प्रेस काउन्सिल र पत्रकार महसंघका अध्यक्षद्धारा महासंघ सुनसरीको भवन निरीक्षण

धरान । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले बिहिबार धरानस्थित पत्रकार महासंघ सुनसरीको भवन तथा कार्यालयको स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा दुवैले पत्रकारिताको विकासको निम्ति महासंघलाई सक्दो भौतिक सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
धरान १३, अमरहाटमा महासंघ सुनसरीलाई हालै मात्र २ कोठे भवनसहितको जग्गा स्थानीयबासी र धरान उपमहानगरपालिकाले उपलब्ध गराएको थियो । सो भवनमा तालिम हलसहितको सञ्चार केन्द्र स्थापना गर्ने महासंघ सुनसरीको योजना छ । काउन्सिल र महासंघका अध्यक्षद्धयले केन्द्रीयस्तरबाट हुनसक्ने सहयोग र अन्य दाताहरुसँग समन्वय गरिदिने बताएका छन् ।
निरीक्षणअघि भएको अनौपचारिक अन्र्तक्रियामा काउन्सिल अध्यक्ष कार्कीले राजनीति हावी हुने पत्रकारिताको सन्दर्भ सकिदै गएकोले अब विकास, निर्माणमा उत्प्रेरण जगाउने समाचार सम्प्रेषण हुनुपर्ने धारणा राखे । पत्रकारले समाजलाई नचिन्ने र समाजले पनि पत्रकारलाई नचिन्ने अवस्थालाई चिर्नुपर्ने पनि कार्कीको जोडथियो । समाज र जनतालाई टाढा राखेर पत्रकारिता गर्छु भन्नु पानी विनाको माछा झै हुने उनको भनाई थियो ।
पत्रकार महासंघका अध्यक्ष डा.विष्टले पत्रकारिता आलोचनात्मक हुनुपर्ने भएपनि त्यसको उद्देश्य सुधार गर्नु हुनुपर्नेमा जोडदिए । जतिसुकै आलोचना गरेपनि समाचारमा कही न कही सकरात्मक सन्देश हुनुपर्ने उनको भनाई थियो । पुरानो मानसिकताले नयाँ नेपाल निर्माण नहुने भन्दै उनले सबैले नयाँ सोच र जाँगरकासाथ अघि बढनुपर्ने बताए ।
कार्यक्रममा अमर सेवा समाजका अध्यक्ष हरिप्रसाद लिम्बु, धरान १३ का वडा नागरिक मञ्चका संयोजक नेत्र काफ्ले, बराह ज्वेलर्स इण्ड्रट्रिज प्रालिका प्रशासकीय प्रमुख गंगा कालिकोटे, इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापति, धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालगायतको पनि उपस्थिति थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे