धरान कांग्रेसमा तिलक राई प्यानल विजयी


धरान । विगत १४ बर्षदेखि नेपाली कांग्रेस धरानका सभापति किसोर राईलाई भारी मतान्तरले पराजित गर्दै तिलक राई र उनको प्यानल कांग्रेसको उपमहानगर निर्वाचनमा विजयी भएको छ । निर्वाचनमा संस्थापन पक्षका तिलक राईले १६०७ मत पाउदै सभापति पदमा विजयी भए भने उनका प्रतिद्धन्दी किसोर राईले मात्र ८३६ मत पाए । पराजित राई कांग्रेस नेता शेरबहादुर देउवा पक्षका हुन् । निर्वाचनमा उनको पुरै प्यानल पराजित भएको छ ।
यसैगरि, सचिवमा तिलक राई प्यानलका श्याम पोख्रेलले १६७३ मत पाएर विजयी बने । उनका प्रतिद्धन्दी किसोर प्यानलका प्रदिप शाक्यले मात्र ७०९ मत पाए । यस्तै, कोषाध्यक्षमा तिलक प्यानलकै सुवर्ण श्रेष्ठले सर्वाधिक १७३२ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्दी शोभा बराइलीले मात्र ६०१ मत पाइन् । कांग्रेसको शुक्रबार देशभर नगर र गाउँ कमिटि निर्वाचन भएको थियो । त्यसैअन्र्तगत धरानमा भएको निर्वाचनमा कुल २५२७ मत खसेको थियो । त्यसमध्ये सभापतिमा ८४ मत वदर भएको थियो भने सचिवमा १४५ र कोषाध्यक्षमा १६४ मत वदर भएको थियो
सदस्य पदमा विजयी भएकाहरु नविन रेग्मीले १६८६, पञ्चकला राईले १६७८, सुमन मर्हजनले १६६०, मञ्जिल कसजुले १६२३, सन्तोष लिम्बुले १६१७, महेन्द्र तामाङले १६०१, सविना ढुंगेलले १५३८ र युवराज शंकरले १५२४ मत पाएका छन् । यस्तै, दलित कोटाबाट सदस्यमा विजयी कमला बिकले १५०३ र गोविन्द दर्नालले १३०४मत पाए भने मधेशी, मुस्मिल, अल्पसंख्यकबाट सदस्यमा विजयी अलिम अन्सारीले १४९३ र किरणकुमार अग्रवालले १४५७ मत पाए । यस्तै, आदिबासी जनजातिबाट सदस्यमा डा.गोविन्द सुब्बाले १५९९ र द्धरिकानाथ श्रेष्ठले १४५१ मत पाएर विजयी भएका छन् । क्षेत्रीय प्रतिनिधि चयनमा पनि संस्थापन पक्षकै बहुमत छ । कुल १७८ क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । वडाको बुथ निर्वाचनमा पनि देउवा पक्ष कमजोर देखिएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे