जर्बजस्ती करणीको आरोपमा दुई पक्राउ

धरान । चार बर्षीय बालिका र एक युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नम्बर १६ का २३ बर्षीय कैलाश श्रेष्ठ र मोरङको डागीहाट गाविस ४ का २८ बर्षीय डिल्लीबहादुर भण्डारी छन् ।
धरानका श्रेष्ठले पुष १९ गते राती ४ बर्षीय एक बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा श्रेष्ठलाई तत्काल पक्राउ गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालका डिएसपी सुदम सिजापतिले जानकारी दिए । उनका अनुसार श्रेष्ठले ती बालिकालाई आफ्नो घरमा क्याडभरी चकलेटको प्रलोभनमा पारेर जर्बजस्ती करणी गरेको उजुरी छ ।
यस्तै, पुष १९ गते मध्याह्न १२ बजे धरान भेडेटार सडकखण्डमा पर्ने धरान २० स्थित मनास्लु होटलको लजमा जर्बजस्ती करणी गरेको युवतीले उजुरी गरेपछि मोरङ डागीहाटका डिल्लीबहादुर भण्डारी समातिएका छन् । धरान घर भएकी ती २३ बर्षीय युवतीले लजमा बसीरहेको अवस्थामा ढोका बन्द गरी मुखसमेत थुनेर जर्बजस्ती करणी गरेको उजुरी दिएपछि भण्डारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी सिजापतिले जानकारी दिए । उनका अनुसार दुवैलाई जर्बजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे