यायोक्खा सुनसरीमा नयाँ कार्यसमिति चयन


धरान । किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीमा कमला राईको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । यायोक्खाको पुष २४ र २५ गते धरानमा सम्पन्न ७ औं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सहसचिव र सह कोषाध्यक्ष मतदानबाट निर्वाचित भएका हुन् भने सचिव र कोषाध्यक्ष पद निर्विरोध चयन भएका हुन् । अध्यक्षमा निर्वाचित राईले ७९ मत पाएकी थिइन् भने प्रतिद्धन्दी दोर्पध्वज राईले ६६ मत पाएका थिए । कार्यसमितिको कार्यकाल ३ बर्षको रहने छ ।  यस्तै, दुई उपाध्यक्षमा वलराम राईले ११० मत र नगेशचन्द्र राईले ८४ मत पाएर विजयी भए भने प्रत्यासी मानभगत चाम्लिंगले ५८ मत मात्र पाएर पराजित भए ।सचिवमा हिन्दुहाङ राई र कोषाध्यक्षमा सुवित्रा राई निर्विरोध निर्वाचित भए ।
सहसचिवमा राजेन्द्र राईले ९१ र रेवतीरमण राईले ८० मत पाएर विजयी भए भने सम्भु राई पृथक ५९ मत र यलमहांग राई ३३ मत पाएर पराजित भए । सहकोषाध्यक्षमा महेन्द्र राई ८१ मत पाएर विजयी भएका छन् भने उनका प्रत्यासी मदन राई ३९ मत पाएर पराजित भए । सोह्र जना सदस्यहरुमा रामप्रसाद राई, देवीका राई, चन्द्रकला राई, रेखा राई, मेनुका राई, विमल राई, विरेन्द्र राई, मणिराम राई, रामकुमार राई, रमेश राई, उपेन्द्र चाम्लिङ, नविन राई, केशव राई, सत्येन्द्र राई, झुमा राई र सिता राई सर्वसम्मत चयन भएका छन् ।


अधिवेशनमा कुल १८२ प्रतिनिधिमध्ये १५४ मत खसेको थियो । त्यसमध्ये ९ मत वदर भएको थियो । वदर मत मध्ये ५ मत अध्यक्ष कमला राई र ४ मत दोर्पध्वज राईको थियो । एक सदस्य कार्य समितिले चयन गर्नेछ । निर्वाचन मण्डलको अधिकृतमा केन्द्रीय अध्यक्ष यशोदा राई र सदस्यहरुमा केन्द्रीय उपाध्यक्ष तिलक राई, केन्द्रीय सदस्य सदर राई, केन्द्रीय सदस्य डि.बि.साम्पाङ राई र किरात प्राज्ञ परिषदका केन्द्रीय सदस्य सालिक सतासक थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे