पैसा नहुदा उपचारविहिन


इटहरी । सवारी दुर्घटनामा परेर शारिरीकरुपमा अशक्त भएकी विराटनगर ११, मोरङ्गकी मञ्जुदेवी मुखिया आर्थिक अवस्था कमजोर भएकै कारण उपचारविहिन भएकी छिन् । तीन सन्तानकी आमा २७ वर्षिया मुखिया एक वर्ष अघि भारतीय भुमिमा सवारी दुर्घटनामा परेकी थिईन् । दुर्घटनामा उनको देव्रे खुट्टा र कम्मरको हड्डीमा गम्भीर असर पुगेको छ ।
घाइते मुखियाका अनुसार विराटनगरको नोवेल अस्पतालमा सामान्य उपचार भए पनि आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार गर्न सकिनन् । चिकित्सकले भने जति रकम आफुसँग नभएकोले सहयोगका लागि गुहार माग्दै इटहरीसम्म आउनु परेको उनले बताइन् । ‘मजदुरी गर्ने मान्छे हुँ, काम नगरी खान पाइन्दैन । काम गर्ने शरिर चल्नै गाह्रो भो’–भकानिँदै उनले भनिन्–‘केहि सहयोग मिले देखि उपचार गरेर निको हुन्थेँकी ।’
विहे गरेर घर पठाएकी छोरी सडक दुर्घटनामा परि थला परेपछि आमा विन्दी देवि मुखियालाई पनि ठुलो पीर परेको छ । ज्वाईको आर्थिक अवस्था कमजोर भएकोले छोरीको उपचार गराउन उनैले साथ दिँदै आएकी छिन् । उनले छोरीको उपचारका लागि आफ्नो जायजेथा बेचेर करिव ३ लाख खर्च पनि गरिसकिन् । तर अझै समस्या उस्तै छ । चन्दा मागेरै भए पनि छोरीको उपचार गर्ने योजना बनाएकी विन्दीले भनिन्–‘कोहि मनकारीहरुले सहयोग गरि छोरी निको भइदिए नातीहरुले दुख पाउने थिएनन् की ।’
ज्याला मजदुरी गरेर घरपरिवार चलाईरहेकी घाइते मञ्जुका १३, ८ र ५ वर्षिय छोराहरु छन् । काम नगरी चुलो नबल्ने उनको परिवार माछा बेचेर गुजारा चलाउँछ । यदी कसैले सहयोग गरेर आँफु निको भईहाले तीन छोराको भविष्य उज्वल बनाउन श्रीमानलाई माछा बेच्न सघाउँला भन्ने उनको सोच छ । त्यसैले उनी मनकारीदाताको पर्खाइमा छिन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे