कांग्रेसका दुई गुटबीच झडप हुदा प्रहरी घाइते

धरान । नेपाली काग्रेसको धरान उपमहानगरपालीका अधिवेशनको क्रममा संस्थापन र देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ । झडप छुट्याउने क्रममा खुकुरी र ढुंगा प्रहारबाट दुई प्रहरी घाइते भएका छन् । वडा नम्बर १७ को मतदान केन्द्रस्थल उदय सामुदायिक वनको हलमा कांग्रेस गुटबीच झडप भएको हो ।
झडप छुट्याउन गएका प्रहरी हबल्दार जीतबहादुर बराईलीको दाहिने तीघ्रामा खुकुरीले काटेर घाइते भएका छन् भने अर्का जवान सुरजकुमार साहलाई छाती र तीघ्रामा ढुंगाले लागेर घाइते छन् । दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धरानमा संस्थापन पक्षबाट तिलक राई र नेता शेरबहादुर देउवा पक्षबाट सभापतिमा किसोर राईले उम्मेद्वारी दिएका थिए । वडाको मतदान भइरहदा किसोर पक्षका अजय राईको नेतृत्वमा गएका युवाहरु र तिलक पक्षका तरुण दलका क्षेत्रीय उपसभापति सन्तोष बिक, सेते राईलगायत समुहबीच झगड भएको हो । अजय राई केही समय अघि संघीय समाजवादी फोरम छाडेर पुनः कांग्रेसमा प्रवेश गरेका हुन् । भनाभन हुदै गर्दा हात हालाहाल भएपछि दुबैतर्फका कार्यकर्ताहरुले खुकुरी, ढुङ्गा, इटालगायतले एकअर्कामाथि आक्रमण सुरु गरेको प्रत्यक्षदर्शीहरुले बताए । ढुगा हानाहान भएपछि मतदाता सदस्यहरुबीच भागदौड मच्चिएको थियो । घटनापछि रोकिएको मतदान प्रक्रिया केहीसमय पछि पुनः सुचारु भएको थियो ।
कांग्रेसबाट समाजवादीमा प्रबेश गरेका अजय राई पुनः काग्रेसमा प्रवेश गरेपनि क्रियासिल सदस्यता नपाएको रिसमा नियतबस मतदान भाड्न आक्रमण गरेको संस्थापन पक्षको आरोप छ । अजय राई समुहको मोहित मगरले खुकुरी प्रहार गरेको उनीहरुको आरोप छ । प्रत्यक्षदर्शीका अनुसार झडपमा तरुण दलका जिल्ला उपसभापति सन्तोष विकसहित अजय राई,बरुण राईलगायत घाइते भएका छन् । घाइते प्रहरी हवल्दार बराईलीका अनुसार शान्तिपुर्ण मतदान भईरहदा दुवै पक्षबीच भनाभन हुदै मुक्का र ढुंगा हानाहान गर्न थाले । छुट्याउन जादा खुकुरी पनि निकालेको देखेको र त्यहीबेला आफु घाइते हुन पुगेको बराइलीले बताए ।
धरानमा कुल २७ वडा रहेको छ । ती मध्ये कतिपयमा बुथ समापति र क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएपनि धेरै क्रियासिल सदस्य रहेको वडा १७ मा भने मतदान भइरहेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले प्रहरीमाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिसकेको बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे