फल्ने खेत छ । हुर्किएका सन्तान(२ भाई छोरा र ४ बैनी छोरी)ले आप्mनै घरगृहस्थी शुरु गरेपछि वृद्ध दम्पत्तिले मात्रै खेत कमाउन सक्ने अवस्था भएन । जसोतसो व्यावहार टर्दैथियो । गोविन्दकै शब्दमा भन्ने हो भने उनको समय गाउँघरमा हल्लिएरै बित्थ्यो ।
पोहोर चैतको पहिलो सातादेखि भने उनको दैनिकी फेरिएको छ । उनले तांखुवा ३, वनचरेमा मकालु जडीबुटी प्रोडक्सन प्रालिमा ज्यालादारी काम पाए । अहिले उनी गाउँमै दैनिक २ सय रुपैया कमाउछन् । चाडपर्वको बेला पैसा लिएर श्रीमतिलाई भेट्न पुग्छन् । ‘पैले हल्लिएर हिड्थे, पोहोर चैत ७ गतेदेखि यहाँ काम पाएको छुँ । दैनिक २ सय ज्याला कमाउछु । खान पुगेको छ’–खुशी हुदै उनले भने ।
धरानस्थित जडीबुटी उद्योगले तांखुवा गाविसलाई आधार बनाएपछि अहिले गाउँमै रोजगारीको अवसर सृर्जना भएको छ । यसले गोविन्दबहादुरजस्ता थुप्रै वेरोजगार व्यक्तिहरुले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्षरुपमा पनि गाउँलेहरु आर्थिक क्रियाकलापमा संलग्न छन् । स्थानीयका अनुसार गाउँमा उद्योग पुगेपछि करिब ५० जना स्थानीयले गाउँमै रोजगारी पाएका छन् । विगतमा खेतीपातिमा मात्रै भर पर्दा सामान्य गुजारा गर्ने गाउँलेहरुको हातले अचेल पैसा खेलाउन थालेको छ । ‘खेतीकमाई मात्रै गरेर दुःखसुखले जीवन गुजारा हुन्थ्यो भने अहिले गाउँलेको हातमा पैसा आउन थालेको छ । सरसापटी चल्न थाल्यो, आपतविपतमा धेरै सहयोग पुगेको छ’–दामोदर उच्चमाविका शिक्षक घनेन्द्र सुब्बाले भने–‘उद्योगले गाउमै रोजगारी दिलाएको कारण कमाउन शहरबजार जानुपनि परेन ।’
मकालु जडीबुटी उद्योगले आफुलाई आवश्यक कच्चा पदार्थ(विभिन्न प्रजातिको विरुवा) उत्पादनको लागि ०६५ सालबाट धनकुटाको तांखुवा गाविसमा जमिन खरीद गर्न थालेको हो । तांखुवाको विभिन्न वडा(१ देखि ६ सम्म) र तेलिया गाविसमा गरी उद्योगले हालसम्म करिब ३ हजार रोपनी जग्गा खरीद गरिसकेको छ । उक्त जग्गामा उद्योगले विभिन्न प्रजातिको बोटविरुवा रोपेर हुकाइरहेको छ भने प्रशोधनको लागि विभिन्न मेशिनहरु पनि जडान गरेको छ । हालसम्म तांखुवामा १० करोड बढी लगानी गरिसकेको उद्योग सञ्चालक गोविन्दराम अग्रवालको भनाई छ ।
सञ्चालक अग्रवालका अनुसार सल्ला, उतिस, चिलाउने, रिट्ठा, सिमल, बकैनो, निम, बेललगायत विभिन्न जातका बर्षेनी २५ हजार विरुवा रोपिन्छ । ती विरुवा रोप्न, जोगाउनका लागि बारबेरा लगाउन, गोडमेल गर्नलगायत काममा स्थानीय गाउँलेहरु खटिन्छन् । उनीहरुले काम अनुसार दैनिक ज्याला पाउछन् । ‘नेपाल जडीबुटीको खानी हो, यहाँको भौगोलिक अवस्था र हावापानीको विविधताले गर्दा एउटै प्रजाति विरुवा पनि फरक फरक छन्’–गाउँमा लगानी गर्नुको कारणबारे अग्रवाल भन्छन्–‘जडीबुटीमा नेपालले विश्वलाई लिड गर्नसक्छ, त्यसैले मेरो ध्यान यता तानिएको हो । यहाँ गाउमा धेरैले रोजगारी पनि पाएको छ, मलाई सन्तुष्टि पनि मिलेको छ ।’ उनका अनुसार उद्योगले आर्युबेदिक सेम्पो, साबुनसँगै प्रेसर, डाइबिटिज, मृगौलाका विरामीलाई उपयोगी हुने विभिन्न उत्पादनहरु गरिरहेको छ ।
जडीबुटी उद्योगले पछिल्लो समय ब्रिक्रेट उत्पादन शुरु गरेपछि त अझ धेरैले कमाउन थालेका छन् । ब्रिक्रेटको लागि चाहिने झारपात, वनमारा, काठको टुक्रालगायत आफ्नै घरखेत वरीपरीबाट संकलन गरेर बिक्री गर्छन् । यसले त्यसै खेर गइरहेको वस्तुबाट गाउँलेले आम्दानी गरेका छन् भने गाउँघर पनि सफा र खुल्ला देखिएको उनीहरुको भनाई छ । ‘झारपात, वनमारा, सुगन्धी, रुखका हाँगाविगा पनि किलोको हिसाबले उद्योगले किनिदिन्छ । उद्योगले काम पनि दिएको छ’–उद्योगको सम्पत्ति रेखदेखको जिम्मा पाएका स्थानीय डेगबहादुर लिम्बु भन्छन्–‘उब्जाउ राम्रो नभए पनि पहिला कि खेती नै गर्नुपथ्र्यो कि कमाउन घर छोडेर हिड्नुपथ्र्यो । अहिले गाउँमै राम्रो ज्याला पाइरहेका छौं ।’ उनका अनुसार ज्यालादारीमा काम गर्नेले कम्तीमा दैनिक एक सय ६० रुपैयादेखि ५ सय २० रुपैयासम्म कमाईरहेका छन् । उद्योगले बाटो खनिदिएर ट्याक्टर चल्न थालेको छ भने तल्लो भेगमा ९० एमएमको पाइपबाट पानी ल्याइदिएर सिचाई गर्न, पिउन र गाईबस्तुलाई खुवाउन पनि स्थानीयलाई राहत मिलेको उनले बताए ।

Comments
Post a Comment