धरान चौकीबारी समाजद्धारा अक्षयकोष स्थापना

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच समाजका सचिव वालकुमार राई र प्रतिनिधि पुर्ण लिम्बुले विद्यालय व्यावस्थापन समितिका अध्यक्ष देउमान लिम्बु र प्रअ योगेन्द्र पालुङ्वालाई उक्त रकम हस्तान्तरण गरेका थिए । सचिव राईका अनुसार क्यान्सरबाट ग्रस्त लामाको उपचार सहयोगार्थ रकम संकलन भएको थियो । उपचारको क्रममा लामाको मृत्यु भएपछि बचेको रकम समाजको निर्णयअनुसार उनको स्मृतिमा छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई सहयोग गरिएको हो ।

प्रअ पालुङ्वाका अनुसार यसबाहेक क्युपेक नेपालले १० हजारको अक्षयकोष स्थापना गरिदिएको छ भने नरदेव ध्रुव बतासेको स्मृतिमा पनि १ लाख १२ हजारको अक्षय कोष स्थापना छ । यस्तै, मनप्रसाद लिम्बुको नाममा १ लाखको अक्षय कोष बनाइदिने पनि लगभग निश्चित भइसकेको उनले बताए ।
Comments
Post a Comment